|
प्रवासमा कार्यरत प्रवासी नेपाली संघ यूएइका केन्द्रिय क्षेत्रिय पदाधिकारी तथा सदस्य र कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच संघले युवराज भुषालको अध्यक्षतामा आफ्नो सारजाहा क्षेत्रिय समितिको अबिधेशन सम्पन्न गरेको छ ।
गत शुक्रवार ३ फेव्रवरी २०१२ का दिन सम्पन्न उक्त कार्यक्रममा संघका केन्द्रिय सचिव विजय पाण्डेको साचालनमा केन्द्रिय सदस्य तथा आर्थिक विभाग प्रमुख गिरमान थापाको प्रमुख आतिथ्यमा नव निर्वाचित पदाधिकारीहरुको चयन गरिएको थियो । सो अधिवेशनले तुलवहादुर पुनको अध्यक्षतामा १५ सदस्यिय कार्य समिति चयन गरेको छ ।
|