साझा एक्सपे्रस
-क्षितिज मगर
नयाँ विश्वास
नयाँ परिवेश
र नयाँ छ सडक
जहाँ
मोडमा उक्लिएको छ
एउटा थोत्रो एक्सपे्रस
वल्डिङ गरिएको हेण्डिल र बे्रक
पेन्टिङ झरेको आकृति र स्वरुप
सिसा फुटेका भुयाल र टुटेका सिट
विडम्बना †
नयाँ नाम र नम्बर प्लेट राखिएको छ
ूसाझा एक्सपे्रसू
रक्सीका बट्टा
चुरोटका ठुटा
र पुकार चपाई थुकिएका रंगका गहनाले
आलंकृत क्याविन रुम
जहाँ अविवेकी कमजोर र बुढो चालकले
विवेकी बलिया र जवान घोषणा गर्छ आफूलाई
जहाँ नयाँ ट्राफिक नियम नजानेको बुढो चालकले
असक्षम अज्ञानी र बेनियमी ठान्छ सद्दाम चालकलाई
नयाँ सडक निर्माण अभियानमा
अनकन्टार भिर चढेर
जो जीवनभर नै चट्टानसंग जुधिरहे
जो सडकको जग नै जीवनसंग साटिरहे
उनैलाई छाडेर चल्न खोज्ने
साझा एक्सपे्रस
क्षयरोग लागेको विरामीको सासझैं गन्हाउँछ
ह्यारर्र ह्यारर्र धुरुर्र धुरुर्र
चल्दैन गुड्दैन धुँवा फाल्छ
चालक उनै ज्यामीलाई पुनः बोलाउँछ
जीवन यात्रामा बैंसको परिभाषा खोजिरहेकी
ए ; मेरो गाउँकी मारुम ।
त्यो गाडी देखेका छौ भने यदि भर्खर
हो मारुम त्यस्तै हो यो देशको सरकार ।
मारुम ः भाउजु मगर खाम भाषामा
|