गुलाफ जस्तो मुहार उंनको
- चिरञ्जीबी सुबेदी,
कति आउँछन् मनमा, कुरा कति खेल्छन् तर्क |
सधैँ आउँने माली गाईले,ष आउनै छाड्यो खर्क् |
कस्लाई दिउं दोष मैले सायद आफ्नै,भाग्य हो कि ?
फुल्को जस्तो मायाँ मेरो,उनलाई बिझ्ने काँडा भो कि ?
गुलाफ जस्तो मुहार उंनको,नागबेली केश |
स्वर्ग बाट झरिन् कि त बिरायर देश|
लजायर हाँस्दा उनी,मिलेका ति दन्त |
उनी जस्ता छैनन कित संसारैमा अन्त |
चैत्र मासको खडेरीले,दिल मेरो सुकेपनि |
भुल्न सक्ने छैन तिमीलाई,वैरि आई थुकेपनी |
|