सुख खोज्छ मन.........
-बिश्वकाजी राई
सुख खोज्छ मन दु:खैको भारी बोकेर पनि
माया खोज्छ मन घ्रिनै को पात्र भएर पनि
सुख कहाँ भेटिन्छ,कहाँ कहाँ खोजिन मैले
माया के हो भनी कसकसलाई सोधिन मैले
सुनेर पनि नसुने झै गरी दिए सबैले
अझै दुखित बनेर सुख खोजी रहे मैले
मन्दिरमस्जिद चर्चगुम्बा सबै धाए मैले
सबै भगवानहरु लाई पुकार गरे मैले
चित्त मेरो बुझाउन सकेनन् सारा सबैले
अझै दुखित भएर माया खोजी रहे मैले
|