मुटुको माया.................
-बिश्वकाजी राई
मुटुको माया, बाडी दियौ तिमीले सस्तो ठानेर
देको थिए , मुटुको माया मुटुमै राख्छौ भनेर
साचो दिलमा झुट कहाबाट पलाउछ
नदुखेको मुटु लाई अटुट दुखाउछ
छोडि गयौ मलाई नै मुल बाटो छोडेर
देको थिए ...........................
लामो यात्रा सँग सँगै गर्नु पर्छ भन्नेले
हर सुखदु:ख सारा सबै आफ्नै ठान्नेले
किन भाग्यौ म देखी टाढा दुर्दशा बुनेर
देको थिए..............................
|