कस्तो खाका कोर्योउ नेता संबिधान हाम्रो?
-चिरन्जिवि सुबेदी
चुनाब जिते गाउँलाई बिर्से कुरा गर्छन चाम्रो
कस्तो खाका कोर्योउ नेता संबिधान हाम्रो?
नयाँ नेपाल संबिधान सम्म पार्छो पाखा
भन्दै तिमी डुक्रीएको नाँघिसक्यो भाका
न बेपत्ता खोजियो यहाँ न पिडितलाई बास
भोकै रुन्छन शहीद परिवार खानु छैन गास
छैन शान्ती अ्मन चयन महंगी कै बाढी
सुली चढ्छन गरिब जनता नेता चढ्छन गाडी
परजिबी नेता हाम्रा पराइ कै साथ
आज ताके साध किल्ला भोली ताक्लान माथ
सचेत जनता बोकी ल्याउँदा उर्लियर आँधी
स्वार्थी नेता छोड्ने छैनन लगौटिले बाँधी
|