दुई मुक्तक
- खगेन्द्र अधिकारी अमृत
वा नेपाली बोल्न सिक्यौ झा परमानन्द
त्यो पुरानो घोति झिक्यौ झा परमानन्द
नेपालीमा खाएको सपथको पालना होस्
आजसम्म के मा बिक्यौ झा परमानन्द ।
दुई
कहांँबाट आयो जांँगर दौरा कोट लगाउने
अब छैन कि ठाउँ तिमलाई खोट लगाउने
होस् गर है भारत भरण पोषण होला नि
थुकेको थुक चाट्नेलाई कति चोट लगाउने ।
|