नेताजीलाई सत्ता
-चिरन्जिवि सुबेदी
साह्रै प्यारो लाग्दोरैछ नेताजीलाई सत्ता
जनता मरुन पानि बिना उनलाई मिलोस भत्ता
बन्द गरछौ सदन सडक शक्ती तिमीले देख्नै पर्छ
चाहे होस डेलीभरी केश बिरामीका गाडी रोक्नैपर्छ
बन्द भन्दा बन्दै गर्छौ सोचेहुन्छ देबता बोली
दुख पीडा सुन्नु भन्दा छोदीडिन्छौ एउटा गोली
आफ्नो पाटी सबै राम्रो कार्यकर्ता सबै हाम्रो
गल्ती गरुन अपराध बनिदिन्छौ हामी चाम्रो
कसलाई लाग्छ कानुन यहाँ नेताजिको छायाँ मुनी
सिमा नाघ्छन ठुला बडा सजाय दिन्छन आँफु मुनी
|