रुन्छिनरे आमा
-चिरञ्जिवी सुबेदी
सम्झिदै मेरो अतित अनि पिँडीमा बसेर
रुन्छिनरे आमा सम्झाउँदी हुन् प्यारी मुटुनै कसेर
त्यो साहुको ब्याजले काटेर सिमा साँवा लाइ नाघेछ
दैवको दशा साहुको भाषा अस्तित्व मागेछ
सुनको जस्तै लाग्दथ्यो मलाइ खरको त्यो छानु
चुहिदा पानी ति लाला वाला बोकेर कहाँ जानु
फुत्केको गास आफ्न्ती आस नगर्नु भुलेर
फुलको हाल भमराको चाल छोड्दिन्छन चुसेर
कसलाइ गर्नु खै सेवा मैले यो मुटु जलाई
उपहार पानी तड्पियर माग्दा पाइन्छ सलाई
के लेखीदियो भावीले कुन्नी छैटीको दिनैमा
नगयो सास न रहयो बास डुबियो ॠणैमा
|