गजल
-दिलकूमार श्रेष्ठ एक्लै
मनको कुरा तिमी सामु फुकाएको आजै
डर लागी कत्ता-कत्ता ओठ सुकाएको आजै ।
थियो प्रेम अथाह-अथाह तिम्रो मात्र प्यारी
खोली दिए सब कुरा लुकाएको आजै ।
नबोलेरै स्वीकृती दिए जस्तो लाग्यो
खुवै राम्रो सुहाएको छ शिर झुकाएको आजै ।
बुडासुब्बा जांदै गर्दा तिमी आउदै थियौ
देखे पछि समीप पुगी पाईला रुकाएको आजै ॥
|