"बन्दकी खुशी"
-आचार्य प्रभा
हो , अहिले मेरो खुशी
कसैको सन्दुकभित्र बन्द भएको छ
त्यसैले म यस्घडी
खुशी हाँस्ने अधरहरुलाई
मौनतामा साटेर बाँची रहेकी छु
खै!कहिले मर्जी होला ?
त्यो सन्दुकको चाबी
मेरो हातमा सुम्पने
अनी मात्र म ......
मेरो खुशीलाई त्यो कैदखाना बाट
मुक्त गरेर हाँसुला
जसरी बादलले ढाकेको
आकाश झरी पछि मुस्काउँछ
त्यसैगरी............./
भन्छन् भन्नेहरु ,
पीडा,चिन्ता लिनुहुन्न
भन्नलाई सजिलो छ जे पनि
त र.....आफु अचानो
बनेको बेला लाग्छ,
मेरा वरी परी
खालि खुकुरी र तरवारहरु मात्र छन्
जो मलाई हरपल रेट्न तयार छन् ,
हो मान्छेको मन कोमल छ
डरपोक छ ,
त र....आफ्नो जायज मनसंग पनि त
परिचित छ नी.......,
जस्ले आफुलाई सधैं चिन्तामा मात्र
डुबाइरहन कहाँ रुचाउँछ र ?
त र रहर मात्र हैन
कहिलेकहिं बाध्यता पनि
रहर झै उर्लिएर आउँदो रहेछ
खुशिका क्षणहरु बगाउन
जो अहिले निंरकुश शासक बनेर
मेरा खुशिहरुमाथी निंरकुशताको
परेड खेल्दै ममाथी शासन गरिरहेछ
अनी म नीरिह बनी यसको
माखेसाङ्लोमा जकडिरहेकिछु
यसरी.......मौनतामा टोल्हाउँदै
अनी.... शुन्य कठ्घराभित्र
हराउंदै हराउंदै बस,
चुपचाप चुपचाप ....../
(२ /२५ /१० अमेरिका )
|