बेनी बजार झरेकी
- चिरन्जिवि सुबेदी
कुर्ता सलवार लगायर बेनि बजार झरेकी
पातली र अग्ली अग्ली काली मन परेकी
साथिसंगी मेरा थिय उनी संग
नदेखे झैं छड्के नजर परे मत दंग
केही पनी सोधियन लजालु त्यो हाँसो
खतन हो कि दैब तिम्रो राख्दियको नासो
यो मन पुरुष भय पनी बैंश भरीयर
बोली दब्छ भित्र भित्रै इनार गहिरिएर
समुन्द्र झैं फराकिलो माँया रुपी जंघार
हाँसो सँगै पाशो मिल्ने प्रकृतिकै शृंगार
|