बाटोमा काँडा लगायौरे
-चिरन्जिवि सुबेदी
आउँछकी कतै फर्की भनी बाटोमा काँडा लगायौरे
मन मुटुमा उस्लाई राखी मलाई चाँही भगायौरे
कती ठुलो रैछ धन मन मुटु पनि किनीदिने
अ्मुल्य भन्थे मायाँ प्रेम तर भयो बिकिदिने
बगेको त्यो काली खोला रोकी कहाँ रोकिन्छर?
जती सुकै होस बर्षा समुन्द्रको पानी पोखिन्छर?
आँखा तिमिले तरे पनी मुटू भित्रै राखेको छु
कतै दुख नहोस भनी देबी देउता भाकेको छु
दुख सबै पिईसकें खुशि तिमीलाई साँचेको छु
यदी ईश्वर कतै भय भेट्ने आशमा बाँचेको छु
|