;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


संविधानसभाको म्याद एक वर्ष थप्नुपर्छ : माओवादी


अब कांग्रेसकै नेतृत्वमा सरकार ः थापा

१४ जेठसम्म यही सरकार ः ज्ञवाली

काठमाडौं माघ २४ । एकीकृत माओवादीका प्रवक्ता एवं पोलिटब्युरो सदस्य दीनानाथ शर्माले वर्तमान सरकार नढली शान्ति र संविधान असम्भव भएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादीले सरकार परिवर्तनको निर्णय गराउने दाबी गरे ।

नेता शर्माले माओवादीले आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउन चाहेको स्पष्ट पारे । संविधानसभाको म्याद एक वर्ष थप्न सकिने उनको भनाइ थियो । त्यसका लागि संविधान संशोधन गर्न पछि नपरिने बताए ।

संविधान नबनाउँदै सेना समायोजन भन्नु प्रगतिगामी सोच र २०४७ को संविधान ब्युँताउने षड्यन्त्र भएको उनको भनाइ थियो । ुसंविधान बन्नुअघि सेना समायोजन हुनै सक्दैनु उनले भने ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा नेकपा एमालेका सचिव युवराज ज्ञवालीले २०६७ जेठ १४ सम्म वर्तमान सरकारको विकल्प नभएको दाबी गरे । उनले भने- माओवादी अध्यक्षले नौ महिनादेखि यो सरकार ढाल्ने बताइरहेका छन् । तर १४ जेठसम्म यो सरकारलाई कसैले हल्लाउन सक्दैन । ज्ञवालीले संविधान जारी हुनुअघि नै माओवादी लडाकु समायोजन गरिनुपर्ने दोहोर् याए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभासद् गगन थापाले अब कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनु सबैभन्दा उत्तम विकल्प भएको बताए । ुयो सरकारले केही गर्न सकेनु उनले भने- मन्त्रीहरु अनुशासनहीन र अराजक छन् । त्यसैले अब निश्चित कार्ययोजना बनाएर कांग्रेसकै नेतृत्वमा राष्ट्रिय सरकार सबैभन्दा उत्तम विकल्प हो ।

थापाले संविधानसभाको म्याद नथपी शान्ति र संविधान बन्न नसक्ने बताए । ुवास्तविकताको धरातलमा उभिएर सोच्दा म्याद थप्नुको विकल्प छैनु उनले भने । उच्चस्तरीय राजनीतिक संयन्त्र समयको आवश्यकता र परिस्थितिको बाध्यता भएको उनको भनाइ थियो ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi