;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


पशुपति क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति

नेपालमा ऐतिहासिक तथा धार्मिक धरोहर एवं विश्वका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेका भगवान् श्रीपशुपतिनाथको महिमा सर्वविदित नै छ । विगतका दिनहरुमा महा-शिवरात्री जस्ता महान अवसरमा देशी;विदेशी भक्तजनहरुको घुइँचो लाग्ने पशुपतिको प्रांगनमा केही वर्षयता दर्शनार्थीको संख्या घट्दै गएको तथ्यलाई हार्मी नकार्न सक्दैनौँ ।
हामीसँग सबै प्रकारका सम्भावना हुँदा-हुँदै पनि पर्यटकीय तथा धार्मिकरुपमा यसको लाभबाट हामी बिाचत हुनु परेको यथार्थ लुकाएर लुक्ने कुरा होइन । यसका धेरै कारणहरु हुन सक्छन् । हामीसँग भएका स्रोत साधनको समुचित प्रयोग हुन सकेको छैन भने जुनरुपमा प्रचार÷प्रसार हुनु पर्ने हो त्यो रुपमा गर्न नसक्नु प्रमुख कारण हो ।
आजको युग सूचना÷संचारको युग हो । यसको सहयोग बिना कुनैपनि क्षेत्रको विकास संभव छैन । त्यसैले विश्वभरी आराध्यदेव श्रीपशुपतिनाथको महिमालाई उजागर गरी दिनानुदिन घट्दै गएको धार्मिक पर्यटनमा अभिवृद्धि गर्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले श्रीपशुपतिनाथ सम्बन्धित विभिन्न जानकारी संचार माध्यम देशी÷विदेशी हिन्दू भक्तजनहरुमा पुर्याउने उद्देश्यका साथ ुमिडिया सेन्टरु को स्थापना गरेको हो । पशुपति क्षेत्रमा लाग्ने विभिन्न मेला÷महोत्सवमा समाचार संकलनकालागि आउने राष्ट्रिय÷अन्तरराष्ट्रिय साचारकर्मीहरुलाई विभिन्नरुपले सहयोग पुर् याउनु नै यसको लक्ष्य हो । महाशिवरात्रि लगायतका पशुपति क्षेत्रका धार्मिक÷साँस्कृतिक गतिविधिहरुलाई प्रकाशन÷प्रसारण गर्ने कार्यमा संचार माध्यमहरुलाई यस ुमिडिया सेन्टरु ले थप सहयोग पुग्ने हामीले आशा गरेका छौं ।
आगामी दिनमा भगवान श्रीपशुपतिनाथ पवित्र पाशुपत क्षेत्र र यस सँग जोडिएका जानकारी आदान-प्रदानको केन्द्र ुमिडिया सेन्टरु बन्नेमा हामी विश्वस्त छौं । संचारका विद्युतीय तथा छापा माध्यमहरुलाई यहि माघ २९ गते हुने महाशिवरात्रि पर्वका अवसरमा समाचार संकलन छायांकन तथा प्रत्यक्ष प्रशारण गर्नमा ुमिडिया सेन्टरु मार्फत आवश्यक सहयोग पुर् याउने प्रतिवद्धता पशुपति क्षेत्र विकास कोष व्यक्त गर्दछ । साथै यहाँहरुले पुर् याउँदै आउनु भएको सहयोगको निरन्तरताको अपेक्षा गरेका छौं ।



सुशील नाहटा
सदस्य-सचिव
पशुपति क्षेत्र विकास कोष साचालक परिषद्




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi