नेपाली बाम-लोकतान्त्रिक आन्दोलनका अग्रज योद्धा तथा २०४६ साल तथा २०६२;६३ सालका नेपाली जनताको संयुक्त जन आन्दोलनका आन्दोलनकारी नेकपासंयुक्त माक्स्रवादीका अध्यक्ष क। हेमन्त बीसीको हिजो माघ २४ गते राती ९ बजे शिक्षण अस्पताल महाराजगाजमा दुःखद निधन भयो । गएको असोज १ गतेदेखि प्याकि्रया सुनिने रोगले आक्रान्त भएर उहाँ उपचाररत रहनु भएको थियो । उहाँकी एक श्रीमती राजना बीसी एक छोरा दमन बीसी र एक छोरी छन् ।
नेपालमा बाम लोकतान्त्रिक शक्तिमा आएको अबािाछत बिभाजन र दम्भ तथा हीनताबोधप्रति चिन्तित दिवंगत बीसी बाम-लोकतान्त्रिक शक्ति दल र समूहहरु सच्चिनेसुधि्रने र औसरबादबाट मुक्त भएर अनुशासित किसमले अग्रसर हुन सके भने मात्र नेपालमा आमूल परिवर्तन ल्याउन र त्यसलाई दीगो बनाउन सकिने बातावरण सिर्जना सकिन्छ भन्नु हुन्थ्यो ।
नेकपासंयुक्त माक्स्रवादी दिवंगत क। बीसीप्रति हार्दिक श्रद्धााजली अर्पण गर्दै शोक सन्तप्त उहाँको परिवार सम्पूर्ण आफन्तजन तथा मित्रहरुमा गहिरो समवेदना प्रकट गर्दछ र उहाँको सम्मानमा यही माघ २६ गते एक दिन पार्टी केन्द्रिय कार्यालयको झण्डा आधा झुकाउँदछ ।
क। हेमन्त बीसीको निधनमा शोक ब्यक्त गर्न प्रधानमन्त्री माधव कुमार नेपाल आज माघ २५ गने बिहान शिक्षण अस्पताल पुग्नु भएको थियो । त्यसैगरी आर्यघाटमा पूर्व मन्त्री संबैधानिक समितिका सभापति निलाम्बर आचार्य मन्त्री त्रय डा। मिनेन्द्र रिजाल डम्बर श्रेष्ठ र ठाकुर शर्मा तथा बामपन्थी नेताहरु बिष्णुबहादुर मानन्धर ऋषि कट्टेल सीताराम तामाङ्ग माधव ज्ञवाली तथा नेकपासंयुक्त माक्स्रवादीका महासचिव लोकनारायण सुवेदी केन्द्रिय सचिवालय प्रमुख क। शरण बिक्रम मल्ल पोलिट ब्यूरो सदस्य। क। प्रकाश अधिकारी केन्द्रिय समितिका सदस्य क। सीता सुवेदी तथा राष्ट्रिय परिषदका सदस्यहरु क। रमेश श्रेष्ठ क। दमन कटुवाल क। बिक्रान्त सुवेदी क। नविन ढकाल तथा पार्टीका समर्थक शुभ चिन्तक तथा बुद्धीजीवी प्राध्यापक श्री महेश्वरमान श्रेष्ठ मातृका प्रसाद खतिवडा र थिरु थापा तथा दिवंगत बीसीका आफन्त परिवारजन मित्रहरु लगायतका महानुभावहरु अन्तिम श्रद्धाजली दिन आर्यघाटमा पुग्नु भएको थियो ।