;



  प्रगतिशील बैदेशिक रोजगार माच नेपालले भदौ १६ लाई काले दिवसको रुपमा मनायो ।    शिक्षा दिवसको सार्थकता विषयक अन्तरकि्रया कार्यक्रममा निमन्त्रणा ।     नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न     मनोसामाजिक कार्यकर्ता प्रशिक्षक प्रशिक्षण शुरु    तीन हजारबढी बालबालिका विद्यालय बाहिर    नेपाली संचारमाध्यम प्रती भारतीय दुतावासको धम्की प्रतीप्रेस बिज्ञप्तीनेपाल समाचार केन्द्र यूएई    नेपाली जनप्रगतिशील माच नर्वेको प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न    पालयुल उगेन दोर्जी क्ष्योलिङ गोन्पा फार्पिङमा क्रोधी काली डाँकिनीको तीन महिने पूजा बिधी सम्पन्न     कार्यक्रमको मिति सर् यो    नवोदित साहित्यिक वाचनालय कतारको सुचना !  


नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताका साथ सम्पन्न
नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० नागोया स्थित नागोया इन्टरनेशनल सेन्टरमा फेब्रुबरि २१, आ इतबारका दिन जापानका लागि नेपालका महामहिम राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ|
  नेसाजका अध्यक्ष राजेंद्र प्र. पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेसाजकै उपाध्यक्ष सरोज कंडेलद्वारा सञ्चालन भयो भने आयोजक कमिटीका अध्यक्ष डा.बसन्त कु. गौतम को स्वागत मन्तब्यबाट शुभारम्भ भएको थियो|
  एन आर एन जापानका राष्ट्रिय संयोजक डा. सुदीप अधिकारी र पूर्ब नेसाज सभापति ऋषब पौडेलको मंतब्य पछि गोष्ठीको विशिष्ट समयमा ओसाका बिश्वविद्यालयका प्रोफेसर किमिहिदे मुसाकोजिले“नेपालको सन्दर्भमा संघियता”शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो| युगोस्लोभाकिया र नेपालको परिस्थितिलाई तुलना गर्दै संघियता मा जादा कुनै पश्चिमी मुलुकको मोडेल अनुसार नभई आफ्नै बिषेशतालाई मद्य नजर राख्दै "buttom up approach" बाट बिकेंद्रिकरणलाई मजबूत गर्ने खालको संघियता नेपालको परिप्रेक्षमा बढि उपयुक्त हुन सक्ने तर्क प्रस्तुत गर्नु भएको थियो।नेपालको परिप्रेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु भएकोले यो कार्यपत्र र यसमाथिका छलफलहरु निकै जिबंत एबम उपयोगी तथा प्रासंगिक ठानिएको थियो |
  नेसाजले पहिलोपटक नागोया शहरमा आयोजन गरेको यो नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि सुभकामना ब्यक्त गर्दै महामहिम राजदूत डा. गणेश योंजन तमांगद्वारा एकेडॅमिक कार्यक्रमको उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रमको निरंतरताको समेत कामना गर्नुभएको थियो| पहिलो सेसनको समापन नेसाज सभापतिद्वारा आयोजक कमिटी तथा उपस्थित सम्पुर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै गर्नु भएको थियो|
दिवा भोजन पछि सुरु भएको दोश्रो सेसन मा मधुसुदन कायस्थ द्वारा "नेपालमा फाइबर अप्टिकको अबस्था र सम्भाब्य", सोबिता कोइराला द्वारा“Early Childhood Development Program in Japan”, प्रा. डा. मासायुकी वातानाबे द्वारा“Community Based Rehabilitation in Nepal: Challenge for Inclusive Society” बारे निक्कै चाख लाग्दा प्रस्तुति गर्नु भएको थियो र उत्तर प्रस्तुति तथा छलफल निक्कै जिबन्त थियो |
अन्यमा प्राबिधिक सेसन अंतर्गत कृष्ण कु. भेटवाल द्वारा स्टीलको स्तर सुधार मा गरिएको सफल अनुसन्धान, इश्वर खत्रीद्वारा सोलार इनर्जिका सम्भाबना र चुनौती तथा, बिपिन खनाल द्वारा संयोजनकारी सफ्टवेरको बिकास र अन्त्य मा होम प्र. अधिकारीबाट नेपालमा लघु जल बिधूतका संभावना र चुनौतीको बारेमा गरिएको अनुसन्धानात्मक नतीजा प्रस्तुत गर्नु भएको थियो|
General सेसनको chair ऋषब पौडेलले गर्नुभएको थियो भने प्राबिधिक सेसनको chair डा. सुदीप अधिकारीले गर्नु भएको थियो| दुबै सेसनमा निकै जिबन्त छलफल भएको थियो| नागोया वासीको ७० देखि ८० संख्यामा उपस्थिति का बिच सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा जापानमा नेपाली बिध्यार्थीको अबस्था बिषयक सरोज कंडेलको भिडियो सामग्री निक्कै रोचक थियो|
अन्त्यमा उपस्थित सबैको लागि नेसाजले आयोजना गरेको रात्रिभोज तथा अन्तर्क्रिया कार्यक्रम पनि निक्कै जमेको थियो|



यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi