|
नेकपासंयुक्त माक्स्रवादीको प्रेस बक्तब्य
पार्टीको अनुशासनको कारबाहीमा परेका प्रकाश अधिकारीले पार्टी अध्यक्षको देहाबसान हुनासाथ अनाधिकृतरुपमा पार्टी नेतृत्वको पुनर्गठन गरेको दाबी गर्दै केही पत्रपत्रिकामा बक्तब्य जारी गरेकोप्रति नेकपासंयुक्त माक्स्रवादी केन्द्रिय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेकपासंयुक्त माक्स्रवादी पार्टीको बिधान प्रकृया र पद्धति बिपरीत आफुलाई स्वघोषित महासचिव भन्दै र पार्टीको नाम दुरुपयोग गर्दै तथा कथित पार्टी पुनर्गठन गरिएको बहुलठ्ठीपूर्ण उडन्ते हल्ला गरेकोमा त्यसको तीब्र खण्डन गर्दै त्यस्ता बतासे हल्लामा नपर्न पार्टी समर्थक शुभचिन्तक तथा सम्पूर्ण जिम्मेवार राजनीतिक दलहरु निर्वाचन आयोग र साचार माध्यमहरुलाई नेकपासंयुक्त माक्स्रवादी केन्द्रिय कार्यलय जोडदार आग्रह गर्दछ । नेकपासंयुक्त माक्स्रवादी केन्द्रिय समिति र राष्ट्रिय परिषदका कुनै पनि बैठकमा गत जेष्ट महिनादेखि निरन्तर अनुपस्थित रहेर गैर् जिम्मेवार किसिमले अनुशासनहीन र अराजक काम गर्दै पार्टी हित बिपरीत लागेर कारबाहीमा परेका प्रकाश अधिकारीले यसरी पार्टी नामको दुरुपयोग गरी जन मानसलाई गुमराह गर्न खोजेर निर्लज्जता प्रकट गरेकोप्रति नेकपासंयुक्त माक्स्रवादीं तीब्र रोष र खेद प्रकट गर्दै यस्ता गुमराहकारी गलत प्रबृत्तिप्रति सचेत रहन सबैलाई आह्वान गर्दछ ।
नेकिपासंयुक्त माक्स्रवादी पार्टीको बिधान अनुसार केन्द्रिय सदस्य बन्नका लागि महधिवेशनद्वारा निर्वाचित राष्ट्रिय परिषदको सदस्य हुनु पर्दछ र पोलिट ब्यूरो सदस्य हुनका लागि निर्वाचित केन्द्रिय सदस्य हुनु पर्दछ । अध्यक्ष र महासचिव राष्ट्रिय परिषदले मात्र निर्वाचन गर्ने बिधानमा प्रावधान रहेकोमा यस्तो बिधानर कार्यबिधि बिपरीत अनुशासन भंग गर्ने यस्ता अराकज ब्यक्तिको लहड र सनकमा नेकपासंयुक्त माक्स्रवादीको नेतृत्व पुनर्गठन भएको जस्ता भ्रमपूर्ण र अनर्गल प्रचार प्रसारबाट कसैलाई कुन भ्रम नपरोस भन्ने समेत नेकपासंयुक्त माक्स्रवादी केन्द्रिय कार्यालय जोडदार आग्रह गर्दछ ।
|