|
साहित्यकारको वैठक सम्पन्न
राप्ती साहीत्य परीषद जिल्ला कार्यक्रम संयोजन समिती सल्यानको तेश्रो वैठक सल्यान खलंगामा सम्पन्न भएको छ ।
परीषदका सल्यान शाखा संयोजक केशवराज देवकोटाको अध्यक्षतामा सम्पन्न वैठकले आगामी फाल्गुण २४ गते जिल्ला स्तरिय कविता तथा लोक नृत्य प्रतियोगीता साचालन गर्ने निर्णय गरेका छ ।
आज सम्पन्न वैठकले प्रतियोगीता सम्पन्न गर्नको लागी विभिन्न समितीको निर्माण गरेको छ । जसमा समितीका संयोजक केशवराज देवकोटकाको संयोजकत्वमा ५ सदस्यीय आर्थीक संकलन समीती डिल्लीराज रावत को संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार समीती र वासुविवस आचार्यको संयोजकत्वमा व्यवस्थापन समीती गठन गरीएको छ ।
साथै वैठकले प्रतियोगीतावाट छनौट भएका कविता र अन्य साहित्यीक रचना प्रकाशन गर्ने जिल्लाका साहीत्यकारहरुको परीचय ग्रन्थ तयार गर्ने र जिल्लाको साहित्यकला र संस्कृती संरक्षण तथा सम्वद्धनका लागी साहित्य संरक्षण कोष खडा गर्ने लगाएतका निर्णय गरेको छ । वैठक परीषदका सचिव प्रतिक इच्छुक शर्माको संचालनमा सम्पन्न भएको हो ।
|