;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


सहिदको सम्झनामा साताव्यापी बलिदान दिवस मनाईदै

दाङ;एकीकृत नेकपा माओवादीले बलिदान दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । यसलाई सहिद सप्ताह पनि भन्ने गरिन्छ । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते शुरु गरेको जनयुद्धका क्रममा फागुन १४ गते प्रहरीले गोरखामा ११ बर्षीय दिलबहादुर रम्तेलको हत्या गरेको दिनको सम्झनामा प्रत्येक बर्ष फागुन १४ लाई माओवादीले बलिदान दिवसका रुपमा मनाउँदै आएको छ ।
जनयुद्धपश्चात् रम्तेललाई राज्यले माओवादीको आरोपमा स्कूलमै गोली हानी हत्या गरेको थियो । माओवादीले उनीलाई जनयुद्धको पहिलो सहिद घोषणा गरेको छ । जनयुद्धको पहिलो सहिद भएको दिनदेखि झापा आन्दोलनका क्रममा सुखानीमा हत्या भएको दिन फागुन २१ सम्मलाई साताव्यापी रुपमा माओवादीले बलिदान दिवस मनाउदै आएको छ । सहिद सप्ताहभरि विभिन्न ठाउँहरुमा सभा अन्तकिर््रया सहिद परिवारहरुलाई अभिनन्दन भेटघाट सुझाव संकलन र सहिद स्मारक निर्माण आदि कार्यहरु गरी मनाउने गरिन्छ । यसैबीच सहिद सप्ताहको पहिलो दिन फागुन १४ गते एकीकृत माओवादी दाङले सहिद परिवारलाई अभिनन्दन गरेको थियो । जिल्लाका प्रत्येक एरियाहरुले अभिनन्दन कार्यक्रमको आयोजना गरी जनयुद्धको क्रममा बलिदान गरेका सहिदका परिवारजनहरुलाई दोसल्ला ओढाई उपहार प्रदान गरेका छन् । जनयुद्धको क्रममा दाङमा मात्र सहिदको संख्या २ सय ५८ जना रहेको छ । यसैबीच एकीकृत माओवादी १५ नं। एरियाले शुक्रबार तुलसीपुरमा सहिद परिवार तथा घाइतेलाई अभिनन्दन गरेको छ । सहिद परिवार र घाइतेहरुलाई एरिया इन्चार्ज शितल र सेक्रेटरी प्रदिप ओलीले अभिनन्दन गर्नुभएको थियो । त्यसैगरी एरिया नं। १८ ले शनिबार पवननगरको सुनपुरमा सहिद परिवारहरुलाई अभिनन्दन गरेको छ । एरिया ईन्चार्ज सौरभ पवननगरका ईन्चार्ज मेघराज शान्तिनगरका ईन्चार्ज हिरा र महेशले अभिनन्दन गर्नुभएको थियो ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi