शिक्षा नियमावलीले अन्तिम परीक्षा सम्पन्न नहुन्जेल आगामी शैक्षिक बर्षको लागि नयाँ भर्नासम्वन्धी गतिबिधि साचालन गर्न बर्जित गरेको छ । तर त्यो नियम भने नेपालका ठुला स्कुलले मानेका छैनन् । त्यही कारण त्यो नियमविपरीत नाम चलेका स्कुलहरुले पुस महिनाबाटै भर्ना प्रकि्रया थालिसकेका छन् । अन्तराष्ट्रिय जगतमा समेत चर्चित रहेका सेन्ट जेभिर्यस स्कुल र सेन्ट मेरिजले भर्नाका लागि बिद्यार्थीहरु समेत छनोट गरिसकेका छन् ।
अन्तिम परीक्षा भनेको एक शैक्षिक वर्षमा विद्यालयले आफ्नो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीको स्तरोन्नतिका लागि संचालन गर्ने वार्षिक परीक्षा हो । कुनै पनि विद्यालयले त्यस्तो परीक्षा संचालन गरेका छैनन् किनभने शैक्षिक सत्र नै पूरा भएको छैन । पाठ्यक्रम अनुसार विद्यार्थीलाई पढाउने काम नै सम्पन्न नभइ परीक्षा लिने प्रश्न पनि उठेन । त्यही कारण स्कुलहरुमा हुने वार्षिक परीक्षा हुन नसकेको हो ।
नेपाल सरकारको स्वामित्वमा रहेको बुढानिकण्ठ बोर्डिङ स्कुलले भने छात्रबृत्तिमा पढ्ने बिद्यार्थीहरु भर्नाका लागि फागुनमा प्रबेश परीक्षा गर्न लागेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट साचालित सैनिक स्कुलमा सेना कोटामा भर्ना हुने बिद्यार्थीहरुको नामावली फागुन १४ गते सार्बजनिक गरिएको छ । सो स्कुलले गैर सैनिक कोटामा पढ्ने बिद्यार्थीहरुको प्रबेश परीक्षा फागुन २४ गते लिन लागेको छ ।
नेपाल प्रहरीबाट साचालित स्कुलले पनि नियम बिपरीत भर्नाका सुचनाहरु सार्बजनिक गरेको छ । त्यसै गरी सशस्त्र प्रहरी बलका सन्तति पढ्ने चम्पादेबीको स्कुलमा पनि भर्ना खुल्ला गरिएको छ ।
काठमाण्डौंका केही निजी स्कुलहरुलाई भने जिल्ला शिक्षा कार्यलयले यस बिषयमा स्पष्टिकरण मागेको छ । उनीहरुलाई जरिवाना गर्न सक्ने अधिकार जिल्ला शिक्षा अधिकारीमा निहित छ । यसरी कार्बाही हुनु पर्ने स्कुलहरुमा बागमती पुलको भिएस निकेतन गोदावारी खोला किनारामा रहेको लिटिल एन्जेल्स स्कुल बानेश्वरको रोजबड स्कुल धापाखेलको जेम्स स्कुल गठ्ठाघरको बिद्यादायणि यसै बर्षबाट काठमाण्डौं बिश्वबिद्यालयको ल्याब स्कुल भनेर कंलकीमा खुल्न लागेको इडिफाई स्कुल कलंकीकै एलआरआई स्कुल आदि रहेका छन् ।
भक्तपुरको शिक्षा कार्यालयले नयाँ भर्नासम्वन्धी स्कुलका गतिविधिमा ध्यान दिन आवश्यक देखेको छैन । त्यसैले नगरकोटको क्वालिटी स्कुल र श्रीकृष्ण उमाबिले नियम बिपरीत पत्रिकामा भर्नाको सुचना निकालेका छन् ।