|
भोली देखी हुने भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
प्रतीक इच्छुक;सल्यान
सल्यान१९ फागुन-खेल क्षेत्रमा बहु प्रतिभा भएका उदयमान खेलाडी पहिचानका लागि नेपाल गणतान्त्रीक खेलकुद महासंघ सल्यानले बिहीबार देखि भलिबल प्रतियोगिता गर्ने भएको छ ।
दुई सय ५० भन्दा बढि खेलाडी उपस्थित हुने जिल्लाब्यापी भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल गणतान्त्रीक खेलकुद महासंघ सल्यानले जनाएको छ । सदरमुकाम खलंगामा बुधबार पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष मान बहादुर मल्लले भने-जिल्लाको इतिहास मै पहिलो पटक ठुलो कार्यक्रम संचालन गर्न गइरहेका छौ । धेरै टिम सहभागि भई ठुलो पुरस्कार सहित हुन लागेको यो प्रतियोगिता भलिबल खेलका लागि पहिलो नै हो । प्रतियोगितामा पहिलो पुरस्कार २५ हजार दोस्रो पुरस्कार २० हजार तेस्रो १५ चौथौ १० र अन्य गरि ९० हजार पुरस्कार रासी राखिएको छ-अध्यक्ष मल्लले भने ।
२० देखि २२ फागुन सम्म संचालन हुने खेलका लागि २१ टिम दर्ता भइसकेका छन । जिल्लाका बिभिन्न गाउबिकास समितीबाट बुधबार नै खेलाडीहरु सदरमुकाम खलंगा आउने क्रम जारी रहेको आयोजकले बताएका छन । सहिद सप्ताहको अबसरमा संचालन हुने भलिबल प्रतियोगिता ३ लाख रकम खर्च हुने अनुमान आयोजकले गरेका छन ।
|