;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


NRN परिचय पत्र प्रदान गर्दा NRN कोरिया र नेपाली दूतावास बीच सहकार्य गर्ने
कोरियाका गैर आवासीय नेपाली र नेपाली मुलका कोरियन नागरिकलाई परिचय पत्र प्रदान गर्दा एन आर एन कोरिया र नेपाली दूतावास बीच सहकार्य गर्ने
PNN सम्बाददाता
गैर आवासीय नेपाली संघद्वारा नेपाल सरकारलाई दोहोरो नागरिकताको ब्यवस्था गर्नु पर्ने माग गरेतापनि हालै नेपाल सरकारले दोहोरो नागरिकताको साटो सम्पूर्ण गैर आवासीय नेपाली र नेपाली मुलका बिदेशी नागरिकहरुलाई एन आर एन परिचय पत्र बितरण गर्ने निर्णय गरे गरे अनुरुप एन आर एन कोरियाले महामहिम राजदूत कमल प्रसाद कोईराला र उपनियोग प्रमुख यादब खनाल समक्ष ICC सचिव तेन्जी शेर्पा समेको उपस्थितीमा त्यसबारे दूतावाससंग बिस्तृत छलफल सम्पन्न गरेको छ ।
एन आर एन कोरियाका पदाधिकारीहरु र दूतावास बीच आज भएको सो छलफल कार्यक्रमको मुख्य उद्देश्य कोरियामा रहेका गैर आवासीय नेपालीहरु तथा नेपाली मूलका कोरियन नागरिकहरुलाई के कसरी परिचय पत्र बितरण गर्दा उपर्युक्त होला भन्ने बिषयमा केन्द्रित रहेको थियो ।
करीब २ घण्टाको सो छलफलमा नेपाली दूतावासद्वारा सो परिचय पत्र बितरण गर्दा NRN कोरियासंग सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ । जसबाट नेपाली मुलका कोरियन नागरिक अथवा गैर आवासीय नेपालीले दूतावासबाट परिचय पत्र प्राप्त गर्नको लागि एन आर एन कोरियाको सदस्य हुनुपर्नेछ । त्यसैगरि अबको केही हप्ता भित्रै एन आर एन कोरियाद्वारा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा महामहिम राजदूत कमल प्रसाद कोईरालाबाट एन आर एन कोरियाका बिशेष पदाधिकारीहरु लगायत अन्य एन आर एनहरुलाई सो परिचय पत्र बितरण गरी परिचय पत्र बितरणको कार्य थालनी गर्ने बिषयमा छलफल गरिएको थियो ।



यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi