;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ    अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच    पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध    बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन     विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।     मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत    Tihar Celebration 2010 Montgomery County, Maryland    दरवारमा बिज्ञापन दलालको चलखेल जारी    Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia    नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई 


राज्य व्यवस्था समितिबाट सशस्त्र प्रहरी बलको कामकारवाही बारे जानकारी हसिल

काठमाडौ

संविधानसभा व्यवस्थापिका संसद राज्यव्यवस्था समितिका सभापति माननीय रामनाथ ढकाल तथा समितिका माननीय सदस्यहरुले आज सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थलगत अवलोकन गर्नुका साथै सशस्त्र प्रहरी बलबाट भएगरेका कामकारवही बारे जानकारी लिनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले त्यसअवसरमा सशस्त्र प्रहरी बलबाट भएगरेका कामकारवाही र उपलब्धीबारे जानकारी गराउनुको साथै विपत व्यवस्थापनमा बलको प्रयास दंगा नियन्त्रण सीमा अपराध नियन्त्रण सशस्त्र प्रहरी बलको परिचालन मानवअधिकारको संरक्षण गर्दै जिम्मेवारी निर्वाहमा भएको प्रयास लगाएतका विविध विषयमा जानकारी गराउनुभयो ।

संगठनको विभिन्न प्रयासको बाबजुद यदाकदा भएको मानवअधिकार उलंघनको घटनामा संलग्न ५४ जना सशस्त्र प्रहरी कर्मचारीलाई हाल सम्म संगठनले आवश्यक कारवाही गरेको कुरा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले सो समिति समक्ष बताउनुभयो ।

विगतको अपराधको अवस्थालाई मुल्यांकन गरी समयानुकुल सुरक्षा व्यवस्था मिलाउँदा विगतको तुलनामा आपराधिक घटना अपेक्षाकृत नियन्त्रणमा रहेको उहाँले स्पष्ट पार्नुभयो । दशैंको वेला गत वर्ष राजमार्गमा १९ बस लुटिएको विगतको अनुभव सुनाउँदै उहाँले ती घटनालाई ध्यानमा राखेर यस वर्ष प्रभावकारी सुरक्षा परिचालन गरेपछि कुनैपनि बस नलुटिएको स्मरण गराउनुभयो ।

ुसशस्त्र प्रहरी बलको ११८ स्थाई कार्यालय रहेको छु राज्य व्यवस्था समितिसँग उहाँले भन्नुभयो-ुयी कार्यालयहरुबाट प्रभावकरी सुरक्षा परिचालन गरिएको छ ।ु

सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र पारदर्शी रहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले हाल सो केन्द्रमा ८१ करोड चल अचल सम्पत्ती रहेको प्रतिवेदन पेश गर्नुभयो ।

सशस्त्र प्रहरी कर्मचारीहरु मानसिक रुपमा सेवा गर्ने भावनाका साथ तयार रहनुपर्ने र यसतर्फ रुपान्तरण हुन संगठनबाट प्रयासहरु भइरहेको जानकारी उहाँले गराउनुभयो ।

बलका कामकारवाही बारे प्रत्यक्ष रुपमा सम्मानीत राज्य व्यवस्था समितिलाई अवगत गराउन पाउनु संगठनलाई अवसरको रुपमा रहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले समितिको सुझावले बलको कार्यक्षेत्रमा अझ सरलता आउने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले सशस्त्र प्रहरी कर्मचारीलाई व्यावसायीक र जिम्मेवार बनाउन बलले प्रशिक्षण कार्यलाई विशेष प्राथमिकता दिएको र सवै तालिममा मानवअधिकार सम्बन्धि कक्षा संचालन गरिएको उल्लेख गर्नुभयो ।

त्यसअवसरमा राज्य व्यवस्था समितिका सभासदहरुले विभिन्न जिज्ञासा राख्नु भएको थियो ।

सशस्त्र प्रहरी बलले हाँलै हातहतियार ल्याएको भनि भएको चर्चाको उल्लेख गर्दै बलले हालै के-के र कति हतियार ल्याएको भनि समितिका सभासदले राखेको जिज्ञासामा सशस्त्र प्रहरी महानिरीक्षक वस्नेतले कुनै पनि हतियार नल्याइएको र तालिम प्रयोजनको लागि ल्याइएको सामानको विवरण पेश गर्नुभयो ।

कार्यक्रममा राज्यव्यवस्था समितिका सभासदहरुले बलको कामकारवाही बलमा महिलाको सहभागिता र सुविधा बलको तैनाथीलगाएतका विविध विषयमा जिज्ञासा राख्नु भएको थियो भने सशस्त्र प्रहरी महानिरीक्षक बस्नेतले जिज्ञासाको समाधान गर्नुभएको थियो ।

समितिका सभासदहरुले कार्यक्रममा सशस्त्र प्रहरी बलको कार्यको प्रसंसा गर्दै सशस्त्र प्रहरी बल लोकतान्त्रिक एवं व्यावसायीक रहेकोमा खुसी व्यक्त गर्नुभएको थियो भने एकीकृत माओवादीका सभासदले द्वन्द्वको बेला सशस्त्र प्रहरी बलले देखाएको क्षमताको प्रसंसासमेत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा गृहमन्त्री भीमबहादुर रावलले सशस्त्र प्रहरी बल सवैको साझा रहेको तथा शान्ति सुरक्षाको लागि बल सधैं अगाडी बढ्ने बताउनुभयो ।


शान्ति सम्झौताले शान्ति सुव्यवस्था कायम गर्न आवश्यक पर्ने हतियार तथा असवाव ल्याउन कुनै रोक नलगाएको स्पष्ट पार्नुहुँदै गृहमन्त्री रावलले आवश्यक परेमा सरकारले हतियार असवाव ल्याउने र यो नियमित प्रकृया हो भनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा राज्यव्यवस्था समितिका सभापति रामनाथ ढकालले अरु देशमा पनि अर्धसैनिक प्रकृतिको संगठन रहेको स्पष्ट पार्नुहुँदै सुरक्षा फौज सधैं विधिसम्मत तरिकाले चल्नुपर्ने र सुरक्षा फौजमा राजनीतिक प्रभाव पर्न नहुने बताउनुभयो । उहाँले बलको कार्यको प्रसंसा गर्नुहुँदै बलले नागरिकको करको जिम्मेवारी पूर्वक उपयोग गरी दायित्व निर्वाह गरेको र प्राप्त सवै जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पारदर्शी र प्रभावकारी परिचालन रहेको सशस्त्र प्रहरी बललाई सहयोग गर्न समिति तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । सो समितिले बलको प्रगती र प्रभावकारीता चाहेको कुरासमेत उहाँले उल्लेख गर्नुभयो ।

प्रारम्भमा राज्यव्यवस्था समितिका सचिव मुकुन्द शर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार वस्नेतले बलको केही कार्यालयलाई भौतिक पूर्वाधारको अभाव रहेको जानकारी गराउनुहुँदै महिला व्यारेक फाइरिङ रेाज हातहतियार गोलीगठ्ठा दंगा नियन्त्रण सामाग्रीको अभाव रहको तथा परिचालनमा केही कानूनी सुधार गर्नुपर्ने जस्ता समस्याहरुसमेत राख्नु भएको थियो ।

राज्यव्यवस्था समितिले समस्याको समाधानतर्फ समितिकोतर्फबाट इमान्दारीता र गम्भिर्यताका साथ पहल गर्ने कुरा समितिका सभापति रामनाथ ढकालले त्यसअवसरमा बताउनुभयो ।

कार्यक्रममा सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानाङ्ग रविन्द्र श्रेष्ठ सामान्य प्रशासन राज्यमन्त्री जीतबहादुर दर्जी संसद सचिवालयका महासचिव राज्य व्यवस्था समितिका सचिव गृह मन्त्रालयका निमित्त सचिव राज्यव्यवस्था समितिका कर्मचारीलगाएत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।





यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi