नयाँ संबिधान बन्ने समय नजिकिदा किसानहरुको देश नेपालमा अधिकांसलाई संबिधान भनेको नै थाहा छैन । खुमलटारका किसानहरु अहिले गहँु बाली स्याहार्न ब्यस्त छन् । उनीहरु आगामी जेठमा राम्रो बाली भित्रिने कुरामा आशाबादी देखिएका छन् । तर उनीहरुले संबिधान भनेकेा धेरै पटक सुनेको भए पनि यो के हो भन्ने बिषयमा जानकारी राखेकेा पाइएन । उनीहरु मध्ये एकले त संबिधान आगामी बर्षको असारमा लगाइने धान बालीको नाम हो कि भनेर प्रश्न गरे ।
सरकारमा बस्नेहरु भने संबिधान बनाउने भन्दा बिदेस भ्रमण र स्वदेशका कार्यक्रमहरु उद्घाटन र भाषण गर्न मै ब्यस्त देखिन्छन् । सुवास नेम्वाङलाई सभासदहरुको नेता बनाइएको संबिधान बनाउन तर उनी बन्न लागेको संबिधानमा राखिनु पर्ने बिषय बस्तु भन्दा महोत्सबको उद्घाटन तथा आयोजकहरुले फुल माला पहिराएको मन पराउदा रहेछन् । उनी देश कै ठुला मानिस गनिन्छन् । तर सनिबार भने कक्षा १ सम्म मात्र पढाई भैरहेको खुमलटारको एउटा स्कुलको भवन उद्घाटन गर्न पुगे । आफ्नो नजिकको नातेदारको स्कुलमा भने आम नेपालीले पढ्ने हैसियत राख्दैनन् । सो स्कुलको मासिक शुल्क मात्रै २५ हजार रहेको छ । धनाढ्यलाई पढाउन खोलिएको स्कुलमा आधुनिक सुबिधा सम्पन्न रहेकेा छ ।
नाता गोता र आफन्तहरु कै कार्यक्रममा प्रधानमन्त्रीको हैसियत माधब नेपाल पनि दिनभर जस्तो संबिधानको कुरै नहुने कार्यक्रमहरुमा ब्यस्त हुने गरेका छन् ।
भट्टा साहूहरुसंगको चन्दामा कार्यक्रम गर्ने नेमकिपाले पनि भट्टाका मजदुरहरुलाई संबिधानको बारेमा बुझाउन कुनै कार्यक्रम राखेको छैन । भक्तपुरका भट्टाहरुमा सुदुरपश्चिमाबाट धेरै मजदुरहरुले रोजगारी पाइरहेका छन् । यी मजदुरहरुलाई पार्टीमा आकर्शित गर्न नै दाङमा राजधानी सार्ने कुरा अघि सारिएको हो ।
नेपाली कांग्रेसले भने साहु महाजनहरुलाई सभासद बनाएको छ । आम नेपालीले चाहेको संबिधान भन्दा उनीहरुले चाहे बमोजिम संबिधान बनाउने कांग्रेसको योजना हो । चुनाब अघि भोट माग्न बाहेक कांग्रेसी कार्यकर्ताहरु गाउँघरमा देखिएनन् ।
पद पाउनको लागि खोलिएका पार्टीहरुले भने संबिधानको चाहना नै राखेका छैनन् । उनीहरुको उदेश्य सत्ता र शक्ति पाउनु रहेको छ । जुनसुकै ब्यबस्था आए पनि उनीहरु टिक्न चाहन्छन् । यसको लागि उनीहरु नैतिकता बेच्न पनि पछि हट्दैनन् ।
संबिधान बनाउने एजेन्डा ल्याउने माओबादीले आफु सत्तामा नभएकोले संबिधान नचाहेको कुरा गर्न थालेको छ । संबिधानको इच्छा राख्नेले नै स्कीकार नगर्ने संबिधान बनेमा त्यो फेरी असफल हुने निश्चित छ । त्यसैले खुमलटारका किसानले भने झै गहूँ चुट्ने समयमा संबिधान बन्ने कुरामा शंका उत्पन्न भएको छ ।