;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


एसएलसी परीक्षार्थीको लागि सन्तुलित भोजन


रविन राचलिका

दश कक्षाको अन्तिम परीक्षा दिन करिब पाँच लाख बिद्यार्थीहरु तयारीमा जुटेका छन् । परिक्षाको अन्तिम घडी आइसकेकाले भने उनीहरु अरु सबै काम छोडेर पढाइमा ध्यानमग्न भएका छन् ।

केहीको भने टेस्ट परिक्षा पछिको लामो बिदाको कारण रमाइलो गर्न र खानपिनमा मन गएको देखिन्छ । यो समय भने यसरी मनोरन्जन गर्नै बेला पक्कै होइन । पुरा मन बचन र मष्टिकको प्रयोग गरी उच्चतम अंक हासिल गर्नको लागि अभ्यास र ध्यान गर्ने समय हो । यसको लागि सन्तुलित भोजन ग्रहण गर्न पनि त्यतिकै आबश्यक देखिन्छ ।

बिहान उठ्ने बितिकै नुवाइधुवाई गरी तातो चिया वा नुनचिनी पानी पिउदा पढाई गर्नको लागि एकाग्रहता बढ्छ । यसको साथमा केही मिनेट आँखा चिम्लेर परीक्षाको तयारीको बारेमा ध्यान गर्दा परीक्षामा राम्रो गर्ने हौसला मिल्छ ।

नियमित भोजनमा भने माछामासु जस्ता मांसाहारी भोजन त्याग गर्नु पर्दछ । मदिराजन्य पदार्थबाट टाढै रहनु पर्दछ । यी बस्तुहरुले दिमागलाई उत्तेजित पार्ने भएकोले परीक्षा अबधिमा यिनको स्वाद लिने कल्पना समेत गर्नु हुदैन । त्यसैगरी पिरो र अमिलोले पेटजन्य समस्या आउने सक्ने ख्याल राख्नु पर्दछ ।

दिमागलाई स्फुर्ट राख्नको लागि सकेसम्म बढी फलफुल सेवन गर्नु पर्दछ । फलफुलसंगै जुस पिउन सकेमा त झनै राम्रो हुन्छ । आर्थिक समस्या भएकाहरुले भने यसको बिकल्पमा धेरै पानी पिएर रक्तसाचारलाई कि्रयाशिल राखेर परीक्षाको तयारी गर्न सक्छन् ।

बजारमा पाइने भन्दा घर मै आफैले तयार पारेको ताजा खाना खानु पर्दछ । यसको लागि करेसाबारी भएको घरमा बस्न सकिन्छ अथवा नियमित ताजा तरकारी ल्याउने ब्यबस्था मिलाउनु पर्दछ । यसो गर्न सकेमा प्याकेटबन्दी हानिकारक खानाबाट बच्न सकिन्छ ।

तेलमा तारेको खाद्य पदार्थको सट्टामा पानीमा भिजाइएको अन्नहरु बढी उपभोग गर्नु पर्दछ । यसबाट एलर्जी लगायतका समस्या देखिदैन । सन्तुलित भोजनसंगै पर्याप्त निद्राको पनि उतिकै आबश्यक हुन्छ । राती सुत्न अघि दुध पिउदा बिहान समय मै उठ्नको लागि उर्जा प्राप्त हुन्छ ।





यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi