खेमनाथ पौडेल
यूएई
यूएईको बरदुवई स्थित एभरेष्ट ईन्टरनेश्नल होटलमा गत विहीबार मार्च ४ तारिख २०१० का दिन एनआरएन एन सी सी यूएईले आयोजना गरेको एक साहित्यिक कार्यक्रममा नेपाली साहित्यका आख्यानकार डा। धुवचन्द्र गौतम तथा गीतकार रमण घिमिरेलाई जयपृथ्वी-इब्न बतुता पुरस्कारले अभिनन्दन गरेको छ ।
एनआरएन ए एन सी सी यूएईले स्थापना गरेको उक्त पुरस्कारको रासी २५ हजार रुपैयाँ रहेको छ । उक्त पुरस्कार गौतम र घिमिरेलाई सयूक्त रुपमा प्रदान गरिएको थियो । पूर्व उद्योग राज्यमन्त्री तथा नेकपा ऐमालेका केन्द्रीय सदस्य तुल बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न उक्त साहित्कि गोष्ठिमा नेपाली दूतावासका द्धितिय सचिव लोकबहादुर पौडेल क्षेत्री एनआरएन आई सी सीका उपाध्यक्ष जिवा लामिछाने कोषाध्यक्ष रामेश्वर शाह यूएई प्रतिनीधी पिएस लिम्बु साथै यूएईमा स्थापना भएका विभिन्न संघ संस्थाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो । साहित्यिक कार्यक्रमको सभापतित्व एनआरएन ए एन सी सीका अध्यक्ष चुणामणी ढकालले गरेका थिए ।
रमण घिमिरेले नेपालबाट प्रवासीएका नेपालीहरुलाई सन्देश लिएर आएको भन्दै रचना वाचन गरी सुनाएका थिए भने उनले सन्देश सुनाएको एकैक्षणमा यूएईका साहित्यिक स्रष्टाहरुले प्रतिउत्तर दिदै नेपालमा आफन्तलाई सन्देश पुराउन अनुरोध गरेका थिए भने धुर्वचन्द्र गौतमले पनि लयमा कविता वाचन गरेका थिए ।
एनआरएन ए आई सी सीका उपाध्यक्ष जिवा लामिछानेले साहित्य कला संस्कृतिलाई विदेशमा कदर गर्ने पनि एनआरएनको उद्देश्य हो । यही उद्देश्य अनुसार एन आरएन ए एन सी सी यूएईले नेपालका दुई साहित्यकारहरुलाई दुवईमा बोलाएर सम्मान गरेको छ यो अति गर्वको कुरा हो भन्दै एनआरएन ए एन सी सीले स्थापना गरेको पुरस्कारको बारेमा प्रष्टाएका थिए । नेपाली दूतावासका द्धितिय सचिव लोक बहादुर क्षेत्री पौडेलले प्रवासको छुट्ै परिवेश र परिस्थितिमा नेपालका साहित्यकारहरुलाई सम्मान गर्ने जमर्को गरेको छ य यो सार्है आसालाग्दो र सर्हानिय कार्य हो । यस्ता कार्यक्रमहरु प्रवासमा निरन्तर रही रहोस् भन्दै मन्तब्य राखेका थिए । भने कोषाध्यक्ष रामेशवर शाहले छोटो समयमा एनआरएन यूएईले साहित्यकार खेलाडीहरु राजनितीज्ञहरुलाई सम्मान गर्दै गई रहेको छ म यस कार्यलाई सर्हानिय गर्दछु भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकोस भन्दै एनआरएन ए यूएईलाई धन्यवाद दिए ।
यूएईमा रहेका स्रष्टाहरु उमेश राई घायल यतिराज चापागाई जितेन्द्र मल्ल निमेश गिरी दिपक अधिकारी गिरधारी रिजाल ऋषिशेष पिएस लिम्बु अर्जुन दाहाल माईनस प्लस संग्रौला धनकुटे कान्छा जैकी मोजाहु हिएल शर्मा बसन्तमोहन अधिकारी लगायतले आ-आफ्ना विभिन्न विषयमा कविता तथा गजलहरु व्ााचन गरेका थिए ।
रमण घिमिरेले आयोजकलाई धन्यवाद दिदै आफुले कविता पाठ गरेको ५ मिनेट भित्रमा कविताका उत्तर आएको हुनाले यो मरुभूमि मरुभूमि होईन यो त सृजनाको मुल फुटेको जस्तो लाग्यो स्रष्टाहरुको मश्तिषकको बारुदमा सलाई कोरेको जस्तो लायो । आज यस्ता शक्तिाशाली कविताहरु सुन्न पाईयो मलाई अतिनै गौरव लाग्यो । कामको ब्यवस्ताको वावजुत पनि तपाईहरु जुन श्रृजनामा समर्पित र लालाहीत हुनु भएको छ यो अति सर्हानिय कार्य हो भन्दै यूएईमा रहेका साहित्यकारहरुलाई हौसला प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा साहित्यिक कार्यक्रमका सभापति एनआरएन ए एन सी सी यूएईका अध्यक्ष चुणामणी ढकालले यसरी प्रवासमा साहित्यकारहरुलाई बोलाएर सम्मान गर्न पाएकोमा अती गौरव लागेको बताउदै साहित्यकारहरुलाई कलम चलाउदा प्रवासीन बाध्य हुने यूवाहरुलाई सचेत र सजग हुने खालका साहित्यिक खुराहरु पनि पस्कन अनुरोध गरे । कतै देशबाट साहित्यिक विधाका अर्थात तपाईका भावी पिढीहरु सधै विदेशीने त होईनन् त्यसकारण साहित्यकारहरुले अब आउने पिढीहरुलाई प्रवासीनबाट रोक्ने खालका गित तथा साहित्यिक रचनाहरु रच्न अनुरोध गर्दै उपस्थित सबै साहित्य अनुरागीहरुलाई धन्यवाद दिदै साहित्यिक गोष्ठि समापन भएको घोषणा गरेका थिए ।
साहित्यिक कार्यक्रममा आफ्ना रचनाहरु वाचन गर्ने स्रष्टाहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने नेपालबाट आएका दुई स्रष्टालाई दोसल्ला तथा अभिनन्दन पत्र प्रदान गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम एन सी सी यूएईका महासचिव सुरेश बस्यालले साचालन गरेका थिए भने दोश्रो साहित्यिक कार्यक्रम कोषाध्यक्ष जेपी सापकोटा तथा गजलकार तथा साहित्यकार जैकी मोजाहुले साचालन गरेका थिए ।
विहीबार बेलुका कार्यक्रमको आयोजना भएको हुनाले कार्यक्रममा साहित्यिक स्रष्टाहरुको उपस्थिति कमै देखिएको थियो तर पनि कार्यक्रम अति उत्कृष्ट भएको उपस्थित स्रष्टाहरुले बताएका थिए ।