;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन    वि पी को विचार अहिले पनि सान्र्दभिक    एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा     तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड    एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु    रेडियो संचार तालिम सम्पन्न     विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै    नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन     पैसा तिर्न नसक्दा आन्द्रा निकालियो    द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश 


विवाहस्थलमा झडप हुँदा दुई जनाको मृत्यु घटनामा संलग्न रहेको आशंकामा पाँच जना पक्राउ

सिरहा

सिरहा जिल्लाको मझौलिया ६ स्थित अरनगाँउका रामपती ठाकुरको छोरीको विवाहमा नाचगान भइरहेको वेला एक्कासी गोली चल्दा दुईजनाको मृत्यु भएको छ । सो घटनाबारे जानकारी पाउनासाथ तत्कालै त्यसठाँउमा पुगेको एपीएफ टोलीले घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको मझौलिया गाविस ८ वस्ने छोटु मियाँ मोहम्मद मुस्ताब रहनी असलाम रहिन कलम मियाँ र मोहम्मद इस्रालिया छन् । एपीएफ टोलीले त्यसठाँउबाट एउटा कटुवा पेस्तोल समेत बरामद गरेको छ ।

हिजोराति करीब ११ बजेतिर भएको उक्त घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा बेस चिकना सुरक्षा बेस कल्याणपुर र मिर्चैयाबाट समेत एपीएफ टोली परिचालन भएको थियो ।

त्यसवेला एपीएफ टोलीसँग स्थानीय प्रहरीसमेत खटिएको थियो ।

विवाह घरमा नाचगान भइरहेको अवस्थामा एक्कासी भएको गोली प्रहारबाट स्थानीय मिर्चैया बस्ने दिलिप साह र विजय मालीको मृत्यु भएको छ । उहाँहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीेले बरामद हतियारसहितै आवश्यक कारवाहीको लागि तत्कालै स्थानीय प्रहरीलाई बुझाएको छ ।

एपीएफ टोलीद्वारा अवैध हतियारसहित एक जना पक्राउ ः-

नवलपरासी

नवलपरासी जिल्लाको ठुलोखैरटवा गाविस ६ स्थित पसा्र भन्ने स्थानबाट एपीएफ टोलीले अवैध हतियार गोली तथा गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको कुशीनगर घर बताउने बैजनाथ सहनीलाई एपीएफ टोलीले हिजोसाँझ एकथान १२ बोरको बन्दुक तथा एक राउण्ड गोली र २५ के।जी। गाँजासहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निजलाई अवैध हतियार तथा गाँजासहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेका निजलाई आवश्यक कारवाहीको लागि बरामद हतियार तथा गाँजासहितै स्थानीय प्रहरीलाई बुझाएको छ ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्ठ

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रसारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Designed by: Prabesh Subedi