;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन   वि पी को विचार अहिले पनि सान्र्दभिक   एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा   तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड   एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु   रेडियो संचार तालिम सम्पन्न   विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै   नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन   पैसा तिर्न नसक्दा आन्द्रा निकालियो   द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश


जूनताराहरु पनि रोएको जुनेली रातमा
-डिल्ली मल्ल

हिउँदयामको ठिहिर् याइ बुँरासेको लेक ७ग्अष्चअस ना७भ्गुसिा खुट्टाले तुषारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो । थाहा त थियो मलाई- हामी सबैलाई । एक न एकदिन जरुर छुट्टिनुपर्नेछ । पृथ्वीको भार भएपनि प्रकृतिको उपहार भए नि जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै । तर यति छिट्टै यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन ।
आखिर किन त्यसैदिन उनले थोरै भएपनि मसँग सुखदुःखका कुराकानी गरे होलान् किन काँधमा धाप मार्दै उज्वल भविष्य र सफलताको कामना गरे होलान् साँच्ची ७ग्अष्चअस भोलिको बिहान नउदाउँदै उनी सांसारिक झमेलाबाट दूर भैसक्नेछन् भन्ने थाहा भैदिएको भए………। खैर यो त फगत कल्पना मात्र हो ।
०६२ मंसिर १४ को त्यो बिहान ७ग्अष्चअस अस्थायी सेन्ट्री पोष्टकै छेऊ बाँझको बोटमुनि ओभानो ठाउँ खोजेर गफिएका थियौं हामी- थोरै गाउँघरका बारेमा अलिकति साहित्य र साँस्कृतिक आन्दोलनका बारेमा अनि केही सैन्य जीवनका दिनचर्या र प्रत्याक्रमणको दोस्रो योजनाका बारेमा । घाम उदाउनुपूर्व नै भएको त्यो भेटमा उनले मलाई धेरै हौस्याएका थिए कलम चलाइरहन प्रेरणा दिएका थिए केही सल्लाह सुझाव र निरन्तर कि्रयाशीलताको आग्रह पनि । भेटमा उनले आफ्नो भर्खरै प्रकाशित कथा संग्रह ुअभ्यस्त सिपाही७ग्बअगतभस मलाई दिने वाचा पनि गरेका थिए । तर उनीसँगको त्यो भलाकुसारीपछि अर्को बिहान नउदाउँदै उनको सहादत भयो । र सहादतसँगै उनको कृति पनि गुमनामजस्तै बनेको छ अहिलेसम्म ।
३÷४ दिनदेखि हामी बुँरासेमै थियौं- सल्यान दमाचौरको बुँरासेगाउँमा । विशाल जमघट थियो माओवादी नेता कार्यकर्ता जनसेना र साँस्कृतिक कर्मीहरुको- करीब ४ हजारको संख्यामा । कार्यक्रम थियो केन्द्रीय आधारइलाकामा कार्यरत जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनको घोषणा तथा रणनैतिक प्रत्याक्रमणको दोस्रो चरणको योजना सम्प्रेषण । ठाउँ-ठाउँमा त्रिपाल टाँगेर मेष चलाइएको थियो भने गाउँकै छेऊमा रहेको खुल्ला चौरमा ठूलो हल बनाइएको थियो- कार्यक्रमका लागि । त्रिपालले ढाकेर बनाइएको उक्त हलको माथिबाट खसु्र बाँझ र अरु स्याउलाले छोपिएको थियो- कार्यक्रम एक्सपोज हुनबाट जोगाउन र दुश्मनको सम्भावित आक्रमणबाट बच्न ।
चिसो निकै बढेको थियो । एकातिर शाहीकालको संकटलकाल- कुइरे सरकारको सहयोगप्राप्त विशेष जासुसी विमानको दिनदिनैको निगरानी हेलिकोप्टरको हवाई गस्ती अर्कोतिर पहाडको टाकुरो हिउँदयामको ठिहिर् याइमा लत्ता कपडाको अभाव । जेनतेन गाउँलेहरुको सहयोग माया ममता र स्नेह आफैले बोकेका केही कम्बल र स्लीपि७यचमास ब्याक अनि खसु्र र बाँझका पातको ओछ्यानले २÷४ रात सन्तोषपूर्वक नै बिताइयो बुँरासेमा । तर विडम्बना ७ग्अष्चअस जुन दिन हामी हिड्नु थियो त्यहाँबाट त्यही दिन अर्थात् २०६२ मंसिर १४ को त्यो साँझ ७ग्अष्चअस बडो दुर्भाग्यपूर्ण बडो दुर्दशापूर्ण र अत्यन्तै पीडादायक बन्न पुग्यो ।
भन्छन्- ुदिनको संकेत बिहानीले गर्छ ।७ग्बअगतभस त्यसदिन बिहानैदेखि निको चाला त देखिएको थिएन । अघिल्लो दिन साँझ एकैछिन बुँरासेको आकाशमा उडेको जासुसी विमान त्यसदिन बिहानै दुइटा दुच्छर हेलिकोप्टरसहित हामीलाई ओछ्यानमै भेट्ने गरी आइपुगेको थियो । बिहान दस नबज्दै जासुसी विमान र दुईवटा हेलिकोप्टरले ड_िल्स७भ्गुसिॆदेखि पाथीहाल्ना बुँरासे जथाक एवं झिम्पे लेकको जंगल क्षेत्र र आसपासको आकाशमा दसौंपटक हवाई गस्ती गरिसकेका थिए । यता बुँरासे गाउँमा भने हलभित्रको कार्यक्रम सकिइसकेको थियो र खुल्लासभामा जनमुक्ति सेनाको डिभिजन घोषणा गर्ने कार्यक्रम बाँकी थियो । आधिकारिक रुपमा बि्रगेडस्तरको सैन्य संरचनामा रहेको माओवादीले आजैदेखि देशभर पाँच वटा डिभिजनको घोषणा गर्ने कार्यक्रम थियो । जसले गर्दा शाहीकालीन दुच्छरहरुलाई ठूलो संकट र आतंक आइलागेको थियो ।
बिहान दस बजेतिर खाना खाइवरी खुलासभाका लागि कार्यक्रम स्थल सल्यान र रोल्पाको सीमाना मनिमारेतर्फ लागियो । जनसेना कार्यकर्ता र स्थानीय सर्वसाधारणको ठूलो फौज मनिमारेतिर लागिरहँदा आकाशमा जासुसी विमान र हेलिकोप्टरको हवाई गस्ती जारी थियो । स-साना खसु्र गुराँस र बाँझका बुट्यानहरुको पातलो जंगलमा त्यति धेरै मान्छेहरु चाहेर पनि छिप्न सक्ने अवस्था थिएन । हामी जति मनिमारेको नजिक पुग्दै थियौं हेलिकोप्टर र विमान हाम्रो थाप्लै माथि-माथि पो उड्न थाले । हुँदाहुँदा कार्यक्रमस्थल नजिकको टाकुरामै हेलिकोप्टर ल्याण्ड गर्न खोजेपछि जनसेनाले आक्रमण गरिहाल्यो । जनसेनाको आक्रमणबाट क्षतिग्रस्त हेलिकोप्टर हतार-हतारमा सल्यान खलंगातिर हुँइकियो । बाँकी लडाकु हेलि र जासुस विमान पनि एकैपटक पत्तासाफ भए । दुश्मनको हवाई गस्ती र जनसेनाको जवाफी आक्रमणपछिको स्थितिको मूल्या७क्ष्बअगतभसन गर्दै कमाण्डर र नेतृत्वले तत्कालै दिउँसो ११ बजे गर्ने भनिएको कार्यक्रम साँझ ३ बजे गर्ने निर्णय गरी सबैलाई उच्च सतर्कताका साथ जंगल टाकुरा र घरभित्र बस्न निर्देशन जारी गरे ।
दिउँसो ३ बजेतिर चारैतिरबाट मनिमारेको फिल्डमा जनसेनाहरुको ओइरो लाग्ने क्रम शुरु भइसकेको थियो । कमिलाको ताँतीजस्तै निस्किएको जनसेनाहरुको लहरले एकैछिनमा मनिमारेको चौर पूरै भरियो । र कार्यक्रम शुरु भयो । जनसेनाहरुलाई रोलकल गराउँदै डिभिजन कमाण्डर किमबहादुर थापा ुसुनिल७ग्बअगतभसले पाँचौं डिभिजनको विधिवत् घोषणा गर्नुभयो । कार्यक्रममा तत्कालिन केन्द्रीय आधारइलाका
राप्ती क्षेत्रका ईन्चार्ज नेत्रविक्रम चन्द ुविप्लव७ग्बअगतभस जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ुपासा७यचमास७ग्बअगतभस तत्कालिन पाँचौं डिभिजनका राजनैतिक कमिस्नर हेमन्तप्रकाश ओली ुसुदर्शन७ग्बअगतभसलगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अबेर शुरु भएकोले चिसो बढिसकेको थियो । तैपनि पहिलोपटक डिभिजनस्तरको फर्मेशन घोषणा गर्न पाउँदाको गर्व जोश जाँगर र उत्साहले चिसोको पर्वाह नै नगरेको जस्तो भान हुन्थ्यो । आधारइलाकामा कार्यरत प्रतिरोध साँस्कृतिक परिवारका कलाकारहरुको क्रान्तिकारी र विद्रोही भावका गीतसंगीत एवं डिभिजन कमाण्डर सुनिलको जोडदार कासन अनि युवा नेता विप्लवको सान्दार भाषणले सायद जनसेनाका प्रत्येक सदस्यहरुको नसा-नसामा रक्तप्रवाह तीव्र भइरहेको थियो ।
बिस्तारै सूर्य हराउन खोज्दै थिए- पश्चिमी क्षितिजमा । सम्मुखमै उभिएको जथाक र पारि-पारि क्षितिजमा आकाशै छोएझैं देखिने सिस्ने च्याखुरे रमका र बल्लजुरे हिमालमा थोरै मात्र रातो घाम बाँकी थियो । नीलो आकाशमा अब त घामका राता किरणहरु प्रष्टै देखिन थालिसकेका थिए । गोधूली साँझको पश्चिमी क्षितिज झन् रातो देखिन्थ्यो । सायद घडिमा त्यस्तै ५ बजेको हुनुपर्छ । यता कार्यक्रम चलिरहेको थियो- माचमा जनसेनाका डेपुटी कमाण्डर पासा७यचमास बोलिरहनुभएको थियो । एक्कासी मनिमारेको आकाशमा जासुसी विमान देखियो सँगसँगै फाइटर हेलि पनि । बिहान जनसेनाको आक्रमणपछि पत्तासाफ भएको विमान एकैपटक साँझ पो देखियो । आकाशमा विमान र हेलिले चक्कर काट्न थालेपछि आक्रमण गर्ने करिब-करिब निश्चितजस्तै भइसकेको थियो । दुश्मनले विमान र हेलिबीच एकआपसमा कुरा गरेको हामीले रेडियो सेटमा स्पष्टसँग सुनिरहेका थियौं । विमानबाट हेलिलाई बारम्बार ुछिटो आक्रमण गर७ग्बअगतभस भनेर निर्देशन दिइरहेको थियो भने हेलिबाट ुख्वैं कहाँ छन् त्यहाँ चौरमा त रातो झण्डाबाहेक केही छैन७ग्बअगतभस भनिरहेको थियो । दुश्मनको योजना खुलिसकेपछि डिभिजन कमाण्डर सुनिलले सबैलाई आ-आपुनो आर्क र जंगलतिर जान निर्देशन दिनुभयो र जनसेनाहरु निर्देशनबमोजिम आ-आपुनो आर्क र जंगलतिर दौडिए । माचमा केही साथीहरु सामान राख्दै हुनुहुन्थ्यो त्यत्तिखेरै हेलिले एचएमजी जीपीएमजी मोर्टारलगायतका अत्याधुनिक हतियारबाट अन्धाधुन्ध हमला गरिहाल्यो । एकैछिन अघिसम्म शान्त मनिमारे बुँरासे जथाक र आसपासको क्षेत्र बमगोलाको गर्जनले थर्किन थाल्यो । त्यसपछिको स्थिति ख्वैं मैले कसरी लेखुँ
अरु कता-कता दौडिए के-के सामान लिएर गए थाहा नै भएन । आफू त झोला र मेण्डुलियन बोकेर व्यानर तान्दै थिए छेऊमै गोलीले धूलो उडाउन थाल्यो त्यसपछि जंगलतिर टाप कसें । बडो विडम्बना त यो भयो कि साथमा भिडियो क्यामेरा हुँदाहुँदै हवाई हमलाको दृश्य लिन सकिएन । कारण- ब्याट्रीको चार्ज सकिएको थियो । हुन त ब्याट्री चार्ज गर्नलाई हामी विद्युत् सुविधा भएको ठाउँमा कहिल्यै जान पाएनौं जाने अवस्था थिएन । एउटा मात्रै ब्याट्री सधैं सोलार ब्याट्रीबाट चार्ज गर्ने हो त्यो पनि जहाँतहीं आजभोलिको जस्तो सम्भव थिएन । त्यसदिन झनै चार्ज गर्न नै पाइएको थिएन ।
एकतर्फी हवाई हमला जारी थियो । केही जनसेनाका साथीहरु र हामी चौरदेखि त्यस्तै डेढ सय मिटर तल स-साना बुट्यान र झाडीमुनि घुसि्रएर बसेका थियौं । बाँझ र खसु्रका पातले गोली त छल्दैनथे । तर हामी कस्ता हुस्सु ७ग्अष्चअस त्यही दृष्टिकभरमा लुकेर सुरक्षित ठानिरहेका थियौं । र अरुलाई के भयो भनेर चिन्ता गरिरहेका थियौं । करिब २० मिनेटजतिको लगातार हमलापछि विमान र हेलि दुवै फर्किए । उनीहरुको फर्काईसँगै एकमनले ढुक्क हुँदै झाडीबाट त बाहिर निस्कियौं तर कसलाई के भयो भन्ने भयानक सन्त्रास आशंका र चिन्ताले छट्पटाउँदै हतार-हतार पहिलेकै फिल्डमा आइयो । त्यसपछि…॥
हामी चौरमा निस्किदै गर्दा कोही रोएको आवाज सुनियो । चौरको डिलबाट देख्यौं- चार÷पाँच जना साथीहरुले कसैलाई उचालेर जंगलतिर लिदै थिए । पछि कसैले यतिमात्र भन्यो- ुडिभिजन कमाण्डर क।सुनिललाई टाउकोमा गोली लागेको छ ।७ग्बअगतभस उसको बोलीमा धर्मराहट थियो त्यो भन्दा बढी सन्त्रस्त थिए उसका आँखाहरु । लाग्थ्यो- ुकमाण्डर कमरेड सायद अब बाँच्नुहुने छैन ।७ग्बअगतभस उसका आँखाहरु यस्तै बोलिरहेका थिए ।
हामी जति थियौं चौरमा- त्यस्तै ४÷५ जना । सन्त्रस्त भयभीत र आतंकित आँखाले एक अर्कालाई हेर्नुसिवाय अरु केही बोल्न नै सकेनौं । एउटा भयानक सन्त्रास कमाण्डर कमरेडको सम्भावित सहादतको आतंकले आधा चेत नै गुमेजस्तो भयो ।
अब त अँध्यारो भइसकेको थियो- गाढा रातो गोधूली साँझको पश्चिमी क्षितिजबाहेक । नजिककै साथीको अनुहार ठम्याउन पनि नसकिने बेला भइसकेको थियो । अलि-अलि गर्दै तितरवितर भएको टोली चौरमा जम्मा हुन थाल्यो । अस्पष्ट अपुष्ट खबरले सबैतिर आतंकित बनाइरहेको थियो खासखुस चलिरह्यो- करिब १५÷२० मिनेटजति । केही समयपछि तल जंगलको छेऊबाट आएको चर्को रुवाई र कोलाहलले मुटु नै छेडेर गयो । त्यतिाजेलसम्मको सन्त्रास भय र आतंक यथार्थतामा पुष्टि भइसकेको थियो । डिभिजन घोषणा भएकै दिन पाँचौं डिभिजनले कमाण्डर गुमाएर टुहुरो भइसकेछ । कमाण्डर क।सुनिलको सहादत भइसकेछ । त्यतिखेरै अर्को सनसनी फैलियो चौरमा- वटालियन सहायक कमाण्डर क।निर्ममको पनि सहादत भयो । कसैले सुनाउँदै थियो अरु कमरेडहरुलाई- तल खोलामा पछाडिबाट लागेको गोलीले उत्तिबेलै निर्ममजीको पनि सहादत ………॥ । मैले शब्दमा लेख्न सक्तिन शोकाकूल परिवेशको त्यो सघन अनुभूति । पूरै स्तब्धता र शोकमा डुबेको त्यो विशाल फौजको असीमित पीडा ।
जनमुक्ति अभियानका राता सिपाहीको त्यो विशाल फौज फेरि पनि मनिमारेको त्यही चौरमा जम्मा भएको छ- बिल्कुलै फरक परिवेशमा । दिउँसोको त्यो उत्साह खुसीयाली र हर्षोल्लास पूरै फेरिएको छ- स्तब्धता भयानक सन्त्रास र वर्गवैरीप्रतिको तीव्र घृणा एवं आक्रोशमा ।
रात क्रमशः बितिरहेछ- सँगसँगै बढिरहेछ हिउँदयामको ठिहिर् याइ पनि । जूनको धिमा प्रकाश धर्तीमा असरल्ल पोखिएको छ । लाग्छ जून पनि रोइरहेछ । र रोइरहेछन् लाखौंलाख ताराहरु पनि- क्रान्तियात्राका दुई धु्रवताराको आकस्मिक मृत्युवरणमा । पूर्वी क्षितिजमा लस्करै देखिन्छन् काला-काला ढिस्काहरुझैं सिस्ने च्याखुरे रमका र बल्लजुरेहरु- लाग्छ वीरहरुको बलिदानीमा उनीहरु पनि शोकमग्न भई मौनधारण गरिरहेछन् । हिउँदयामको ठिहिर् याइ चिसो-चिसो सिरेटो र शरीरै भिजाउने शीतलहर पनि निष्प्रभावी भइरहेछ- वियोगको यो सघन पीडाबीच । जून पनि रोएको यो जूनेली रातमा काला-काला देखिने सयौं मानवाकृतिले मनिमारे पूरै ढाकिएको छ । झुण्ड-झुण्डबाट सुक्क-सुक्कसँगै निस्किएको हृदय विदारक चित्कार र टाढा कतै भुकिरहेका कुकुरको मधुरो भुकाईबाहेक सुनसान- पूरै सुनसान छ चारैतिर । पूरै निस्तब्धता पूरै शोकाकूल छ परिवेश । लाग्छ पीडाको यस घडि हावा पनि शोकमग्न भई मन्द-मन्द बहिरहेछ ।
उनीहरु- क्रान्तियात्राका बहादुर सिपाहीहरु क।सुनिल क।निर्मम हँसिया हथौडाअंकित रातो झण्डा ओढेर चुपचाप सुतिरहेछन्- चीर निन्द्रामा । दिनभर सुदूर भविष्यको लक्ष्य देखाउँदै हेरिरहेका आँखाहरु अहिले पूरै एकोहोरिएका छन् टोलाइरहेका छन् अहँ कहिल्यै नचिम्लिने गरी । हाँस्दै रमाउँदै हल्लिरहने ओठहरु मौन छन् स्थीर छन्- पूरै मौन पूरै अविचल ।
मान्छे भएर जन्म लिइसकेपछि मन मुटु र मानवता बोक्नै पर्दोरहेछ- नचाहेर पनि । अनि विछोडमा रुँदोरहेछ मन घोच्दोरहेछ मुटु र दुख्दोरहेछ मानवता । तर खै के गर्नु र निष्ठूर समयको नियतिसँग जतिसुकै पीडाको पहाडले थिचेपनि साँच्ची ७ग्अष्चअस युद्धको यो अपरिहार्यता बाध्यता निर्ममता र नियति सहनै पर्दोरहेछ- आशावादले बाँधेर मन । ………॥जबर्जस्त सह्यौं त्यसैगरी ।
र त्यसपछि………
जूनको त्यो धिमा प्रकाशमा ती ओजस्वी वीरहरुका अविचल शरीरलाई आपुनै हातले उचाल्यौं । र अन्तिम सलामीसहित मनिमारेकै माटोमुनि छोडेर गन्तव्यका लागि बाटो लाग्यौं- असह्य पीडा गह्रौं जिम्मेवारी र वर्गवैरीप्रतिको तीव्र घृणा अनि आक्रोश बोकेर ।
अन्तिम गन्तव्यका निम्ति थालिएको त्यो महान् यात्रा अझैं जारी छ



यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi