;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन   वि पी को विचार अहिले पनि सान्र्दभिक   एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा   तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड   एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु   रेडियो संचार तालिम सम्पन्न   विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै   नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन   पैसा तिर्न नसक्दा आन्द्रा निकालियो   द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश


नभन्नी कुरा ! (पत्र-साहित्य)
-होमनाथ सुवेदी
१०;०६;०८६



होमनाथ सुवेदीको पत्र-साहित्यको मालाको रुपमा प्रकाशन गर्दै जाने क्रममा यी पत्रहरु क्रमशः प्रकाशन गरिएको छ -सम्पादक


श्रीपूज्य पिता हरिलाल उपाध्यायज्यू

हार्दिक दण्डवत् सेवा


कुशल छु र कुशलताको कामना गर्दछु ।

विशेष घर बनाउनको लागि अझै थप रकम चाहियो भन्ने खबर आएकोले १०;०४;८६ को दिन पुरुषोत्तम सुवेदीको नाममा हजुरको ठेगानामा युएस्डलर ५०००।०० को ड्राफ्ट पठाइदिएको छु । पुरुषोत्तमको नाममा ड्राफ्ट पठाइएको चािहं उनलाई पनि व्यवहारमा सरिक गराउनको लागि मात्र हो । अरु तजबिज सबै हजुरले नै मिलाइदिनुपर्छ । पुरु मलाई सानै लाग्छन् । आत्मज भएर पनि होला । छोरो जति ठूलो भए पनि बाबुको लागि त सानै हुन्छ नि बुबा हैन र म के हजुरको लागि ठूलो देखिन्छु र मेरो लागि पुरु पनि उस्तै हुन् । यी सामाजिक मर्यादाका अलिखित कडा कानून हुन् । पालन गरिएन भने त्यसको दण्ड स्वयम्ले स्वयम्लाई दिइरहेको हुन्छ । भोक्ता व्यक्तिलाई थाहा पनि हुदैन । अपराधभावना नभएको मान्छेलाई समाजले पनि घृणा गरिरहेको हुन्छ । बाबु सदा ठूलो हुन्छ । म हजुरको लागि सानै हुँ र मलाई हजुरले सानै देखेर संरक्षण दिइरहनुपर्छ । म त्यही आशीर्वाद चाहन्छु । हजुरको मेरो जे भएपनि अब हजुरको जेठो नाति पुरु पनि अब क्याम्पस जान थालेपछि त अलिकति बुझ्ने पनि भएका होलान् पक्कै । तैपनि म सानै देख्छु । कहिले कहिले सही देखिन्छ वा बेसही देखिन्छ थाहा हुदैन । हुन त सोह्र पुगेका छैनन् । सोह्र पुगेपछि त पुत्रलाई पुत्र नसंझेर मित्र संझनु भन्ने नीति शास्त्रमा उल्लेख छ । गल्ती हुन पनि सक्छ । यो मायामोह हो । झन्डै एक महीना अगाडि शिवप्रसाद सत्यालजीको घरमा बोलाई बुबाज्यू पुरुषोत्तम र सत्यालजीसित कुराकानी भयो । त्यसदिन बुबा र पुरुको बोली सुनेर यो मनमा धेरै शान्ति भयो । मैले छोरालाई ुआइ लव यु!ु भनेर फोन राख्न थालेंछु र नन्दासंग कुरा गर्न थाल्दा उनले भनिन् । छोरालाई के ुआइ लभ यु !ु भनेको नि ! के ऊ अझै बालक छ र ऊ कलेज गैराुछ अनि सबै व्यवहार उसैले चलाएको त छ नि! उमेरले सानै भएर के भो त । त्यस्तो सानो न देख्नुहोस् है । काम जति यहाँ सबै छोराले दुःख पाएर गर्ने तपाईले जसभने अरुलाई दिनुहुन्छ कि के हो ! यसो भनेकी थिइन् अनि म झस्किएको थिएँ । असौजमा आँखा फुटेको गोरुले सँधै हरियो देख्छ भने जस्तै मैले पनि पुरुलाई म अमेरिका आउँदा जति सानो शिशु छोडेर आएको थिएँ त्यति नै सानु शिशु म देख्दो रहेछु । बुबा ! अब पुरुलाई घर व्यापारको काम जिम्मा न दिनु त हाम्रो गैह्रजिम्मेवारीको काम हुन्छ । बुबा ! हजुरले नै मलाई पचासचोटी भन्नुहुन्थ्यो तिखारेका छोरा मात्र काम लाग्छन् । हुन पनि बुबा! हजुर आफैले आपुू बाह्र वर्ष हुँदादेखि जिम्बावाली मुख्येली चलाएर आउनुभएको हो । त्यसको रिसले कतिले कति मुद्दा हाले पनि न दबेर सबलाई हराएर आफ्नो खोलाको राजै बन्नुभाथ्यो भने तपाईकै नाति अब १५ वर्ष पुगिसक्दा पनि व्यबहार न सुप्पनु त व्यवहार र छोरा बिगार्नु मात्रै हो । हुन त पुरुकै भनाइ अनुसार पनि ुऐले घर बनाउने काम र पढाइ समान्तर रुपमा थामिरहेको छु भन्ने छ । आमाको कुरै न गरौं । आमाले त जहिले पनि आफ्नै छोराले मात्र संसार जितेको देख्छन् भने नन्दाले पुरुलाई होनहार छन् भनेर सिफारिस न गर्ने कुरै भएन । आमाहरु त धन्य हुन् ! यी कुरा सुनाएर छोरालाई हस्काउन पनि हुन्न । जति गरे पनि पुगेन भन्नाले अझ बढी गर्नुपर्ने आवश्यकताको बोध हुन्छ र मर्द छोरो त्यो पूरा गर्न कमर कसेर अगाडि बढ्छ र मात्र उसको प्रगति हुन्छ । हजुर र हाम्रो मन प्रशन्न हुन्छ । कुलमा बत्ती बल्छ । आमालाई शान्ति मिल्छ । यस्तै छोरा सबैका बनेभने हुने त हो नि हाम्रो समाज राम्रो । देश र देशान्तर राम्रो देशपारिको परिवार डायास्पोरा हाम्रो । बुबाको जिन्दगी समाज सेबामा बितेको छ । यो परिवार पनि समाजको एक पाटो हो । हरएकले यस कुरालाई ध्यान दिनुपर्ने हो तर यहाँ त म नै दूरदेशमा आफै निर्वासित छु । के गर्ने ! छोराछोरी कहिले ठूला हुन्छन् र बाबुको िबंडो थाम्छन् भन्ने भैरहने ! यही भएर होला उत्तराधिकारीको महिमा र वारेस जन्माउन चाहना अनि विनापुत्र पिताले मुक्ति पाउँदैन भनेको । तर अझै सेतु न आई केही हुन्न । पैसा सापट उनले लगेका छन् । केही मागेर पठाएको छु । जेनतेन घर बनाउँदै गरौं । म यस्तै अप्टारोमा छु यो देशदेशान्तरमा ।

देशान्तर वा आप्रवास डायास्पोरामा शरशयुको जीवन कहिले टुङ्गिने हो ! लाग्छ यो कहिल्यै टुङ्गिदैन बरु यसैमा चित्त बुझाउने बाटो खोज्नुपर्छ कि ! परिवार टुकि्रएला भन्ने न राम्रो सङ्कट बोधचािहं छ जसले गर्दा आजसम्म कम्तीमा भेट नभए पनि आपसमा सदाशयचाहिँ ढलपलाउन दिएको छैन जस्तो लाग्छ । सायद प्रेम भन्ने अर्को कुनै वस्तु छैन । खालि यस्तो आस्था र विश्वासको एकपुाजमात्र हो कि जस्तो लाग्छ । वास्तवमा मेरो जस्तो जीवन कसको होला । सबै भएर पनि कहीं पनि नहुनुचािहं नभएर हुने पीडा भन्दा कता कता बढी मर्माहत हुदो रहेछ । त्यसको उल्काबोधचािहं भएको छ । यति भएर पनि अझै फर्किनेतिर कुनै कदम चाल्न सकेको छैन । बाटाहरु सबै द्वार खोलेर नबसेका होइनन् तर मलाई लाग्छ ुम नै ती द्वारभित्र पसेर भित्र त पसिन्न करेसामै निक्लने हो ।ु त्यो पनि मैले कहिल्यै चाहेको छैन अनि म यो सङ्कटबाट मुक्त नहुनु पनि कुनै अस्वाभाविक चाहि होइन । यहाँ स्वाभाविकता नै संकटमा छ त यसैलाई हतियार न बनाएर के गर्ने त्यसैले भन्छु-जबतक म स्वेच्छया कुनै पनि सङ्कटलाई स्वीकार्दिनँ तबतक म यो अन्योलको पर्यावरणबाट स्वतन्त्र हुन सक्दिनँ । झन त्यो घर बनाउने कामले त अरुतिरका सबै काम हाललाई स्थगित गर्नुपरेको छ । हेरौँ घर सकियोस् ।

हुन त यो सकिने हैन अझ बन्ने हो । यो बन्ने क्रम यो लोक न छोडेसम्म चलिरहन्छ । यसैमा सद्भाव टिकेको छ । बच्चाबच्चीको सुख दुःख हेरविचार गर्नु भएकै छ । अझै आवश्यकता अनुरुप सहयोग थप्दै गर्नुहुनेछ । नातिनातिना यस्ता थैला हुन् जति गरे पनि ती मायाले कहिल्यै भरिन्नन् । सन्तानको लागि बाबुआमाको छातीभरी जहिले पनि भरी भकारी हुन्छ । केही समय उनीहरुको सेवामा ध्यान दिनुभो भने सायद त्यसपछि त म चाँडै नै देश फर्कने कुनै बाटो अपनाउँला । लाग्छ- त्यसै फर्कनु भन्दा एक दिन नतिरी नहुने ऋणको रकम तिरेरै भए पनि फर्कनै पर्ला । तर भर्खर हैन । समय लाग्छ । दशैँ नजिकै होला । मनभए पनि राम्ररी मनाउनुहोला । मेरो तर्फबाट ु२०४३ को विजयाको शुभ अवसरमा सानु ममी ताहचल ठूलबुबा ममी अरु भाइ बहिनीहरु यता पुरुषोत्तम प्रकाश सबैलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छु भनिदिनुहोला । पुत्रको कर्तव्य गर्नमा तन मन र वचनले केही गल्ती भएको भए क्षमा गर्नुहोला । देशान्तरबाट हतारमा यो चिठी लेखें । कुरा पूरा लेख्न पाइन । पुगे पनि न पुगे पनि अर्को पत्र चाँडै लेख्छु । विजयाको स्मृतिसहित आशीर्वादाभिलाशी छु ।


पुत्र

होमनाथ सुवेदी

वुडबि्रज भर्जिनिया

१०;०६;०८६




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi