;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ   अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच   पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध   बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन   विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।   मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत   Tihar Celebration 2010 Montgomery County, Maryland   दरवारमा बिज्ञापन दलालको चलखेल जारी   Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia   नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई


हाम्रो संस्कृति हाम्रो मान सबै मिली गरौ यस्को सम्मान;
-विष्णु कुमारी गुरुंग्ा
हाम्रो संस्कृति हाम्रो मान सबै मिली गरौ यस्को सम्मान;


हाम्रो संस्कृति हाम्रो पहिचान

यो हो हाम्रो राष्ट्रियताको निशान

गरौ यस्को सबमिली संरक्षन




आफनो पुर्खाले बर्षौदेखि मान्दै आएको गर्दै आएको सामाजिक कृयाकलाप र परिवेशनै संस्कृतिको पहिचान हो । हरेक मानिस एउटा संस्कृतिको परिवेशमा हुर्कन्छ आखिर यहिनै उस्को पहिचान पनि हो । नेपाल सानो देश भएरपनि हजारौ संस्कृतिको धनी देश हो । यो हामी नेपलीले आफैमा गर्व गर्नसक्ने कुरा हो तर यसलाई विश्वसामु चिनाउन नसक्नु हाम्रो कमजोरी हो त्यसो भएमा यसले अवस्य केहि र्दुभाग्य निम्ताउछ यो सारै दुख्ा लाग्दो कुरा हो ।

तमु ल्होछारको संदर्भमा हाम्रो समाजडट नेटका संस्थापक तथा प्रधान सम्पादक धु्रव थापाले गरेको योगदान र ल्होछार कार्यक्रमलाई अमेरिकन क्रोनिकल देखि विभिन्न अनलाईन तथा पि्रन्ट मिडियाहरुमा लेख प्रकासन गरेर उत्तरी क्यालिफोर्नियाको तमु समाजलाई चिनाउन जुन सहयोग गरेको छ त्यस्ले हामीसबैलाई हौशला प्रदान गरेको यहाँहरु समक्ष राख्न चाहन्छु । त्यसैगरि मनी नेपाली र शेखर ढुंगेलद्धारा प्रकाशित अंग्रेजी र नेपाली लेख रचनाहरुले अझ सुनमा शुगन्ध थपेको छ । वहाँहरुको लेखमा गुरुंग जातिको संस्कृति भाषाचाड पर्व तथा ऐतिहासिक कार्यहरुको उल्लेख गरिएको छ जुन लेख रचनाहरुले मेरोपनि आत्माबल बडेको अनुभुति भएको छ ।

त्यस्तै विश्व भरि छरिएर बसेका कैयो साथीहरुब्ााट आफनो संस्कृतिको संरक्षण गर्ने प्रयासलाई प्रशंसा गरेको पाए साथै विगतका ल्होसार कार्यक्रमहरुमापनि धेरै स्थानिय साथीहरुको सहयोग र उपश्थितिले होस्टे मा हैसेपाएर हाम्रौ हौशला र साहस बढेको छ भन्दा केहि अतियुक्ति नहोला ।

हामी नेपाली स्वभावलेनै प्रकृति प्रेमि सहयोगी रमाईलो गर्ने आफनोपनमा रमाउने र संस्कृति प्रेमीपनि हौ भन्ने कुराको यो ज्वलन्त उदाहरणपनि हो ।

कुनै पनि कुराको शुरुवात त्यस्को विउ रोपेर मात्र हुन्छ अनि त्यस्लाई हुर्काउन कति लामो समयसम्म रेखदेख गर्नुपर्छ। आफनो पुर्खाले हुर्काईदिएर फल खान हामीलाई दिएको यो हाम्रो धरोहरलाई हामीले संरक्षण गर्न नसकेमा आउदो दिनहरुमा हाम्र्र्रै संन्तानले धिक्कार्ने छ र पुर्खाले सराप्ने छ । हामीले आफनो अश्तित्व गुमाए यो कदापि मागेर वा किनेर पाईनेछैन यसैले हामीले आफनो संस्कृति विश्वको कुनैपनि कुनामा बसेतापनि भुल्नु हुदैन र यस्को जर्गेना गर्ने कार्यमा तपाई हामी सब एक भएर लाग्नुपर्ने छ । यहिनै हाम्रो बुद्धिमानी हो र यहिनै हाम्रो अश्तित्वको संरक्षणहो किनकी हामी विविध भाषा संस्कृति र सम्पदाले धनी नेपाली हौ र हामी सबैलाई नेपालीहुनुमा गर्व हुनुपर्नेछ । नेपालको कुनैपनि संस्कृति नेपाल आमाको गहनाहो यो अनमोल सम्पदाको संरक्षणको दायित्व तपाई हाम्रो काँदमा छ र यो हामीले एकजुट भएर फुटेर हैन जुटेर आफनो धर्म निर्वाह गनुपर्छ ।


तमु भेषभुषामा सजिएर यहि आउदो ल्होसार पर्वमा सालैजु सोरठीघाट कौडा जस्ता पौरानिक र सास्कृतिक गुरुंग नृत्यहरु विदेशमै बसेर भएपनि आफनो अगाडी हेर्न पाउनु यो हामी सबै नेपलीको सौभाग्य हैन र अनि यसपालाको ल्होसारमा उत्तरी क्यालिफोर्निया तमु समाजले केहि यस्ता ब्यक्तिहरुलाई सम्मान गर्दै छ जो विदेशी भुमिमापनि नेपाली समाजलाई अविश्मरणीय योगदान पुर्याउनु भएको छ । साथै यस बर्षको ल्होसार कार्यक्रमबाट संकलन भएको २० प्रतिशत रकम नेपालको अनाथ बाल बालिकाहरुलाई प्रदानगरिने जानकारी यहाँहरुलाई राख्न चाहन्छौ । त्यसैले सबैको सहयोग र योगदानको अपेक्षा राख्दै आउदो तमु ल्होसारको उपलक्ष्यमा यहाँहरुलाई अगि्रम शुभकामना दिदै ल्होसार साँझमा यहाँहरुलाई तमु समाजको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।

आउनुहोस सबै मिली संास्कृतिक वातावारणमा रमाइलो गरौ समाजमा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गरौ साथै नेपाल आमा र नेपाल आमाको काखमा हुर्कदै गरेका अनाथ बाल बालिकाहरुलाई असायहरुलाई विदेशमै बसेर भएपनि माया र सहयोग गरौ ।


सबै मिली एक स्वरमा भनौ ँहाम्रो संस्कृति हाम्रो मान सबै मिली गरौ यस्को सम्मान; ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi