झलनाथजी, शान्ति प्रकि्रया भाँड्न खोजेकै हो ? -मानबहादुर मल्ल "संघर्ष"
आम जनताको चाहना दिगो शान्ति हो शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउने अविभारा राजनीतिक नेतृत्वको हो । जसका लागि नयाँ संविधान निर्माण सेना समायोजन राष्ट्रिय स्वाधीनताको रक्षा नागरिक सर्वोच्चताको बहाली र राष्ट्रिय सहमतिको सरकार अहिलेको अपरिहार्यता हो । यी उपर्युक्त सर्तहरु पूरा गरेर नै एकीकृत ने।s।पा। माओवादीले वर्तमान संकटको निकास खोजेको छ । वर्तमान संकटका यी मुलभूत प्रश्नहरुले मूर्त रुप लिन खोज्दै गर्दा वर्तमान असंवैधानिक सरकारको नेतृत्व गरेको नेकपा एमालेद्वारा देशभर हत्या िहंसा दमन र धरपकड शुरु गरेर शान्ति प्रकि्रयालाई बिथोल्ने दुश्प्रयास गरिदैछ । संविधान सभा विघटन गर्ने देशमा फेरि पनि द्वन्द्व चर्काएर माओवादीलाई जंगल लखेट्ने चालबाजी हुँदैछ । यसको पछिल्लो सबुत प्रमाण हो- सल्यानको लुहापिङ घटना ।
कसरी घट्यो लुहापिङ घटना
गत मंसिर २३ गते संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालद्वारा घोषित तेस्रो चरणको जनआन्दोलनका कार्यक्रमअन्तर्गत वाईसीएल सल्यान र गणतान्त्रिक खेलकुद महासंघ सल्यानको संयुक्त आयोजनामा लोकपि्रय युवा स्वरोजगार कार्यक्रमलाई लागू गराउन दबाब दिने उद्देश्यले कोष तथा लेखा नियन्त्रण कार्यालय घेराऊ थियो । सोही दिन नेकपा एमाले सल्यानको छैठौं जिल्ला अधिवेशनको बन्द सत्र सल्यान क्याम्पस प्राङ्गणमा चलिरहेको थियो । सल्यान खलंगा वरपरका इलाकाहरुबाट वाईसीएल खेलकूदप्रेमी प्रगतिशील युवाहरु र जनसमुदायहरुको व्यापक उपस्थितिमा दिउँसो १२ देखि २ बजेसम्म कोलेनिका घेराऊ कार्यक्रम सम्पन्न भयो । त्यसपछि कोलेनिका घेराऊ कार्यक्रमको औचित्य पुष्टि गर्न मार्चपाससहित दिउँसो ३ बजे खलंगा बसपार्कमा कोणसभा गरियो । घेराऊ कार्यक्रम भव्य र शान्तिपूर्वक सम्पन्न भइसकेपछि साढे तीन बजे सहभागीहरुलाई चारवटा बसमा आ-आफ्नो इलाका र घर जानका लागि खलंगा बसपार्कबाट श्रीनगरतिर पठाइयो । मोटरबाटो एमाले बन्द सत्रस्थल सल्यान क्याम्पस प्राङ्गणको लुहापिङ मैदानकै छेऊबाट थियो । तीनओटा बसले लुहापिङ काटिसकेपछि अन्तिम बस जब लुहापिङ नजिकै पुगेको थियो युथफोस्रका केही लठैतहरुले बिनाकारण लुहापिङ मैदानको डिलबाट बसमाथि ढुङ्गा प्रहार गरी आक्रमण गरे । उनीहरुको ढुङ्गा प्रहारबाट छतमा बसेका केही वाईसीएल कार्यकर्ता घाइते हुनुका साथै गाडी पनि तोडफोड भयो । त्यसपछि ढुङ्गा किन हानियो यो राजनैतिक संस्कार भएन यसो नगरौं भनेर बिनम्रतापूर्वक अनुरोध गर्दा उल्टै एमालेका जिल्लास्तरीय नेताहरुले महिलाहरुप्रति समेत अश्लील व्यवहार गरे । होहल्ला भएपछि बन्द सत्रमा बसेका अरु नेता कार्यकर्ताहरु पनि घटनास्थलमा आई स्थिति सहज बनाउनुको सट्टा आक्रमणलाई तेज पार्ने काम गरे । त्यसपछि एमालेको सुनियोजित र बर्बर आक्रमणको प्रतिरक्षात्मक जवाफी हमला गर्न वाईसीएल बाध्य भएको यथार्थ हो । करिब १५ मिनेटजतिको दोहोरो झडपमा दुवैतर्फका नेता कार्यकर्ताहरु घाइते भएको यथार्थता हाम्रा सामू छर्लङ्गै छ । लुहापिङ घटनाको उपयुक्त विवरण प्रत्यक्षदर्शी खलंगाबासी जनता स्थानीय प्रशासन पत्रकार र आत्मैदेखि नढाँटीकन समीक्षा गर्ने हो भने भीडन्तमा सहभागी दुवैतर्फका सहभागी साँछी छौं ।
लुहापिङ घटनापछि के भयो
घटनाको करिब २० मिनेटभित्रै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी बल आई झडपको अवस्थालाई रोक्ने काम भयो । लगत्तै प्रमुख जिल्ला अधिकारी सिताराम कार्की घटनास्थलमा आई झडपको स्थितिलाई सहज बनाए । तर एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वालाले सत्ता र शक्तिको दुरुपयोग गरी गृहमन्त्रीद्वारा वाइसीएलका कार्यकताृहरुलाई गोली हान्न प्रहरीलाई आदेश गरियो । स्थिति सहज भइसकेपछि गोली हान्नुको अर्थ के हो प्रकाशजी सरासर त्यो शान्ति प्रकि्रयालाई भाँड्ने सुनियोजित योजना रहेछ । भलै स्थानीय प्रशासनले दुरदर्शी निर्णय लियो । सल्यानमा रक्तपात मच्चाउने तपाई र तपाईको सरकारको आदेश पूरा नभएकै कारण प्रहरी निरीक्षक राजकुमार खिउजुलाई मंसिर २५ गते सल्यानबाट सरुवा गरियो । मंसिर २६ गते प्रजिअ सिताराम कार्कीको पनि सरुवा गरियो । त्यसपछि वाईसीएल र युवा खेलाडीहरुलाई ज्यान मार्ने उद्योगको झुठ्ठामुद्दा लगाई धरपकड शुरु गरिएको छ । मगराँत स्वायत्त गणराज्य घोषणा कार्यक्रममा पाल्पा जाँदै गर्दा मंसिर ३० गते कपुरकोटबाट वाईसीएल केन्द्रीय सचिवालय सदस्य तथा मगराँत राज्यसमितिका सह-ईन्चार्ज चन्द्रबहादुर खड्कासहित सल्यान रुकुम यातायात व्यवसायी समितिका कर्मचारी भीम हमाललाई पनि पक्राउ गरिएको छ ।
विडम्बना ! घटनाको प्रकृति र विषयवस्तुलाई पूरै उल्टो बनाएर शान्ति प्रकि्रया विथोल्ने र माओवादीलाई फेरि पनि युद्धमै धकेल्ने उद्देश्यले नेकपा एमालेले देशव्यापी सल्यान केन्द्रीत भण्डाफोर अभियान गर्ने सार्वजनिक गरेको छ ।
झलनाथ कमरेड तपाईले मंसिर २२ गते सल्यान टुडिखेलमा खुकुरी प्रदर्शन गरेर उत्तेजित भाषणद्वारा वाईसीएललाई हिर्काइदिनु भन्दै कार्यकर्ताहरुलाई निर्देशन गरेकै भोलिपल्ट लुहापिङ घटना भएको छ । तपाईकै प्रशिक्षणको बलमा घरतिर फर्किरहेका वाईसीएल कार्यकर्ताहरुलाई युथ फोस्रको नामका तपाईका कार्यकर्ताहरुले ढुङ्गा हान्ने आँट गरेका छन् । अब आफै सोच्नुस् आफैले आक्रमण गर्ने अनि आक्रमण गरे भन्दै देशव्यापी भण्डाफोर अभियान साचालन गर्ने तपाईको ुआफै बोक्सी आफै झाँक्रीुको तरिकाले कस्तो परिणाम निम्त्याउला आफूले गल्ती गर्ने र अरुलाई दोष दिएर पानीमुनिको ओभानो बन्न मिथ्या भ्रम छर्दै हिड्नुभयो भने तपाई र तपाईको पार्टीको हालत के होला
हुन त नेकपा एमाले शान्तिको पक्षमा छैन भन्ने कुरा हालैका केही घटनाक्रमहरुले पुष्टि गरिरहेका छन् । कैलालीमा घरबासविहीन सुकुम्बासीहरुमाथि गृहमन्त्रीको ठाडो आदेशमा गोली हान्नु घर बिदामा आएका जनमुक्ति सेनाका सदस्य अमर ओलीलाई सल्यानको काल्चेमा एमाले कार्यकर्ता र युथफोस्रद्वारा छुरी हानी हत्या गर्नु पूर्वघोषित शान्तिपूर्ण कार्यक्रम सकेर फर्किरहेका वाईसीएल कार्यकर्ताहरुलाई सांघातिक आक्रमण गर्नु सत्ता र शक्तिको दुरुपयोग गरी गोली हान्न आदेश गर्नु के शान्ति सम्झौतामा लेखिएका वाचाहरु हुन्
अन्तमा झलनाथ कमरेड ! शान्ति प्रकि्रया भाँड्ने कार्यको थालनी तपाईले सल्यानबाट शुरु गरिसक्नु भएको छ । र अझैं उक्त कदममा अघि बढिरहनुभएको छ भन्ने कुरा शान्तिपि्रय जनसमुदाय बुद्धिजीवी कर्मचारी व्यापारी पत्रकार र तपाईका पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुले समेत बुझिसकेका छन् । तर तपाईको त्यो मिसन कदापी पूरा हुने छैन । यदि तपाई राजनेता हो भने शान्ति प्रकि्रयालाई तार्किक निष्कर्षमा पुर् याउने अहम् भूमिका तपाईको पनि हो र आम जनताको अपेक्षा दिगो शान्ति हो । अहिलेको आवश्यकता पनि त्यही हो । तर ुकाम कुरो एकातिर कुम्लो बोकी ठीमीतिरुझैं गरी सल्यान घटनाको यथार्थतालाई तोडमरोड गर्दै भण्डाफोर अभियानको नाममा फेरि पनि तपाईले हामीलाई लडाउनै खोज्नु भएको हो सहमति समझदारी र निकासको बाटो छोडेर शान्ति प्रकि्रया भाँड्नै खोज्नुभएको हो ठीकै छ झलनाथजी सत्ता र शक्तिको गाजी र कट्टुमात्रै लगाएर अरिङ्गालको गोलामा ढुङ्गा हान्ने कुचेष्टा गर्नुभयो भने बिच्किएको अरिङ्गालले तपाईको कस्तो हालत बनाउनेछ त्यो पनि बेलैमा सोच्दा हुन्छ ।