मानव अधिकार कर्मीले गर्ने र भन्ने यति त होनी कि कसो ? -बद्रीप्रसाद सिवाकोटी
एकीकृत नेपाल राष्ट्रिय मोर्चाको आयोजनामा २०६६ मंसीर १७ गते विहान १०ः३० देखि दिउँसो १२ वजेसम्म काठमाडौंको लैनचौर क्षेत्रको यातायात बन्दको घोषणा गरेका थिए । भारतको र नेपालको सीमा विवादको विषयमा आलोचना गरेको र ऐतिहासिक सन्धिका अभिलेखहरु छापामा ल्याएर प्रदर्शनको प्रचार प्रसारको तीब्र स्थितिलाई हेर्दा सुरक्षा कर्मीसँग मुडभेटको अवस्था हुन सक्ने लाग्थ्यो । मानव अधिकार कर्मी बद्रीप्रसाद सिवाकोटीको संयोजनमा शान्तिका लागि साझा अभियान कोक्याप र मानव अधिकार रक्षक एशोसिएशन हुर्डन नेपालको संयुक्त टोलीले स्थलगत अनुगमन गर् यो । भारतीय सीमा अतिक्रमणको विरोध गर्न र सन् १८१५ डिसिम्बर २ लाई सम्झिएर उक्त दिनलाई कालो दिबसकोरुपमा मनाउन भेला हुने कार्यक्रममा मोर्चाका अध्यक्ष श्री फणीन्द्र नेपालसमेत १५ पुरुस र १ महिलासहित १६ जनालाई प्रहरीले विना पूर्जी गिरफतार गरेको थियो ती मध्य एकजना महिला । चार जना प्रदर्शनकारीलाई प्रहरीलॆ लाठी चार्ज गर्दा सामान्य घाइते भए । प्रहरीले लाठीचार्ज गर्दा मनबहादुर थापा टंक धमला नुवाकोट सुवा गाविस वडानं ५ सुमन सुब्बा दिपेश पाठक घाइते भए । तीनजना बालबालिकालाई प्रदर्शनकारीले प्रयोग गरे । बालबालिकाले प्रहरीको भ्यानमा ढुंगा हाने । प्रहरीले तीनीहरुमाथि लाठि प्रहार गर्दै थिए । अनुगमन टोलीको उपस्थितिपछि स्थिति सामान्य बन्यो । मानव अधिकारको संरक्षण र सम्बोधन गर्न गर्नु पर्छ पीडीतलाई न्याय राहत र क्षतिपुर्ति दिनु पर्छ । पीडकलाई सजाय वा दण्ड दिलाउन राज्यलाई मानव अधिकारप्रति उत्तरदायी बनाउन समाजमा मानवअधिकार उपभोगको वातावरण तयार गर्न मानव अधिकार हननका तथ्य पत्ता लगाउन र त्यसलाई दस्तावेजीकरण गर्ने उद्देश्यले मानव अधिकारको नियमित अनुगमन गनु जरुरी छ ।
म्ाानव अधिकार अनुगमनका क्रममा एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष श्री फणीन्द्र नेपालले ँहाम्रो शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । १६ जना गिरफतार भयौं । चार जना घाइते छन्् र भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाउन पाएनौं । हाम्रो सराकार भनेको भारतको दलाल रहेछ । हामी यहा किन आयौं र लैनचौरको यातायात किन दूईघण्टा बन्द गर्ने आवहान गरका हौं भन्ने बारेमा मेले केही भन्नै पर्ने हुन्छ ।
आज नेपाल जत्रो छ हिजो योभन्दा विशाल थियो । आजको नेपाल मेची र महाकालीबीच सिमित छ तर हिजो पूर्वमा टिष्टादेखि पश्चिममा सतजलसम्म फैलिएको थियो । आज नेपालको क्षेत्रफल १४७१८१ वर्ग किमी रहेको छ हिजो विशाल नेपालको क्षेत्रफल २०४९१७ वर्ग किमी थियो । विशाल नेपालको क्षेत्रफल २०४९१७ वर्ग किमी कायम रहेको बेला अंग्रेजले नेपालमथि आक्रमण गरेको थियो । यो सन् १८१४ लोभेम्बर १ को घटना हो । त्यसपछि १८१५ को अपि्रलसम्म नेपालले निरन्तर अंग्रेजसँग युद्ध लड्यो । यो युद्ध जम्मा ५ वटा मोर्चामा लडिएको थियो । महाकाली पारि दुईवटा मोर्चामा नेपालले पराजय भोग्नु पर् यो जवकी बाँकी ३ मोर्चामा नेपालले जितेको थियो । तर अंग्रेज पक्षले नेपालले नहारेका ठाउँमा समेत छाड्नु पर्ने भनी सुगौली सन्धिको मस्यााैदा एकतर्फी रुपमा तयार पार् यो । र १८१५ डिसेम्बर २ मा आफ्नोतर्फबाट सही गरी नेपाललाई १५ दिन भित्रमा प्रति हस्ताक्षर गर्न सन्धिको प्रस्ताव पठायो । त्यसबाट टिस्टादेखि सतजलसम्मको सम्पूर्ण तराई महाकालीदेखि सतजल नदीका बीचको सम्पूर्ण पहाडी इलका देहरादुन नैनीताल सिमला र मेचीदेखि टिष्टाका बीचका दार्जेिलंङग सिक्किम सिलगढी दिनाजपुर रंगपुर आदि क्षेत्र नेपालले बेलायतलाई छाडिदिनु पर्ने उल्लेख थियो । तर नेपालले यसमा हस्ताक्षर गर्न मानेन । यसपछि अंग्रेज पक्षले फेरि नेपालमा युद्ध थुपर् यो । बाध्यताबस नेपालले १८१६ मार्च ४ मा सुगौली सन्धिमा सही गर् यो । नेपालका ती भूभाग बेलायती साम्राज्यमा मिलाइए । नेपालले संधै यसप्रति असन्तुष्टि जनाइ रह्यो । फलस्वरुप १८१६ डिसेम्बर ११ मा र सन १८६० नोबेम्बर १ मा दुईपटक गरी कोसी नदीदेखि महाकाली नदीसम्मको केही तराई नेपाललाई फिर्ता गर् यो । तत्कालिन नेपालको तराइको एक भागले गंगा नदीलाई छोएको थियो । त्यसबॆला वर्तमान भारतमा अंङ्ग्रेजहरुको औपनिवेसिक शासन थियो । ती अंङ्ग्रेजतिरको शासनर्फबाट सन् १९४७ अगस्ट १५ मा समाप्त भयो । बेलायतको संसदलेनै इन्डियालाई स्वतन्त्र गर्ने प्रस्ताव पारित गर् यो । र त्यहाँ पाकिस्तान र इन्डिया दुईवटा मुलुक बने । तर दुईवटा स्वतन्त्र मुलुक बनेझैं नेपालका भूभाग पनि स्वतः स्वतन्त्र हुनु पर्नेमा नेपालका ती भूभागमा सन् १९४७ अगस्त १५ यता इन्डियाले कब्जा जमाउँदै आएको छ । जबकी सन् १९५० जुलाई ३१ को नेपाल भारत सन्धिको धारा ८ मा नेपाल र बेलायतबीच भएका सबै सन्धि रद्ध हुन्छन् भनी सुगौली संन्धिलाई रद्ध गरिएको छ । तर भारत एकातर्फ सूगौली सन्धि रद्ध गर्छ र अर्कोतिर ती भूभागमा अनधिकृतरुपमा कब्जा जमाउँछ । यो थाहा पाएर नै दार्जेलिङ्ग सिक्किम सिलगढी दिनाजपुर देहरादुन सिमला अदि नेपालका हुन । यी भूभागका निम्ती हाम्रा पिता पूर्खाले रगत बगाएका थिए तिनको सम्मान नगर्नु हाम्रो कायरता हो । तसर्थ सन् १८१५ डिसेम्बर २ ले हामीलाई पारेको आघातलाई एकीकृत नेपाल राष्ट्रिय मोर्चा कालो दिवसकारुपमा मनाउँदै आएको छ । यस वर्ष हामीले डिसेम्बर २ लाई लैनचौर क्षेत्रको यातायात बन्द गरेर कालो दिवसको सम्झना गराउन खोजेका थियौं । अझ सुगौली सन्धि अनुसारको नेपालका सुस्ता कालापानी लगायतका सयौं स्थानमा अतिक्रमण र कब्जा जमाएर भारतले नेपाल र नेपालीको अस्मितामाथि गरेको खुल्ला प्रहारविरुद्ध लडनका निम्ती एकजुट हुन हामी सबैसँग आग्रह गर्दै यो बन्ध नेपाली जनतामा राष्ट्रियताको चेतना भर्न आवहान गरिएका थियौं । सरकारले प्रहरी लगाएर हामीलाई गिरफतार गरेको छ । अहिलेको यो सरकारले भारतको इसारामा हामीलाई दमन गरेर नेपाली जनता र नेपालको राष्ट्रियतालाई होच्याउने काम गरेको छ ।” तर दरबार मार्ग प्रहरीप्रभागका प्रहरी निरीक्षक भन्छन् ँमाथिको आदेशमा प्रदर्शसन गर्न रोकिएको हो । प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गामुढा गरेकोले लाठी चार्ज गर्नु परेको हो भन्दै उपत्यका प्रहरी प्रभागले छोडन आदेश गरेपछि पक्राउ परेकालाई छाड्ने छौं ।;
१२ वर्षीय सानो बच्चालाई प्रहरीले लाठी चार्ज गर्न लाग्दा जोगाउने हुँदा टंक धमलाले तीन लाठी खाए । उनको दायाँ कोख दाँया कुम र ढाडमा लाठीको निलडाम नै बस्यो ।
ँशान्तिपूर्ण भेला सभा गर्न र आफ्नो अभिमत जायर गर्न पाउने नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धि १९६६ को सरकारले सम्मान गर्नु पथ्र्यो । दरबार मार्ग प्रहरी प्रभागमा गैरकानुनी गिरफतार गरी राखिएका सबै नागरिकको शीघ्र रिहाइ गरियोस् । कसैले आफ्नो स्वार्थकोलागि कुनै पनि दबाव मुलक प्रदर्शनीमा बालबालिकाको प्रयोग अपराध हो ।; मानव अधिकार कर्मीले गर्ने र भन्ने यति त होनी कि कसो त ?