;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ   अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच   पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध   बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन   विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।   मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत   Tihar Celebration 2010 Montgomery County, Maryland   दरवारमा बिज्ञापन दलालको चलखेल जारी   Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia   नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई


मानव अधिकार कर्मीले गर्ने र भन्ने यति त होनी कि कसो ?
-बद्रीप्रसाद सिवाकोटी





एकीकृत नेपाल राष्ट्रिय मोर्चाको आयोजनामा २०६६ मंसीर १७ गते विहान १०ः३० देखि दिउँसो १२ वजेसम्म काठमाडौंको लैनचौर क्षेत्रको यातायात बन्दको घोषणा गरेका थिए । भारतको र नेपालको सीमा विवादको विषयमा आलोचना गरेको र ऐतिहासिक सन्धिका अभिलेखहरु छापामा ल्याएर प्रदर्शनको प्रचार प्रसारको तीब्र स्थितिलाई हेर्दा सुरक्षा कर्मीसँग मुडभेटको अवस्था हुन सक्ने लाग्थ्यो । मानव अधिकार कर्मी बद्रीप्रसाद सिवाकोटीको संयोजनमा शान्तिका लागि साझा अभियान कोक्याप र मानव अधिकार रक्षक एशोसिएशन हुर्डन नेपालको संयुक्त टोलीले स्थलगत अनुगमन गर् यो । भारतीय सीमा अतिक्रमणको विरोध गर्न र सन् १८१५ डिसिम्बर २ लाई सम्झिएर उक्त दिनलाई कालो दिबसकोरुपमा मनाउन भेला हुने कार्यक्रममा मोर्चाका अध्यक्ष श्री फणीन्द्र नेपालसमेत १५ पुरुस र १ महिलासहित १६ जनालाई प्रहरीले विना पूर्जी गिरफतार गरेको थियो ती मध्य एकजना महिला । चार जना प्रदर्शनकारीलाई प्रहरीलॆ लाठी चार्ज गर्दा सामान्य घाइते भए । प्रहरीले लाठीचार्ज गर्दा मनबहादुर थापा टंक धमला नुवाकोट सुवा गाविस वडानं ५ सुमन सुब्बा दिपेश पाठक घाइते भए । तीनजना बालबालिकालाई प्रदर्शनकारीले प्रयोग गरे । बालबालिकाले प्रहरीको भ्यानमा ढुंगा हाने । प्रहरीले तीनीहरुमाथि लाठि प्रहार गर्दै थिए । अनुगमन टोलीको उपस्थितिपछि स्थिति सामान्य बन्यो । मानव अधिकारको संरक्षण र सम्बोधन गर्न गर्नु पर्छ पीडीतलाई न्याय राहत र क्षतिपुर्ति दिनु पर्छ । पीडकलाई सजाय वा दण्ड दिलाउन राज्यलाई मानव अधिकारप्रति उत्तरदायी बनाउन समाजमा मानवअधिकार उपभोगको वातावरण तयार गर्न मानव अधिकार हननका तथ्य पत्ता लगाउन र त्यसलाई दस्तावेजीकरण गर्ने उद्देश्यले मानव अधिकारको नियमित अनुगमन गनु जरुरी छ ।

म्ाानव अधिकार अनुगमनका क्रममा एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष श्री फणीन्द्र नेपालले ँहाम्रो शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । १६ जना गिरफतार भयौं । चार जना घाइते छन्् र भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाउन पाएनौं । हाम्रो सराकार भनेको भारतको दलाल रहेछ । हामी यहा किन आयौं र लैनचौरको यातायात किन दूईघण्टा बन्द गर्ने आवहान गरका हौं भन्ने बारेमा मेले केही भन्नै पर्ने हुन्छ ।

आज नेपाल जत्रो छ हिजो योभन्दा विशाल थियो । आजको नेपाल मेची र महाकालीबीच सिमित छ तर हिजो पूर्वमा टिष्टादेखि पश्चिममा सतजलसम्म फैलिएको थियो । आज नेपालको क्षेत्रफल १४७१८१ वर्ग किमी रहेको छ हिजो विशाल नेपालको क्षेत्रफल २०४९१७ वर्ग किमी थियो । विशाल नेपालको क्षेत्रफल २०४९१७ वर्ग किमी कायम रहेको बेला अंग्रेजले नेपालमथि आक्रमण गरेको थियो । यो सन् १८१४ लोभेम्बर १ को घटना हो । त्यसपछि १८१५ को अपि्रलसम्म नेपालले निरन्तर अंग्रेजसँग युद्ध लड्यो । यो युद्ध जम्मा ५ वटा मोर्चामा लडिएको थियो । महाकाली पारि दुईवटा मोर्चामा नेपालले पराजय भोग्नु पर् यो जवकी बाँकी ३ मोर्चामा नेपालले जितेको थियो । तर अंग्रेज पक्षले नेपालले नहारेका ठाउँमा समेत छाड्नु पर्ने भनी सुगौली सन्धिको मस्यााैदा एकतर्फी रुपमा तयार पार् यो । र १८१५ डिसेम्बर २ मा आफ्नोतर्फबाट सही गरी नेपाललाई १५ दिन भित्रमा प्रति हस्ताक्षर गर्न सन्धिको प्रस्ताव पठायो । त्यसबाट टिस्टादेखि सतजलसम्मको सम्पूर्ण तराई महाकालीदेखि सतजल नदीका बीचको सम्पूर्ण पहाडी इलका देहरादुन नैनीताल सिमला र मेचीदेखि टिष्टाका बीचका दार्जेिलंङग सिक्किम सिलगढी दिनाजपुर रंगपुर आदि क्षेत्र नेपालले बेलायतलाई छाडिदिनु पर्ने उल्लेख थियो । तर नेपालले यसमा हस्ताक्षर गर्न मानेन । यसपछि अंग्रेज पक्षले फेरि नेपालमा युद्ध थुपर् यो । बाध्यताबस नेपालले १८१६ मार्च ४ मा सुगौली सन्धिमा सही गर् यो । नेपालका ती भूभाग बेलायती साम्राज्यमा मिलाइए । नेपालले संधै यसप्रति असन्तुष्टि जनाइ रह्यो । फलस्वरुप १८१६ डिसेम्बर ११ मा र सन १८६० नोबेम्बर १ मा दुईपटक गरी कोसी नदीदेखि महाकाली नदीसम्मको केही तराई नेपाललाई फिर्ता गर् यो । तत्कालिन नेपालको तराइको एक भागले गंगा नदीलाई छोएको थियो । त्यसबॆला वर्तमान भारतमा अंङ्ग्रेजहरुको औपनिवेसिक शासन थियो । ती अंङ्ग्रेजतिरको शासनर्फबाट सन् १९४७ अगस्ट १५ मा समाप्त भयो । बेलायतको संसदलेनै इन्डियालाई स्वतन्त्र गर्ने प्रस्ताव पारित गर् यो । र त्यहाँ पाकिस्तान र इन्डिया दुईवटा मुलुक बने । तर दुईवटा स्वतन्त्र मुलुक बनेझैं नेपालका भूभाग पनि स्वतः स्वतन्त्र हुनु पर्नेमा नेपालका ती भूभागमा सन् १९४७ अगस्त १५ यता इन्डियाले कब्जा जमाउँदै आएको छ । जबकी सन् १९५० जुलाई ३१ को नेपाल भारत सन्धिको धारा ८ मा नेपाल र बेलायतबीच भएका सबै सन्धि रद्ध हुन्छन् भनी सुगौली संन्धिलाई रद्ध गरिएको छ । तर भारत एकातर्फ सूगौली सन्धि रद्ध गर्छ र अर्कोतिर ती भूभागमा अनधिकृतरुपमा कब्जा जमाउँछ । यो थाहा पाएर नै दार्जेलिङ्ग सिक्किम सिलगढी दिनाजपुर देहरादुन सिमला अदि नेपालका हुन । यी भूभागका निम्ती हाम्रा पिता पूर्खाले रगत बगाएका थिए तिनको सम्मान नगर्नु हाम्रो कायरता हो । तसर्थ सन् १८१५ डिसेम्बर २ ले हामीलाई पारेको आघातलाई एकीकृत नेपाल राष्ट्रिय मोर्चा कालो दिवसकारुपमा मनाउँदै आएको छ । यस वर्ष हामीले डिसेम्बर २ लाई लैनचौर क्षेत्रको यातायात बन्द गरेर कालो दिवसको सम्झना गराउन खोजेका थियौं । अझ सुगौली सन्धि अनुसारको नेपालका सुस्ता कालापानी लगायतका सयौं स्थानमा अतिक्रमण र कब्जा जमाएर भारतले नेपाल र नेपालीको अस्मितामाथि गरेको खुल्ला प्रहारविरुद्ध लडनका निम्ती एकजुट हुन हामी सबैसँग आग्रह गर्दै यो बन्ध नेपाली जनतामा राष्ट्रियताको चेतना भर्न आवहान गरिएका थियौं । सरकारले प्रहरी लगाएर हामीलाई गिरफतार गरेको छ । अहिलेको यो सरकारले भारतको इसारामा हामीलाई दमन गरेर नेपाली जनता र नेपालको राष्ट्रियतालाई होच्याउने काम गरेको छ ।” तर दरबार मार्ग प्रहरीप्रभागका प्रहरी निरीक्षक भन्छन् ँमाथिको आदेशमा प्रदर्शसन गर्न रोकिएको हो । प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गामुढा गरेकोले लाठी चार्ज गर्नु परेको हो भन्दै उपत्यका प्रहरी प्रभागले छोडन आदेश गरेपछि पक्राउ परेकालाई छाड्ने छौं ।;


१२ वर्षीय सानो बच्चालाई प्रहरीले लाठी चार्ज गर्न लाग्दा जोगाउने हुँदा टंक धमलाले तीन लाठी खाए । उनको दायाँ कोख दाँया कुम र ढाडमा लाठीको निलडाम नै बस्यो ।

ँशान्तिपूर्ण भेला सभा गर्न र आफ्नो अभिमत जायर गर्न पाउने नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अभिसन्धि १९६६ को सरकारले सम्मान गर्नु पथ्र्यो । दरबार मार्ग प्रहरी प्रभागमा गैरकानुनी गिरफतार गरी राखिएका सबै नागरिकको शीघ्र रिहाइ गरियोस् । कसैले आफ्नो स्वार्थकोलागि कुनै पनि दबाव मुलक प्रदर्शनीमा बालबालिकाको प्रयोग अपराध हो ।; मानव अधिकार कर्मीले गर्ने र भन्ने यति त होनी कि कसो त ?





यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi