;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन   वि पी को विचार अहिले पनि सान्र्दभिक   एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा   तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड   एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु   रेडियो संचार तालिम सम्पन्न   विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै   नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन   पैसा तिर्न नसक्दा आन्द्रा निकालियो   द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश


रुसमा पुनः स्तालिनको पुनस्र्थापनाको राजनीति
-लोक नारायण सुवेदी




जोसेफ स्तालिनलाई १९८९ मा रुसका सबैभन्दा महान ऐतिहासिक ब्यक्तित्वहरुमा १० औ स्थानमा राखिएको थियो । तर गत बर्ष अर्थात २००८ मा भने उनललाई रुसका सबै समयका तेश्रो सबैभन्दा असल नेताको रुपमा मत प्रदान गरियो । औपचारिक र आधिकारिकरुपमा पाँच दशकको बिस्मृति पछि फेरि यसरी सोभियत नेता जोसेफ स्तालिनको रुसी अधिकारीहरुले जन्म दिनको एउटा पुरस्कारको रुपमा उनको १३०औं बार्षिकोत्सबा आउदो महिना अर्थात डिसेम्वरको २१ तारिखका दिन मनाउन लागेका छन् । मास्कोको सबैभन्दा ब्यस्त मेट्रो सभा कक्षको नब निर्मित प्रवेशद्वारमा स्तालिनलाई प्रसंशा गर्दै लेखिएको एउटा कविता पुन टाँगिएको छ । १९४४ को सोभियत राष्ट्रिय गानको हरफहरु फेरि पुनरोद्धार गरी क्रुस्काया स्टेशनमा टाँगिएको देखापरेका छन्। जसमा भनिएको थियो ुजनताप्रतिको निष्ठामा स्तालिनले सँधै हामीलाई हेरचाहा गरे उनले हामीलाई श्रम गर्न र नायक बन्न प्रेरणा दिएु । यस कुराले स्तालिनको मृत्युपछिको ५६ बर्ष यताको उच्च स्तरको पुनरागमलाई दर्शाउँदछ । सोभियत कम्युनिष्ट पार्टीको नेतृत्व हत्याउन सफल भएपछि स्तालिन बिरोधी नेता निकिता खु्रश्चेभले स्तालिनलाई ुब्यक्ति पूजाु को आक्षेप लगाएर बदख्वाई गरेयता स्तालिनकॊ नाम र छबिलाई जताततैबाट मेटाउने काम गरेको थियो र १९५६ भएको पार्टी २०औ महाधिवेशनमा स्तालिनका सबै कुरा उल्टाइएको थियो । मास्कोको लाल चोकमा लेनिनसँगै राखिएको स्तालिनको सुरक्षित मृत देहलाई त्यो ठाउँबाट हटाइएको थियो । अनि स्तालिनग्राद जुन दोश्रो बिश्व युद्धको बहादुरीस्वरुप नामाकरण गरिएको थियो त्यसलाई पनि मेटिएको र बद्लिएको थियो । धेरै ठाउँबाट स्तालिनका ऐतिहासिक स्मृतिचिन्हहरु हटाइएका थिए । अनि उनको नाम आधिकारिक र औपचारिकरुपमा त्यसबेला मात्रै लिइन्थ्यो जब फाँसीबादी युद्ध बिरोधी अभियानका शिकार भएका मानिसहरुलाई सम्झना गरिन्थ्यो । नोबेल पुरस्कार बिजेता रुसी साहित्यकार अलेक्जेण्डर सोल्झेनि_ित्सन र अन्य कतिपय सोभियत लेखकहरुले लाखौ्र रुसीहरुलाई स्तालिनले कुख्यात गुलाग नामको श्रम शिबिरमा थुनामा राखेर कसरी मार्दथे भन्ने लामो कथा बिवरण दिएर उनलाई एउटा उत्पीडनकारीको रुपमा प्रस्तुत गरेका छन् ।

यस्ता प्रकृतिका जस्तासुकै गम्भीर आरोप लगाए पनि बितेको दुइ दशक अर्थात २० बर्षमा स्तालिनको रुसमा उल्लेखनीय किसिमले पुनरागमन भएको छ । बिडम्बना के छ भने त्यो उनको पुनारागमनको प्रकि्रया त्यतिबेला आरम्भ भयो जतिबेला उनले खडा गरेको कम्युनिष्ट शासन पद्धति ढल्यो । वास्तवमा १९८९ मा स्तालिन रुसका महानतम् ऐतिहासिक ब्यक्तित्वहरुमा रुसको सूचिमा १०औं स्थानमा निकै टाढा मात्रै आएका थिए । तर २००८ को सूचिमा भने उनी रुसका सबैभन्दा असल मानिसहरुको रुपमा तेश्रो मानिसको स्थानमा उनलाई प्रस्तुत गरिएको छ । त्योभन्दा पनि बढी ६ महिना लगाएर राष्ट्रब्यापीरुपमा गरिएको त्यो मतसंग्रमा त्यसका लागि अर्थात स्तालिनको पक्ष बिपक्षमा मत दिनका लागि आयोजकले कुनै आह्वानसम्म पनि गरेको थिएन । यो वास्तवमा एउटा आश्चर्यलाग्दो परिबृत्त हो । बस्तुतः यस्तो खालको अन्तरबिरोधपूर्ण प्रत्युत्तर आउनुका पछाडि सोभियत संघको पत्तन पछिको बिकसित भएको आजको नाजुक राजनीतिक आर्थिक समाजिक तथा साँस्कृतिक संकटपूर्ण स्थितिका कारणले बनेको रुसी जनताको मनोबिज्ञानको उपज हो भनेमा अत्युक्ति हुने छैन । यद्यपि कतिपय उदारबादी इतिहासकार मानिनेहरुले सोभियत संघको बिघटन अनिवार्यरुपमा हुने नै थियो भन्ने गर्दछन् तर कतिपय रुसीहरु भने त्यो स्थितिका लागि त्यसबेलाका बिचलनकारी भ्रष्ट र असक्षम नेतृत्वलाई औल्याउँदछन् । सेर्गेई कुर्गीन्यान जो एकजना राजनीतिशास्त्री हुन् भन्दछन् - अहिलेका स्तानिलको समर्थनले के प्रतिनिधित्व गर्दछ १९८० र १९९० को दशकमा रुसलाई जुन उदारिकरण र नीजीकरणमा लैजाने मूर्खता गरिएको थियो त्यसको बिरोध स्वरुपमा आएको यो समर्थन हो । भ्यालरी नामका अर्का एकजना ब्लगबादीले लेखेका छन् स्तालिनका महत्वपूर्ण उपलब्धीहरु तीनवटा मात्र थिए । ती हुन् ुसोभियत संघमा सशक्त आर्थिक बृद्धि दोश्रो बिश्व युद्धमा बिजय र यूरोपको स्वाधीनता तथा आणबिक हतियारमा अमेरिकाको एकाधिकारको अन्त्य र करीब ५० बर्षदेखियताको युद्ध बिहीनता जसले गर्दा कुनै थप नागासाकी र हिरोशिमाले जन्मनु परेन । यी सबै कारणले गर्दा के स्तालिन एकजना महानतम रुसी ब्यक्तित्व थिएनन् त उनले प्रतिप्रश्न गरका छन् ।

यसको बिपरीत कम्युनिज्मको अन्त्य भएको दुइ दशकमा त्यस्तो कुनै गौरब गर्न सक्ने कुनै रुसीहरु आजसम्म कोही देखिएका छैनन् । सोभियत संघलाई ढाले पछि कथित ुसक थेरापीु दिएर संकट मोचन गर्ने नाममा बोरिस यल्तसिनले अघि सारेको गलत नीतिले सोभियत संघको अर्थतन्त्रलाई ध्वस्त पार् यो र रुसी सम्पत्ती बिदेशहरुको हातमा गयो । अर्थतन्त्रमा घोर अराजकता सिर्जना गर् यो । नोकरशाही कानुनबिहीनता र समग्र भ्रष्टाचारमा डुबेको बोरिस यल्तसिनको उत्तराधिकारी पुटीन प्रशासनले पनि रुसीहरुलाई बिगतको सोभियत संघकाप्रति आँखा लगाउन झनै बाध्य पार् यो । ुजनमतले के प्रष्ट पारेको छ भने तत्कालीन सोभियत संघका उच्च अधिकारीहरु तिनीहरुका कतिपय गम्भीर कमजोरीका बाबजुद बास्तबमा राज्यका लागि काम गर्दथे । जबकि आजका रुसी उच्च अधिकारीहरु आफ्नै गोजी भर्ने मात्र काम गर्दछन् ु एकजना मतदाता लेओन्ती बाइजोभले यसरी तुलना गरे हिजोका र आजको रुसको । यहाँ उल्लेखनीय के छ भने स्तालिनका कथित अत्याचारको संस्मरण लेख्ने ततकालीन बृटिश प्रधानमन्त्री चर्चिलले पनि के करा स्वीकार गरेका छन् भने तत्कालीन रुसमा ुस्तालिन एउटा काठको हलो लिएर आएका थिएआज रुसलाई आणबिक हतियारको स्तरमा पुर् याएर छोडेका छन्ु ।

स्तालिनको बढ्दो लोकपि्रयता पश्चिमाहरुको दोश्रो बिश्व युद्धको शुरु गर्नमा हिटलरसँग सहमत भएको दोषारोपणयुक्त यस प्रतिकृयाले पनि दर्शाउँदछ । गएको जुलाईमा यूरोपेको सुरक्षा र सहयोग सम्वन्धि संगठनका लागि गएका रुसी प्रतिनिधिहरुले त्यस संगठनको बार्षिक संसदीय बैठकलाई त्यसबेला परित्याग गरेका थिए जब त्यसका सदस्यहरुले जर्मनीका हिटलर र सोभियत रुसका स्तालिनको दोश्रो बिश्वयुद्ध शुरु गर्नमा समान भूमिका थियो भन्ने कुरा पारित गरे । रुसीहरु त्यस युद्धमा मारिएका आफ्ना दुइ करोड ७० लाख देशभक्त बन्धुबान्धहरुको सम्झना गर्दछन् र यूरोपेली संगठनको इतिहासलाई नै नग्न किसिमले तोडमरोड गरेर हिजोको सोभियत संघ र त्यसको उत्तराधिकार आजको रुसलाई समेत तथ्यहीन आलोचना गरिएको कुरालाई ठाडै अस्वीकार गर्दछन् । आजभोली रुसका बिभिन्न किताब पसलहरुमा बिभिन्न किसिमका राजनीतिक जीवनीहरु र इतिहासका किताबहरु पाइन्छन् । अनि प्रायजसो ती सबैमा स्तालिन र उनको नेतृत्वको समयलाई सकारात्मक किसिमले लिएको कुरा नै पढ्न पाइन्छ भन्ने अध्येताहरुले उल्लेख गर्ने गरेका छन् । स्तालिनका शालिकरु पुन प्रान्तिय शहरहरुमा देखिन थालेका छन् । यस्तो किसिमको स्तालिनप्रति समर्पित पहिलो नीजी अजायव घर म्यूजियम पहिलाको स्तालिनग्राद भनिने आजको भोल्गोग्रादमा खुलेको छ । अनि ओर्योलको बिधान सभाले केही बर्ष पहिला नै क्रेमलिन नेतृत्वसँग स्तानिलको पुनस्र्थापनको निमित्त आग्रह गर्दै एउटा महत्वपूर्ण आह्वान सार्वजनिक गरेको थियो र त्यसमा के प्रष्ट उल्लेख गरिएको थियो भने ुलाखौं मानिसहरु मार्नमा स्तालिन जिम्मेवार छन् भन्ने कुराको कहिले कतैबाट पुष्टी भएको छैनु ।

मास्कोको मेट्रोमा स्तालिनको पुनरोदयले यद्यपि रुसी समाजमा अहिले तीब्र बिवाद सिर्जना अवश्य गरेको पनि देखिदैछ । कतिपय इतिहासबिद्हरु र मानवाधिकारबादीहरुले ुयो अधिकारीहरुको इतिहासलाई लिपापोती गर्ने गतिबिधिु भने आरोप पनि लगाएका छन् । उनीहरुले के स्मरण गरेका छन् भने जब जतिबेला आजका रुसी प्रधानमन्त्री हिजो राष्ट्रपति थिए त्यसबेला क्रेमलिनले इतिहास अध्यापन गराउनेहरुका लागि एउटा किताब तयार गर्न एउटा आयोग गठन गरेको थियो । त्यस आयोगले स्तालिन कालका उपलब्धीहरुको प्रसंशा गरेर उनले गरेका अत्याचारलाई सन्तुलिन तुल्याउने काम गरेको दोषारोपण पनि गरेका छन् । त्यो इतिहासका किताबले स्तालिनलाई ुअहिलेसम्मका सोभियत नेताहरुमा सबैभन्दा सफलु भनेर उल्लेख गर्दै के सल्लाह दिएको उल्लेख छ भने स्तालिनका कथित दमनकारी कार्यहरु शासनाधिकारुहरुको अधिकतम दक्षता र कार्यकुशलताकासाथ प्राय असम्भव कार्यलाई सम्पन्न गर्ने साधनहरु मात्र थिए । मास्कोका प्रमुख आर्किटेक्ट ईाजनियरले भनेका छन् कि क्रुस्काया मेट्रो स्टेशनलाई यसको पुरानै आकारमा पुनस्र्थापित गर्ने कार्यमा कुनै लुकाइए छिपाइएको एजेण्डा छैन । त्यो स्टेशन १९४९ मा बनेको थियो । तर स्तालिनको शालिक त्यहाँ पुन खडा गरेर त्यस स्टेशनलाई सजाउने कुराको भने उनले खण्डन गरेका छैनन् । रुसको अर्थोडक्स चर्च पनि यस बिषमा एकमत छैन । त्यस चर्चका मास्कोका एकजना आधिकारिक प्रबक्ताले भने ुनिर्दोष मानिसलाई मार्ने कसैलाई पनि सामाजिक मान्यता दिइनु हुँँदैन भनेका छन्ु । यद्यपि अन्य पादरीहरुले भने यस्तो किसिमको आलोचना गलत ठाउँमा भइरहेको भनेर खण्डन गरेका छन् र के भनेका छन् भने स्तालिनबादको बिरुद्ध लड्नु पर्ने हो भने लड तर मेट्रोका बिरुद्ध होइन । आज हाम्रो मस्तिष्कमा साहित्यिक कृतिहरु चलचित्र टेलिभिजन र बिद्यालयहरु सबैतिर यस्तै कुराले त घर गरिरहेको छ । आन्दे्रइ कुराएभले तर्क गरेका छन् ।

कम्युनिष्टहरु स्तालिनको यो अहिले रुसमा भइरहेको पुनपर््रतिष्ठालाई अनुमोदन गर्दै के भन्दछन् भने यो सत्तामा रहेको संयुक्त रुसी पार्टी जसको नेतृत्व पुटीनले गरिरहेका छन् ले सोभियत संघको बिगतका कम्युनिष्ट समर्थहरुको मत आफुतिर आकर्षित गर्ने साधनको रुपमा यो काम भइरहेको छ । रुसको एउटा ठूलो कम्युनिष्ट घटकका नेता गेन्नादि जुगानोभले भनेका छन् कि उनको पार्टीले स्तालिनको १३०औ जन्म दिवस बृहत किसिमले र् याली र सभाहरु गरेर मनाउने भएको छ । त्यसमा ५० हजार पार्टी सकि्रयताबादीहरुले बिशेष महत्वकासाथ बनाइएको स्तालिन अंकित मेडल लगाउने छन् । उता रुसी राष्ट्रपति दिमित्री मेद्भेदेव पनि यो तर्क बितर्कमा प्रवेश गरेका छन् र बिश्लेषकहरुलाई उनी र प्रधानमन्त्री पुटीनका बीच के के भिन्नता र समानताहरु छन खोतल्ने बाटो खोलिदिएका छन् । रुसले राजनीतिक दमनको शिकार भएकाहरुको स्मृति दिवस मनाउने दिन अक्टोबर ३० मा राष्ट्रपति मेद्भेदेवले आफ्नो भिडियो ब्लगमा स्तालिनको भत्स्रना गर्दै भनेका थिए कि स्तालिनको राजनीतिक आतंकले ुहाम्रो समाजका सम्पूर्ण बर्ग र तहलाई समाप्त पार् योु । उनले थपे ुहाम्रा जनतालाई संहार गर्ने कसैलाई पनि ऐतिहासिक न्यायको पुनस्र्थापना गर्ने नाममा यस्तो गर्न पुनरागमन गर्ने अनुमति दिन सकिदैन । रुसी राष्ट्रपतिको यो कडा बक्तब्य प्रधानमन्त्री पुटीन राष्ट्रपति हुँदा दिएको बक्तब्यसँग मेल खाँदैन । पुटीनले ुरुसीहरुमाथि बिगतमा गल्ती गरेको आरोप थोपर्न मिल्दैनु भन्ने कुरा अघि सार्दै ुहामीसँग इतिहासका भयावह अध्यायहरु पनि छन् तर अरु देशहरुको त्यो भन्दा बढी भयाव इतिहास रहेको छु । दुइ बर्ष अघि इतिहासका अध्यापकहरुको बैठकमा उनले भनेका थिए । बर्तमान राष्ट्रपति र प्रधानमन्त्री बीचको जोसेफ स्तालिनको मूल्यांकन सम्वन्धि यो परस्रपर बिरोधी तर्क बितर्कको तत्काल अन्त्य हुने देखिदैन । जे भए पनि रुसीहरु आज स्तालिनलाई सम्झदा गौरब गर्न थालेका छन् र उनको पुनस्र्थापनाका बिभिन्न गतिबिधिहरु रुसमा भइरहेका तथ्यहरु यसरी बाहिर आइरहेका छन् ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi