;



  निति तथा कार्यक्रम र विधान संसोधन सम्वन्धि समिति गठन   वि पी को विचार अहिले पनि सान्र्दभिक   एक रातका लागि श्रीमती साट्ने बलात्कारी प्रथा   तीजलाई सबैले मनाउने पर्वका रुपमा विकास गर्नुपर्नेमा जोड   एचआईभी एड्सबाट दाङमा ३९ को मृत्यु   रेडियो संचार तालिम सम्पन्न   विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको क्षेत्रिय समिति गठन हुदै   नेपाल विश्व सहयोग संघ, विस्कन्सिन च्याप्टर गठन   पैसा तिर्न नसक्दा आन्द्रा निकालियो   द्वन्द्वपीडितका निवेदन प्रशासनका पेश


श्रमिकको हितका लागि पुनरावलोकन अत्यावश्यक छ ।
-डा. सुर्यनाथ मिश्र



कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले दोहास्थित नेपाली राजदुतावासमा २ बर्षअघि आफ्नो कार्यभार सम्भालेदेखि नै कतारस्थित नेपाली समुदायका पक्षमा निकै जनपि्रय काम गर्दै आएका छन् । कतारमा कार्यरत नेपालीहरुका पक्षमा यथासक्य जनपि्रय काम गर्दै्र आएकोमा राजदुत डा। मिश्र नेपाली समुदायबाट अभिनन्दित पनि भइसकेका छन् । डा. मिश्रको नेतृत्वमा कतारस्थित नियोगले नेपाली समुदायको स्तर उकास्नका लागि नयाँ बर्षको पहिलो दिनबाटै कार्यान्वयन हुने निर्णयसहित नेपाली श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिकको नयाँ सिमा तोकेको छ । सोही विषयमा आधारित रहेर राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका आषिश शेरचन र दीपक पौडेलले राखेका जिज्ञासाहरुमा डा। मिश्रले सो निर्णयको प्रकृति कारण र परिणाम लगायतका पक्षमा स्पष्ट पारेका छन् । प्रस्तुत छः सो अन्तवार्ताको सारसंक्षेप ।



कतारस्थित नेपाली श्रमिकको न्युनतम पारिश्रमिकको नयाँ सिमावारे गरिएको नियोगको निर्णयवारे प्रकास पारिदिनुहुन्छ कि ;

- नेपाली राजदुतावासले १ जनवरीबाट लागु हुने गरी नेपाली श्रमिकहरुको न्युनतम मासिक पारिश्रमिकको नयाँ सिमा तोकेको छ । यो पुनरावलोकन अनुसार बैदेशिक रोजगारीका सिलसिलामा कतारमा आउने नेपाली श्रमिकको न्युनतम मासिक पारिश्रमिकको सिमा यसअघि खानाखर्चसहित कतारी रियाल ६ सय रहेकोमा अव खानाखर्चसहित ८ सय कतारी रियाल हुनेछ । ६ सय रियाल नै मासिक पारिश्रमिक राख्न चाहेको खण्डमा पनि खानपिनको खर्च अनिवार्यरुपमा कम्पनी वा स्पोन्सरले नै उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ । ६ सय न्युनतम तलवमा अतिरिक्त २ सय रियाल खानाभत्ता वा खानपिनको खर्चमध्ये कुनै एक सुविधा उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो । यसरी हेर्दा बृद्वि भनेको खाना खर्चको हो । न्युनतम तलवमानलाई यथावत राखी खाना खर्च देउ भन्ने यो पुनरावलोकनको आशय हो ।


यो पुनरावलोकनको कारण के हो ?

- वैदेशिक रोजगारमा नेपालबाट आउँदा लागेको खर्च र कतारमा भएको खर्च हेर्दा श्रमीकलाई निकै गाह्ो पर्ने देखिएकोले यो निर्णयका लागि बाध्य भएका छौं । कतार आगमन र यहाँ जीवनपायनको खर्च कतारको आर्थिक अवस्था अन्य देशका नागरिकले पाउँदै आएको न्युनतम पारिश्रमिक मुलुकमा आश्रीत परिवाजनको सामान्य जीवनयापनको खर्च लगायतका पक्षलाई मनन गर्दा यो पुनरावलोकन विलकुल जरुरी भएको हो । यो पुनरावलोकनका लागि गरिएको लामो गृहकार्यमा रोजगारवालाले नेपाली कामदारहरुका लागि गर्ने खर्च र उसको फाइदाको पक्षलाई पनि विश्लेषण गरेरमात्रै निष्कर्षमा पुगिएको हो । यसमा नेपालीहरुको मेहनत इमानदारिता तथा वफादारिताका साथै जनसंख्या र रेमिट्यान्सको अनुपातलाई पनि मधयनजर गरिएको छ ।



अरु देशका नियोगले गरेका छैनन् । हामीले किन गरियो यो पुनरावोकन ?<br>
- विगतमा अरुले पुनरावलोकन गरेका हुन् । हामीले गरेका थिएनौं । अहिले हामीले यो पुनरावलोकन गर्नुपर्ने समय आएको हो । अहिलेपनि श्रीलंकाली कामदारको ९ सय रियाल भन्दा घटीमा छैन भारतीयको १ हजार रियाल भन्दा घटीमा छैन । हामीले अरु देशसंग प्रतिस्पर्धा गर्ने होइन यहाँको श्रम बजारमा स्वच्छ र सुहाउँदो प्रतिस्पर्धा गर्ने हो । अर्को कुरा हरेक देशको अर्थतन्त्र फरक फरक छ । जीवनपायनको खर्च हरेक देशमा फरक फरक हुन्छ । कतारमा जीवनपायनको खर्च अनुसार यो पुनरावलोकन भएको हो । अर्कोतर्फ नियोगले क्रमिकरुपमा पुनरावलोकन गर्दै जाने नीति अनुसार यो निर्णय भएको छ ।

कतार सरकारले पनि घरमालिकलाई अधिकार दिएको छ कि जीवनयापनको खर्च बृद्वि अनुसार हरेक बर्ष घरको भाडा १० प्रतिशतसम्म बढाउन सकिन्छ । सन् २००० मा ४ सय तय भएको नेपालीको तलव जीवनयापनको खर्च बृद्वि अनुसार २०१० सम्ममा पक्कै पनि धेरै बढाउन सकिन्थ्यो । यस अनुसार बढाउँदै लगेको भए पहिल्यै पनि ८ सय हुन्थ्यो होला । तर हामीले विश्व आर्थिक परिवेशलाई मध्यनजर गर्दै सहि समयको प्रतिक्षा गर् यौं । २००७ को नोभेम्वर २२ सम्म ४ सय नै कायम थियो । २००८ को जनवरीमा ६ सय कायम गर् यौं । क्रमिक रुपमा बढाउँदै गर्ने निति अनुसार अहिले यो पुनरावलोकन गर् यौं ।


यो पुनरावोकन सवै किसिमका कामदारको हकमा लागु हुन्छ?

- यो सवै किसिमका कामदारको हकमा लागु हुन्छ । यहाँको बसाईमा हुने खर्चलाई मध्यनजर गर्दै सवैलाई खानपिनको सुविधा वा खाना खर्च उपलब्ध होस् भन्ने हाम्रो उद्देश्य हो । अर्धदक्षलाई पनि न्युनतम पारिश्रमिक ८ सय कतारी रियाल र २ सय खानाखर्च गरी १ हजार रियाल तोकिएको छ ।



कार्यान्वयन पक्ष कस्तो रहला ?

- अवको नयाँ नियमलाई कडाईका साथ कार्यान्वयनमा लगिनेछ । यसभन्दा पहिला लागु भएको थिएन अव १ जनवरीबाट अनिवार्य भएको छ । अवदेखि सम्बन्धित कम्पनी वा स्पोन्सरले नेपाली दूतावासमा श्रमिकहरुको मागपत्र स्विकृत गर्दा नै सो नियमानुसार आउनुपर्नेछ । त्यसरी आइसकेका पनि छन् । यो निर्णय भएपछि दुतावास खुलेको पहिलो दिनमा गत ३ जनवरीमा नै ३२ जनाको मागपत्र आएको छ । स्थानीय पत्रपत्रिकामा समाचार पढेर सम्बन्धित कम्पनीले नै सोही पुनरावलोकन अनुसार तलवमान प्रस्तुत गरेका छन् । पहिलो मागपत्र मै ६ सय कतारी न्युनतम तलवमान र २ सय खानाखर्च उल्लेख गरिएको छ । सच्चाउन लगाएको होइन । यो स्वतस्र्फुत हो । कामदारहरु असन्तुष्ट भएमा बसाई छोटो हुन्छ सन्तुष्टि भएमा लामो समयसम्म बसाई हुन्छ । चित्तबुझ्दो पारिश्रमिक पाएमा लामो बसाई हुन्छ । लामो बसाईले कम्पनीलाई पनि फाईदा हुन्छ । अनि कामदारको जीवनस्तर पनि बढ्छ ।



परिणाम कस्तो आउला ?

- कतारमा नेपालीहरुको मेहनती स्वभाव इमानदारीता र वफादारितावारे जगजाहेर छ । कतारको विकासका लागि नेपालीको योगदानको प्रसंसा हुँदै आएको छ । नेपाली कामदारलाई सम्बन्धित कम्पनी र स्पोन्सरहरुले रुचाएका छन् । यसर्थ पनि श्रमिकको न्युनतम मासिक तलवमा बृद्वि गराउने यो नयाँ निर्णयले सकारात्मक परिणाम दिने आशा गरेको छु । यो निर्णयवारेमा सुनेर एक युवाले त आफ्नो प्रतिकृयामा १ हजारमा खानाखर्च थपेर दिनुपर्ने सुझाव राखेका थिए । यसलाई सकारात्मकरुपमा लिएको छु किनभने त्यसो भन्नुको अर्थ पनि एक किसिमले यो कदमको स्वागत हो भन्ने सम्झिनुपर्छ । १ लाख रुपैयाँ खर्च गरेर आउने कामदारले ३ हजार रुपैयाँ हरेक महिना ब्याज तिर्नुपर्छ । मूलधन पनि २ बर्षमा फछर््यौट गर्नुपर् यो । ४ हजार त्यसमा लाग्यो । यहाँको खर्च औसत ६ हजार रुपैयाँ हुन्छ । यसरी हेर्दा उनीहरुको घरपरिवारलाई पालनपोषण गर्नका लागि उनीहरुलाई कठिनाई हुन्छ किनकी न्यूनतम स्तरको पालनपोषण खर्च पनि यहाँवाट पठाउनुपर्ने हुन्छ । त्यसकारण हरेक कामदारको हितका लागि यो पुनरावलोकन अत्यावश्यक र युक्तिसंगत छ ।



कामदारको माग घट्ला कि ?

- कामदारको माग घट्छ कि भनेर नकारात्मकरुपमा सोच्नु हुँदैन । समस्या कम हुँदै गए भने नेपालीको मागमा अझै बृद्वि आउने विश्वास छ । यो पुनरावलोकन भएपछि पनि हामीले अन्य देशका नागरिकको भन्दा सुलभ मुल्यमा श्रम आपुर्ति गरिरहेका छौं । यसकारण मागमा कमि आउने अवस्था आउँदैन । हामीले धेरै कुरा खोजेको पनि होइन कामदारलाई खाना वा खानाखर्च खाजेको हो यसमा सकारात्मक नतिजा आउने पुर्ण विश्वास छ । कतारको कुल गार्हस्थ उत्पादन ९ प्रतिशत छ र अर्को बर्षको प्रक्षेपण १२ प्रतिशतको छ । यो बेलामा अव कतारको विकास निर्माणमा अझै काम बढ्दैछ । यसर्थ यो हाम्रो पुनरावलोकनले कामदारको माग नघट्नेमा पुर्ण विश्वस्त छु ।



यो निर्णयकावारेमा नेपालका सम्बन्धित निकायहरुमा जानकारी गराइएको छ ?

- श्रम र परराष्ट्र मन्त्रालय बैदेशिक रोजगार प्रवद्र्वन विभागमा पनि पत्राचार गरी यो नयाँ पुनरावलोकनकावारेमा जानकारी नियोगले गराइसकेको छ । अन्य माथि उल्लेखित कारणहरुसहित श्रमिकको कतार आगमन र वसाईको खर्चलाई मध्यनजर गर्दै हाल पाइआएको न्युनतम मासिक पारिश्रमिक अपुग देखिएकोले सो निर्णय गर्नुपरेको पत्रमा जनाइएको छ । नयाँ सिमाभन्दा घटीमा श्रम स्विकृत नदिन सिफारिस गरिएको छ । जनसंख्या बढाउने मात्रै ध्येय लिनुभन्दा क्रमिकरुपमा जीवनको गुणस्तर बृद्विका लागि ध्यान दिनु आवश्यक भएको आशय नियोगले जनाएको छ । अर्कोतर्फ यो हठात् गरिएको निर्याय पनि त होइन । लामो समयको गृहकार्यपछि धेरै परामर्ष र छलफल पछि यो निर्णय गरिएको हो ।



कतार आइसकेकाहरुकावारेमा के होला ?

- पहिले नै कतार आइसकेका श्रमिक कामदारहरुको न्युनतम तलवसुविधाका वारेमा पनि हामीले सकारात्मक अपेक्षा राखेका छौं । १ जनवरी अघि प्रमाणित भइसकेका मागपत्रहरु अनुसार कतार आउने वा पहिले नै आइसकेका कामदारहरुका लागि पनि स्वभाविकरुपमा कम्पनीले मासिक पारिश्रमिक बृद्वि गर्ने आशा लिएको छु किनकी उनीहरु अनुभवी भइसकेका हुन्छन् । नयाँलाई दिने तलवभन्दा पुरानालाई कम गर्न नमिल्ने हुनाले स्वभाविकरुपले सम्बन्धित कम्पनीहरुले पुनर्विचार गर्नेछन् भन्ने आशा लिएको छु ।



यो पुनरावलोकनको सफल कार्यान्वयनका लागि नियोगलाई के कस्तो सहयोग चाहिएला?

- बैदेशिक रोजगार विभाग अध्यागमन विभागको सहयोग पाएको खण्डमा गाह्ो छैन । चेम्बर अफ कमस्र वा नोटरी पव्लिकबाट मागपत्र स्विकृत गरी पठाउनेहरुले नेपाली दुतावासको न्युनतम सिमा अनुसार काम गरेका छन् वा छैनन् भन्नेवारे जाँच गर्न एकपटक नियोगमा पठाईदिनुहोस् भनेर हामीले बैदेशिक रोजगार विभागमा चिठी पठाएको छौं । ुभेरिफिकेशनुका लागि उतावाट चिठी पनि आईसकेको छ । बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र ब्यवस्थित बनाउनका लागि नियोग विभाग र अध्यागमन ३ वटै निकायको सामूहिक प्रयास जरुरी छ । अनि मात्रै बनाउन सकिन्छ । अध्यागमनले भिसा पासपोर्ट र कामदारहरुको रोजगार सम्झौता राम्रोसंग परिक्षण गरिदिनु पर् यो । पहिलाको समयमा मध्यपुर्वका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रर्याप्त मात्रामा उडान नहुँदा नेपाल सरकारले भारत सरकारलाई दिल्ली र मुम्वईको बाटोवाट मध्यपुर्वतर्फ जान नेपालीलाई अनुमति दिन आग्रह गरेको थियो । अव उडानको समस्या छैन । पर्याप्त संख्यामा उडान हुने गरेका छन् । मध्यपूर्वमा बैदेशिक रोजगारीका लागि जान अव अनिवार्य रुपमा एकद्वार नीति लागु गराउनुपर् यो र काठमाण्डौवाटमात्रै उडान भर्नुपर्ने नीति नियम बनाउनुपर् यो ।

अर्कोतर्फ यो पुनरावलोकनलाई प्रभावकारी बनाउन नेपाली म्यानपवार ब्यवसायी र कतारमा कम्पनीहरु साचालन गर्दै आएका नेपाली उद्यम ब्यवसायीहरुको पनि पूर्णरुपमा सहयोगको जरुरी छ । यदि यो प्रभावकारी भयो भने समाजमा सवैको इमेज राम्रो बन्नेछ । यो कदमलाई कसैले पनि अन्यथा लिनु हुँदैन यो रहर होइन हाम्रो वाध्यता हो । यसलाई सवैले सकारात्मक लिनु पर् यो । नियोग सस्तो प्रचारप्रसारको लागि होइन नेपालहरुको हक हितका लागि हो । कतारस्थित नेपाली ब्यवसायीलाई अनुरोध गर्छु कि तपाईँहरु उदाहरण बनेर प्रस्तुत हुनुहोस् अनि सवैले अनुकरण गर्नेछन् ।



पहिला ६ सय रियाल तलव हुँदा ८० हजार देखी १ लाख रुपैयाँसम्म प्रायः सुन्नमा आएको शुल्क लिने रोजगार एजेन्सी वा एजेन्टले अव ८ सय रियाल तलव हुँदा १ लाख ५० हजार शुल्क लिने पो हुन् कि † यो पुनरावलोकनलाई आफ्नो फाईदामा प्रयोग गर्छन् कि ; सरकारले कस्तो संयन्त्र बनाउनुपर्ला ?

- आवश्यक शुल्कमात्रै लगाउने अनुमति दिन र सो ब्यवस्था मिलाउन पत्र लेखेका छौं । आगमन खर्च बढाउन नपाउने विषयमा पत्राचार गरेको छौं । यो जथाभावि शुल्क लिन नपाउने र सरकारले तोकेको शुल्क मात्रै लिन पाउने प्रावधानमा कडा निगरानी जरुरी छ । आउने टिकट पनि दिनुपर्ने प्रावधान भएपनि त्यसो हुन सकिरहेको छैन । यसको लागि पनि पहल गरिँदैछ । कामदारको लागि अनुमति दिनुभन्दा पहिले सम्वन्धित कामदारहरुको भिसा र रोजगार सम्झौता दुवै बैदेशिक रोजगार विभागवाट प्रमाणित गराउनुहोस् । यो अनिवार्य बनाउनुपर्ने प्रावधान बसाल्नुपर् यो । नियोग भएको देशमा रोजगारीका लागि आउने कामदारहरुको मागलाई नेपाली दूतावासवाट अनिवार्य प्रमाणित गराउनुपर् यो । अन्तिम स्विकृति दिनुभन्दा पहिला दूतावासवाट स्विकृत नभएका मागपत्रलाई स्विकृति दिनुभएन । अनिवार्य रुपमा काठमाण्डौवाट उडाउने ब्यवस्था मिलाउनुपर् यो । यी काम भएमा बैदेशिक रोजगारीलाई पूर्णरुपमा ब्यवस्थित मर्यादित र सुरक्षित बनाउन सकिन्छ ।



अन्य खाडी देशमा पनि यही अनुसार पारिश्रमिक बढाउने भन्ने कुरा छ कि ?

- पछिल्ला मिटिङ्गमा र माननीय मन्त्रिज्यू आउँदा पनि यो कुरा राखेको हो । हाम्रो आन्तरिक रिपोर्टमा पनि यी कुराहरु जनाएका छौं । उहाँहरु पनि सहमत हुनुहुन्छ । कुन देशले कामदारहरुलाई कति तलब दिने वा राख्ने भन्ने उसको कुरा हो । आफ्नो श्रमको मूल्य आफै तोक्नुहोस् धेरै तोक्दा अवसरवाट बिाचत हुन सक्नुहुन्छ र थोरै तोक्दा जीवनयापनमा कठिनाई हुनसक्छ । त्यसैले सवैपक्षलाई ध्यान दिएर तोक्नुपर् यो । मलेशिया वा खाडीका अन्य मुलुकमा कति पाएका छन् भन्ने कुरा भन्दा पनि स्थानीय बजारमा अन्य देशकाले कति पाएका छन् त्यो महत्वपूर्ण हुन्छ । स्थानीय बजारमा प्रतिस्पर्धा गर्ने हो । हरेक देशको आर्थिक अवस्था फरक हुन सक्छ । त्यसैले ध्यान दिएर तोक्नुपर्छ । ज्याला दिनेमा पनि आर्थिक अवस्थाले प्रभाव पर्छ ।



विप्रेषण रेमिट्यान्समा केहि परिवर्तन देखिएला ?

- नेपाल भित्रिने कुल रेमिट्यान्सको २१ प्रतिशत हिस्सा कतारले ओगटेको भएपनि यहाँबाट हाल अन्य मुलुकले भित्राउने रेमिट्यान्सको अनुपातमा यो अझै कम हो । यहाँ दक्ष ब्यवसायीक विज्ञ कामदारहरु बढाउन सके यो बढ्छ । म पुर्ण विस्वस्त छु कि यो पुनरावलोकनले पनि यहाँ नेपाली समुदायको स्तर अभिबृद्वि गर्नुका साथै रेमिट्यान्समा उत्साहजनक बृद्वि ल्याउन मद्दत गर्नेछ ।



नयाँ कामदारको न्युनतम पारिश्रमिक तोकिएको अवस्थामा पुराना कामदारलाई के भन्न चाहनुहुन्छ ?

- यो नयाँ निर्णय १ जनवरीबाट लागु हुने हो । नयाँका तलव बढि हुँदा पुरानाको तलवलाई पनि सम्बन्धित कम्पनी वा स्पोन्सरले पुनरावलोकन गर्नेछन् भन्ने विश्वास राखेको छु । पुराना कामदारलाई अझै बढी माया गरेर राख्नेछन् भन्ने विश्वास छ किनकी अव उनीहरु गएपछि नयाँलाई ल्याउने प्रकृया गर्नुभन्दा तीनै अनुभवीहरुको महत्व झन् धेरै बोध हुने आशा राखेको छु । नयाँ आएपछि पुरानाले स्वभाविक रुपले १ वा २ बर्षपछि यो पुनरावलोकन अनुसारको पारिश्रमिक वा सुविधा पाउने विश्वास लिएको छु । विश्व आर्थिक मन्दीका कारणले गर्दा सन २००८ र २०१० को विचमा पुनरावलोकन गर्न सकिएन । अव भएको छ यो पहललाई सकारात्मकरुपमा हेर्नुहोला र संयम एवं धैर्य राख्नुहोला ।



अन्तमा केहि ?

- अव नयाँ आउनेहरुलाई दलाल मार्फत नभई दर्ता भएका बैदेशिक रोजगार एजेन्सीमार्फत मात्रै कतार आउन अनुरोध गर्दछु । नेपाल सरकारले तोकेको दस्तुर मात्रै तिरेर आउनुहोला बढि नतिर्नुहोला । ब्यक्तिगतरुपमा पठाइएका भिसामा आउँदा धेरैले समस्याको सामना गर्नुपरेको छ सचेत रहनुहोला । अव यहाँ कतारमा भएका सवैजनालाई नेपाली दुतावासलाई दिएको साथ समर्थनका लागि हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । तपाईँको पत्रिकामा यसवारेको समाचार पढें । सकारात्मक सन्देश प्रवाह गर्नुभएकोमा कृतज्ञ छु र यसवारे सकारात्मक भावना विस्तारका लागि पहल गर्नुभएकोमा धन्यवाद ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi