आपुनै ज्यानको पिरलोले हो कि सत्ता राजनीतिको कोखाकाखी दुखेर हो यतिखेर झल्लुनाथ कमरेड उर्फ सरकार पार्टीका प्रधानपात्र दक्षिण झरेका छन् । भन्नलाई त रामदेवजीको योग शिविरतिर लाग्ने हल्ला गर्दै उनी दक्षिण छिरेका हुन् तर त्यहाँ उनले रामदेवको योगको साटो हरामदेव िसंहको नेपाल विजोग बनाउने शिविर छिरेर फिर्ने सम्भावना पक्कापक्की जस्तै छ । हुन त नेपाली सत्ताको भत्ता खाएर रोगी भएकाहरुको आयु प्राणवायु र अल्पायु त्यतै दक्षिणकाली प्रभुहरुले नै निर्धारण गर्छन् । मन लागे भर्छन् मन नलागे फुस्काइदिन्छन् । त्यसैले पनि नेपाली पाराको रुघाखोकीदेखि कुसर्ीभोगी रोगसम्मको उपचार उतैका हरामदेव डाक्साबहरुले गर्दै आएका छन् । सायद पछिल्लो समयमा नेपालाँ देखिएको समायोजन बर्हिगमन के जाति संविधान लेखन सडक वायु थामथुम पारी सरकार आयु कसरी बढाम आदि इत्यादी रोगले सिकिस्तै माकुने मण्डलीको इन्जेक्सन खोज्न र इन्धन भर्न उनी हतारमा त्यता दौडिएका हुन सक्छन् ।
उसो त माकुने मण्डलीको प्राणवायु कसको हातमा छ दानापानी कसको गोदाममा छ र माकुने मण्डली सेरमोनियल राष्ट्रपतिको सेरेमोनियल राष्ट्रपत्नी कसरी बनिरहेको छ भन्ने कुरा अब तपाईसँग कति गरिरहनु
पछिल्लोपटक हाम्रा सेरेमोनियल राष्ट्रपति महोदयले फेरि पनि संविधानमाथि धोति लगाइदिएको खबर आइरहेको छ । उनलले विगतमा सरकारविरुद्ध आफूले गरेका ुमहान् कार्यहरुको दक्षिणकाली मिडियाहरुमार्फत् सफाई दिइरहेका छन् । खैर हाम्रा राष्ट्रपतिदेखि गायत्रीदेवीका पतिसम्म पनि उनै दक्षिणकाली प्रभुदेवको चरणकमलमा घोप्टिएको इतिहास र वर्तमान हाम्रासामू ताजै छ ।
अहिले घोप्टिएका हैन उत्तानो परेका कुरा गरौं । योग शिविरका लागि झल्लु कमरेड उत्तानो पर्न गएको केही दिन नबित्दै यता अर्को करामत शुरु भइसकेको छ । हुन त सरसल्लाह र होहल्ला पहिल्यैदेखि चलेको हो । तैपनि सरकार पार्टीका प्रधानपात्र दक्षिण छिर्नु उनी दक्षिणतिरै योग वियोगमा घोप्टे उत्तानो पर्दै प्लस माइनस गरिरहँदा यता सुनौलीतिरबाट गाडीका गाडी गोली खाने भाँडाहरु नेपालतिर छिर्नु यो कस्तो अचम्म ! संयोग भन्ने कि षड्यन्त्र अनुमान गर्ने जिम्मा तपाईकै ।
झल्लुनाथ कमरेड योग शिविरतिर गएर घोप्टे उत्तानो परुन् कि राष्ट्रपति र गायत्रीदेवीका पतिले संविधान नियम कानून मिच्दै गरुन् त्यतापट्टि नलागौं बरु तपाई हाम्रो लागि खुसीको कुरा छ ।
भर्खरमात्रै दक्षिणकाली प्रभुदेवले दर्जनौं ट्रकका ट्रक गोली खाने भाँडाहरु र गोलीहरु पठाइदिएका छन् र हाम्रा विद्यापति र भीमबाँदरहरुले त्यो भित्र्याएका छन् त्यो जम्मै हाम्रो लागि हो । यहाँ कहिले झाडापखाला र हैजाले कहिले बाढीपहिरो र आगलागीले मर्नुभन्दा हाम्रो ुमहान् माकुने सरकारुले छिमेकबाट ल्याइदिएका गोली खाएर मर्नु पो मजा । रोग भोक अशिक्षा बेरोजगारमा हैरान दुनियाँलाई खाद्यान्न रासन औषधी गरी बेकारमा टेन्सन लिनुभन्दा ठूल्ठूला भिटामिनका जस्ता क्याप्सुल ड्याम्म ड्याम्म खुवायो सारा नेपालीहरु आनन्दले सुत्छन् त्यसपछि गाँस बास कपासको खेलै खत्तम । सरकारलाई पनि आनन्द हामी खानेलाई झनै आनन्द । कि कसो