गाउँ-गाउँबाट उठ वस्ती-वस्तीवाट उठ -लक्ष्मण खतिवडा नेपाली समाज ऐतिहासिक पुर्नःनिर्माणको प्रकि्रयामा छ भनेर हल्ला गरिएको पनि वर्षौ भयो । नविन परिवर्तनका हल्ला गर्नेहरु आफ्नै स्वार्थ िस¢ गर्न म्याराथुन दौडिरहेछन् । कसैलाइ म्यारथुनको चिन्ता छ कसैलाई राष्ट्रपति नपाएकोमा चिन्ता छ । कसैलाई प्रधानमन्त्री फुत्किएककोमा गहिरो चोट छ । कसैलाई मन्त्री नभएकोमा रोष छ त कसैलाई सरकारी ढुकुटीको दुरुपयोग गरेर विदेश सयर गर्न नपाएकोमा आक्रोश छ । अर्काको दानले चल्नुपर्ने राष्ट्र अर्काको माटोमा रगत र पसिना बगाउने प्रवासीको रेमिटेन्सले चलेको राज्य सबैले पाउनुपर्ने मोज गर्नुपर्ने राष्ट्रिय ढुकुटी । सबै पाउन कै लागि हतारिरहेछन् । कोशीको पीडा सुदुर पश्चिमको भोकमरीले दरवारमार्गको के एफ सी९प् ।ँ ।ऋ० र पिज्जा हट९एष्शशब ज्गत० लाइ गिज्याइ रहेछन् । एयर एम्बुलेन्समा उपचार गर्न विदेश जाँदा समेत राष्ट्रपतिको सपना देख्ने नागरिक सर्वोच्चताको झ्याली पिटेर प्रधानमन्त्रीको पद हडप्न खोज्ने अनि इतिहासका सवभन्दा नालायक मान्छेले देशको नेतृत्व गर्ने यो नेपाल राज्य कसैको पुर्खेली पैतृक चल अचल सम्पति होइन मिलेर भाग बन्डा गर्ने र मोज गर्ने । हामीलाइ करिमा बेगम जस्ताी मन्त्री बनाउन लोकतन्त्र चाहिएको हा त हामीलाई सुजाता कोइरालालाई उपप्रधान मन्त्री बनाउन गणतन्त्र चाहिएको हो त सडकमा चुरा बेचेर बसेकालाइ होस वा हत्यािहंसा र आतंकका प्रतिमुर्ति मानिएका बबन िसंह जस्तालाई सभासद बनाएर राज्यको ढुकुटी रित्याउन हामीलाई संविधान सभा चाहिएको हो त नयाँ नेपाल भनेको के हो न त सहिद गेटको अभागी सहिदलाई थाहा छ न त नाथे धरहरालाई नैं । नयाँ नेपाल त गिरिजाबावु र क।प्रचण्डको खल्तीमा छ । यदि नयाँ नेपालका नाममा उनीहरुले मोजमस्ती चाहने हो भने सबै नेपाली जनता सती गए हुन्छ । आर्थिक सामाजिक रुपले नेपाली समाजको रुपान्तरण गरिने र सदियौं देखीका अन्यायअत्याचार र निरंकुशतालाई निमिट्यान्न पारी समुन्नत नेपालको निर्माणका लागि नेपाली जनताले पटक-पटक जन- आन्दोलन गरेका हुन । तर खै त उपलब्धि सभामुख महोदय भत्ता खानकै लागि सभामुख भै रहने कि संविधान पनि लेख्ने हो नेपाली जनताको सर्वोच्च निकायमा बसेर संसद लाई रत्नपार्क बनाउन लाज लाग्दैन के नेपाल राज्यमा यस्तै नालायक मानिसको आवश्यकता छ हस्ताक्षर गर्न नजान्नेलाई सभासद बनाइयो पढन् नजान्नेलाइ मन्त्री बनाइयो अनि संविधान कसरी लेखिन्छ त
सुकिलो भएर सानदार जीवन बिताउनै संविधान सभामा अध्यक्ष बनिरहने हो भने केही छैन नत्र दिनुपर् यो राजीनामा कि त लेखिनुपर् यो संविधान । संविधान लेख्ने जिम्मा दिएर पठाउने हामी प्रवासमा रगत बेचेर रेमिट्यान्स पठाउने हामी अनि संविधान लेख्नका लागि चुनेर पठाएका सभासद चाँही संसदमा बसेर हो-हल्ला गर्ने अनि लाज पचाउँदै भत्ता कुम्ल्याउने खबरदार ! हो-हल्ला गरेर भत्ता पचाउन पाइँदैन । भत्ता खान त हामी जस्तै गरी विदेशमा अर्काको दास भएर बस्नुपर्छ । धिक्कार छ मलाई म पनि तिमीहरु जस्तो नालायक नेताको देशमा जन्मिए । साँच्चै सतिले सरापेको रहेछ नेपाललाई । नत्र किन देशमा यस्तो भयावह परिस्थिति आउँछ त के हामी सार्वभौम सत्ता सम्पन्न छौं त प्रश्न को सँग गरौं प्रतिप्रश्न उब्जिन्छ मनमा । के हो नागरिक सर्वोच्चता र उच्चस्तरिय संयन्त्र यी के का लागि संविधान लेखिनका लागि वा नेपाल राज्यको अस्तित्व नैं सखाप पार्नका लागि अति नैं भइसक्यो अव त । कोशीको पनि धैरै पानी बगिसक्यो । कोइलीले विरहको धेरै गीत गायौ तर खै त नेपालमा परिवर्तन आएको परिवर्तन त धेरै आएका छन् । न विधिको शासन छ न त शान्ति सुरक्षा नैं । कानुनका छडी लिएर बसेका मानिसहरु आफैं नैं असुरक्षित महसुस गरिरहेका छन् । प्रधानमन्त्री मात्र भत्ता खानका लागि अनि छोरानातीभाइभतिजा र आफ्ना पार्टीका भाइ-भारदारहरुलाइ मीठो मसिनो खुवाउनको लागि त्यो पद धानिरहेका छन् । साँच्चै पदका लागि नेपालका राजनेताले नेपाल राज्यलाइ नैं बेच्ने दिन आउँदैछ अब र त्यो दिन पनि त्यति धेरै टाढा छैन । अब पनि नेपाली जनताले चुप लागेर बस्ने हो भने हामी नेपाली हुन पाउँने छैनौं । नेपाल राज्यको अस्तित्व नैं धरापमा पर्ने सम्भावना छ । त्यसैले हे नेपाली जन समुदाय नागरिक समाजका अगुवाहरु हो अब कति रमिता मात्र हेर्ने त्यसैले म भन्छु -
गाउँ-गाउँबाट उठ वस्ती-वस्तीवाट उठ
जे छ हातमा त्यही लिएर उठ । ू
अब पनि कानमा तेल हालेर सुत्ने हो भने हाम्रो अस्तित्व नैं विलिन हुनेछ । अव त उठनुपर्छ । आफ्नो स्वार्थ र पार्टीलाई राष्ट्रिय स्वार्थभन्दा माथि ठान्नेहरुको ढाडमैं प्रहार गर्नुपर्छ । संविधान लेख्छौं भनेर कसम खाएर संसदलाई रत्नपार्क बनाउने सभासदहरुलाई लखेट््नैंपर्छ । मर्ने बेलामा राष्ट्रपति हुन चाहने वयोवृ¢ नेता देखि नागरिक सर्वोच्चताको खोक्रो भाषण गर्ने र इतिहास कै सवभन्दा नालायक प्रधानमन्त्री तीनैजनालाई चार भाज्याङ्ग कटाउनै पर्छ । हामी प्रवासमा बसेकाहरुले पनि एकजुट भएर साथ दिनुपर्छ । आजै देखि आ-आफ्नो स्थान देखि संघर्षको सुरुवात गरौ नत्र ढिलो हुनेछ । हाम्रो साथ छ हामी पनि आउँछौं । देश नैं नरहे हामी किन रहनुपर् यो आफ्नो माटोमा पसिना चुहाउन समेत नदिने यी नेताहरुलाई लखेट्नैपर्छ । सभासदका नाममा राज्यको ढुकुटी कति सकेछन् खोज्नुपर्छ नेपाली जनताले ।
करीमा बेगम जस्ता तुच्छ र नालायक मन्त्रीहरुलाई माफ गरेर साध्य छैन । यी नयाँ नेपालका खलपात्र हुन । हामीलाइ नेपाल चाहिएको हो । हामी नेपाली हौं र हुनुपर्छ । न त हामीलाई दिल्लीको संविधान चाहिएको छ न त बेइजिङ्गको । न त हामीलाई ह्वाइट हाउसको ह्वीस्की नैं । मात्र चाहिएको हो समानता एवम् समुन्नत नयाँ नेपाल बनाउने लोकतान्त्रिक संविधान । अब नेपाली जनताले खबरदारी गर्नुपर्छ । सतर्क भएर रहनुपर्छ । २४ जना व्यक्तिहरुको स्वार्थले नेपालको अस्तित्व मेटिनुहुन्न । हामी सबै नेपाली हौं । न त हामी लाई मधेश चाहिएको हो न त थरुहट र मगरात न त लिम्बुवान र खम्बुवान नैं । हामीलाई त चाहिएको छ केवल सफल समुन्नत र विकसित देश नेपाल र जे भए पनि जहाँ भएपनि हामी नेपाली हुनुपर्छ । यदि नेपाल राष्ट्रको अस्तित्व नैं रहेन भने हाम्रो के हाल होला पहिला नेपाल रहनुपर् यो अनि मात्र उल्लेखित विषयमा लाग्दा राम्रो होला । त्यसैले अब कसैको कार्यकर्ता भएर होइन हामी सम्पूर्ण नेपाली जनता भएर सोच्ने बेला भएको छ । हामी गैर आवासिय नेपाली पनि एकजुट हुनेबेला भएको छ । हामी हामीलाई फुटाएर नेपालका राजनैतिक गिरोहहरुले फाईदा लुटिरहेछन् । हामीमा विचार फरक होला तर समान उद्देश्य छ । विचारको बहस पछि गरौंला तर अहिलेको साझा मुद्धामा एकाकार बनौं र गरौं खवरदारी । नेपाल राज्य कसैको वाउको विर्ता होइन भाग बन्डा गर्नको लागी । यदि नेपाललाइ टुक्रयाउन खोजिन्छ भने हामी प्रवासी चुप लागेर बस्ने छैनौं । हामी पनि एक शक्ति हौं । हाम्रो शक्ति यदि प्रयोग गर्नुपर् यो भने नेपालका सम्पर्ण राजनेताहरु हावाले कसिङ्गर उडाए जस्तै गरी उड्नेछन् । सबैले समयमै सोच्नुपर् यो । नत्र पूर्वराजा ज्ञानेन्द्रको अवस्था नआउला भन्न सकिन्न । ज्ञानेन्दले बस्ने बास त पाएका छन् तर तिमीहरुले त्यो बस्ने बासको त कुरै छाडौं मर्ने बेलामा नेपालको एक चिम्टी माटो पनि पाउने छैनौं । अव सम्पूर्ण गैर आवासीय नेपालीहरु एक ढिक्का भएर गर्नुपर् यो खबरदारी । हामी नैं चुपलागेर बस्यौं भने हाम्रो अस्तित्व मेटिने छ । हामीले अब ढिला गर्न हुन्न । घाम डुब्न लागिसकेको छ घाम डुबे पछि त बर्बाद हुन्छ । अब सोचौं एउटै माचमा उभिने प्रण गरौं । विश्वको कुना-कुनाबाट खवरदारी गरौं । नेता जी अब राष्ट्रिय स्वार्थको पालो हो । तिम्रो सेवा गर्ने दिन गए । राज्यको सेवा गर समयमा सही निर्णय गर । नत्र सखाप हुने छौ ।
हामी सम्पूर्ण गैर् ह आवासीय नेपाली हुरी बनेर आउने छौं तिमीहरु पात पतिङ्गर उडे झैं उड्ने छौ । आफ्नो राष्ट्र र राष्ट्रियता हाम्रो लागी सब थोक हो । प्रवासीलाई सोध के हो राष्ट्रियता भनेर मातृभुमिको माया कति हुन्छ भनेर अब समस्त गैर आवासीय नेपालीहरु जुट्ने बेला भै सक्यो देशको वर्तमान अन्योल हटाउने एकमात्र शक्ति गैर आवासीय नेपाली हो । अव हाम्रा साना तिना विवादलाई छोडौं र मातृभुमि प्रतिको दायित्व पुरा गर्न आउ हातमा हात र काँधमा काँध मिलाउँ । सुन्दर शान्त र समुन्नत नेपालको निर्माणको लागी महायज्ञकौ शंखनाद गरौं । अस्तु ।