यतिखेर हाम्रो देशको राजनीतिक अन्यौलता अस्थिरता र खिचातानीका कारण आर्थिक सामाजिक राजनीतिक शोषण उत्पीडनले जनता आक्रान्त बनेका छन् । दिनप्रतिदिन बेरोजगारी भ्रष्टाचारी रोग भोक र शोकले छटपटाइरहेका छन् । बेरोजगारी र भ्रष्टाचारी दिन दुगुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ । त्यस्तै जनसंख्या पनि तीव्रतररुपमा वृद्धि भइरहेको छ भने रोजगारीका अवसरहरु जनसंख्या वृद्धिको अनुपातमा बढ्नुको साटो घट्दै गइरहेको छ । प्रत्येक वर्ष ३ लाखभन्दा बढी युवाशक्ति नेपालको श्रम बजारमा उत्रिन्छ अर्थात १८ वर्ष पुगी श्रम गर्न शारीरिक मानसिक र शैक्षिकरुपमा योग्य हुन्छन् । तर ती तीन लाखमध्ये एक लाख जतिले मात्र रोजगारीको अवसर पाउँछन् र बाँकी दुई लाख युवा शक्ति बेरोजगारीको चपेटामा पिरोलिन्छन् र त्यसपछि भारत साउदी अरब कतार दुबई मलेसिया इराक अफगानिस्तान कुवेत लेवनानलगायतका विदेशी गल्ली-गल्लीमा चौकीदारी कोठी र ज्युभ धयचपभच कुल्ली काम गरि मोटो कमाई गर्ने र आर्थिक जीवन स्तर सपार्ने आशैआशमा जवानीको रगत र पसिना ती पराई मुलुकमा खर्चिन्छन् । यति ठूलो उर्जाशील युवा श्रमशक्ति विदेश पलायन हँुदा गाउँमा आफन्तको मृत्युपछि लास उठाउने युवा पनि पाउन गाह्रो भइसकेको छ । यो शक्ति गाउँमा बाआमा र आफन्तको मृत्युपछिको शोक विदेशी गल्ली र कोठीमा मजदूरी गर्दै मनाउन विवश भएको छ । अहिले खाडी मुलुक र साउदी अरब दुबइ कतार बहराइन मलेसिया कुवेत लेवनानजस्ता मुलुकमा मात्रै १९ लाखभन्दा बढी युवाहरु नुनको ट्याब्लेट खाएर श्रम र पसिना बगाउन बाध्य छन् । जब कि नेपालको अहिलेको घरपरिवार संख्या ३६ लाख छ । यसले के देखाउँछ भने आधा घरपरिवार संख्याको प्रत्येक घरबाट एक जना ती मुलुकमा मात्रै रोजगारीको निम्ति पुगेको तथ्याङ्कले देखाउँछ । त्यस्तै छिमेकी मुलुक भारतमा आयआर्जन गरि घरव्यवहार चलाउनको लागि ६० लाखको हाराहारीमा नेपालीहरु त्यहाँ रहेको देखिन्छ ।
३० हजारभन्दा बढी त नेपाली युवाहरु भारतीय सेनामा कार्यरत रही बलि बोकोजस्तै बन्न विवश पारिएका छन् । अहिले खाडी मुलुक साउदी अरब कतार दुबइ कुवेत मलेसिया मात्रै प्रत्येक दिन ६ सयभन्दा बढी नेपाली युवाहरु रोजगारीको निम्ति विदेश पलायन भइरहेका छन् । देशको आर्थिक विकास उन्नति र प्रगतिको निम्ति चाहिने यति ठूलो श्रमशक्ति विदेश पलायन हुनुमा देशको समग्र विकासका निम्ति दुर्दशा नै मान्नुपर्छ । यी भयानक दुरावस्थाको बारेमा हाम्रो देशको राज्यसत्ता साचालनको ठेक्का लिएका राजनीतिक पार्टी र नेताले कहिले बुभुने हुन् यो रोग भोक शोक र बेरोजगारीले पि_िल्सएका आम उत्पीडित श्रमजीवी सर्वहारा वर्गीय जनताको प्रश्न हो ।
नेपालीहरु मिठो मसिनो खाने र सुकिलो लगाउने रहरै रहरमा आपुनो घरबारी छोडेर विदेश दौडिने र आपुनो जन्मभूमिमै श्रम र पसिना बगाएर जे पनि गर्न सकिन्छ भन्ने कुरालाई बिसे्रर यो विदेशीको गुलामी गर्न जाने परम्पराको थालनी सन् १८१४ देखि १८१६ सम्म नेपाल र वि्रटिस साम्राज्यवादबीचको युद्धपछि भएको सन् १८१६ को सुगौली सन्धिपछि ढोका खुलेको हो ।
नेपाली युवाको साहस बहादुरी र लडाकुपन देखेर अचम्म भएको वि्रटिस साम्राज्यवादले त्यो साहस बहादुरी र लडाकुपनको प्रयोग गरी साम्राज्य फैलाउने सोंचले गरेको सन् १८१९ को गोर्खा भर्तीकेन्द्रको सुरुवातदेखि नै नेपाली युवाहरु वि्रटिस सेनामा भर्ना हुन थाले र त्यही बेलादेखि शुरु भएको रोजगारीको निम्ति वि्रटिस सेनामा भर्ना भई लाहुरे बन्ने यो परम्परा अंग्रेजले भारत छोडेर गएपछि गरिएको सन् १९५० को असमान सन्धिले पुनः निरन्तरता दियो र यो विदेश पलायन हुने परम्पराको अन्त्य गर्नतिर हाम्रो देशका शासकहरु लाग्नु र राज्यले रोजगारीका अवसरहरु खोली युवालाई स्वदेशमै रोजगारी दिने काम कहिल्यै गरेन । बरु यसको विपरित ती विदेशी मुलुकलाई कुनै रोकतोक नेपाली युवाहरु सस्तो श्रममा किन्न आग्रह गर् यो र युवाहरुलाई रोजगारीको निम्ति विदेश पलायन हुन झन् प्रश्रय दियो । जसले गर्दा अहिले नेपाली युवाहरु सस्तो श्रममा किनिन र बेचिन बाध्य पारिएका छन् । यो नालायक पुरानो राज्यसत्ताले यति ठूलो युवा शक्ति विदेश खेदेर वैदेशिक रोजगारीबाट यति विदेशी मुद्रा भित्रियो गरीबीको संख्या यति घट्यो भनेर नेपाल जनतालाई भ्रमित पारिरहेको छ । सम्पूर्ण नेपाली जनताले बुभुनुपर्ने अनिवार्य कुरो के हो भने वैदेशिक रोजगारीले हामी र हाम्रो देशको आर्थिक स्तर उकास्ने होइन झन्पछि झन् दीर्घकालीन रुपमा हामी गरीबी र बेरोजगारीको भासमा भास्सिरहने छौं । किनभने त्यो वैदेशिक रोजगारी भनेको चिरकालको लागि होइन क्षणिक हो । एकछिन सोचौं त अहिले नेपाल युवा किनी सस्तो लगाइरहेका ती मुलुकले रोजगारी बन्द गरिदिएर सबै नेपाली युवालाई फिर्ता पठाई काम दिएनन् भने र ती लाखौं युवाहरु स्वदेश फर्किए भने नेपाल र नेपालीको हालत के हु्न्छ त्यसैले अब यो देशको राज्यसत्ताले नेपाली युवाहरुलाई रोजगारीको निम्ति विदेश खेद्ने होइन । स्वदेशमै उद्योगधन्दा खोली रोजगारीको अवसर निर्माण गर्नुपर्छ । अनिमात्रै नेपालको बेरोजगारी समस्या समाधान हुन्छ । नेपालीमा एउटा उखान प्रचलनमा छ ुबाँदरले आपुनो घर पनि बनाउँदैन अर्काको घर पनि बनाउन दिदैन भत्काइदिन्छ ।ु यहाँ त्यस्तै भइरहेको छ । संविधान सभाको चुनावपछि सबैभन्दा ठूलो दलको रुपमा उपस्थित भएको एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम जुन कार्यक्रमले बेरोजगारी जनतालाई आफै रोजगारी गर्नलाई २ लाखसम्म ऋण अनुदान दिन निर्णय गरिएको थियो । त्यस्तै सस्तो सहकारी पसलअन्तर्गत उपभोक्तालाई सस्तो मूल्यमा वस्तु उपलब्ध गराउने र जनतालाई सहकारीमा सहभागी गराई आयस्तर बढाउने उद्देश्यले ल्याएको युवा स्वरोजगार र सस्तो सहकारी पसलको कार्यक्रमलाई राजनीतिक स्वार्थका कारण बाइस दलीय कठपुतली एमाले नेतृत्वको सरकारले बेपत्ता बनाएको छ । गरीबी अभाव र बेरोजगारीले छट्पटाइरहेका जनताको पहिलो चाहना र आग्रह के हो भने जनपक्षीय कार्यक्रम जुनसुकै पार्टीले ल्याएको भएपनि त्यसलाई कार्यान्वयन हुन दिनुपर्छ भन्ने हो । नेपाल अहिले यो दुर्दशामा हुनुका धेरै कारणमध्ये राजनीतिक स्वार्थपूर्तिपूर्ण बाँदरे प्रवृत्ति पनि एउटा कारण हो । त्यसैले समग्र देश र जनताको भलाई निम्ति पार्टीगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न र बाँदरे प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।
अब बन्ने नयाँ संविधानमा युवाहरुलाई स्वदेशमै रोजगारी दिन सीप क्षमताको विकास गर्न छुट्टै युवा मन्त्रालयको व्यवस्था गरिनुपर्छ । सम्पूर्ण युवालाई राज्यले रोजगारी दिनुपर्छ र रोजगारी दिन नसके युवा बेरोजगार भत्ता दिनुपर्छ । अनिमात्र युवाले साँच्चिकै नयाँ नेपालको अनुभूति गर्नेछन् ।