विश्व बजारमा श्रम बेच्ने क्रमको विकास संगसंगै नेपाली मजदुरहरुको संख्या मध्यपुर्वको खाडी मुलुक कतारमा साढे तीन लाखको हाराहारीमा पुगिसकेको छ । ूअकबरी सुनलाई कसी लाउनु पर्दैन भनेझै जतिसुकै कठिन परिस्थितीका वावजुद पनि शालिन इमान्दार परिश्रमी र मेहनती ढंगले काम गर्न सक्ने देशका व्यक्तिहरुको रुपमा नेपाली मजदुरहरुले पहिचान बनाएको प्रशंसा हामीले गरिरहनु पर्दैन स्वयं यहाँका कम्पनी मालिक र अन्य देशका व्यक्तिहरुले गरिरहेका छन् ।
तर हामी यति धेरै प्रशंसा गर्न योग्य भएर पनि सधै तल्लो दर्जामा रह्यौ न्युन वेतनमा काम गरिरहयौ र आफैलाई धान्न नसक्ने अवस्थामा पनि घोटिइरह्यौ पि_िल्सरहयौ किन त यो प्रश्न आज सवैका सामु टड्कारो रुपमा उव्जिएको छ । यसैलाई मध्यनजर गर्दै नेपाली दुतावास कतारले कतारी रियाल ४०० मा काम गरिरहेका नेपाली अदक्ष कामदारहरुको तलबलाई २००८ जनवरीबाट लागुहुने गरि ६ सय बनाएको थियो त्यो समयमा एकाध व्यक्तिहरुले विरोध जनाएका भएपनि लगभग ९९ प्रतिशत नेपालीहरुको हितमा भएकैले सफल कार्यान्वयन गरेकोमा नेपाली दुतावासलाई हामी धन्यावाद न दिइरहन सक्दैनौ । हाल फेरी नेपालीहरुको श्रम मेहनत र इमान्दारिताका साथै आउदा लाग्ने खर्चको अनुपातमा नेपाली श्रमिकहरुले पाउनुपर्ने तलव तथा सुविधाहरु निकै न्युन भएको आधारमा दुतावासले तलबको रुपमा नभई खाना वापत लाग्ने खर्च २०० रियाल कम्पनीले बेहोर्नु पर्ने गरी नेपाली कामदार राख्न चाहने कम्पनीहरुले मागपत्र ल्याउनु पर्ने प्राबधानको बारेमा नेपाल सरकारलाई जानाकारी गराई कार्यान्वयनमा ल्याई सकेको अवस्थमा केही व्यक्ति तथा संस्थाहरु उक्त निर्णय विरुद्धमा उत्रदै विभिन्न शक्ति केन्द्र धाउनुले समाजसेवी कहलिएकाहरुको मुखुण्डो रमाइलैसंग उदाङ्गिएको हामीले देखिरहेका छौ ।
कतारको स्थितीलाई मुल्यांकन गर्ने हो भने विभिन्न रुप र रंगका संघ संस्थाहरुले पुरै ढाके पनि जिल्ला-जिल्लाका नेपाली नागरिकहरुलाई समेट्ने गरी बनेको भौगोलिक संस्थाहरुको जति उपस्थिती प्रभावकारी भएको छ त्यही मात्रामा अरु संघसंस्थाहरुको रहन सकेको छैन र सक्दैन पनि चाहे त्यो आफुलाई छाता संगठन भने दावी गर्ने एनआरएनए होस् या विभिन्न राजनैतिक दलहरुको विचारलाई वोकेर हिड्ने राजनैतिक संगठनहरु नै किन नहुन् । श्रमिकहरुसंग प्रत्यक्ष रुपमा जोडिएको कारणले पनि एकाध बाहेक जिल्लागत संरचनाहरुलाई मजदुरहरुको बढी चिन्ता छ र हुने गर्छ त्यसैले नेपाली दुतावासले जारी गरेको प्रावधानलाई श्रम मन्त्रालयका कर्मचारीले ठग दलालहरुको मिलेमतोमा हचुवा र वास्तविकता नबुझी अर्नगल प्रचार गरेकै कारण दवाव तथा राम्रो कामलाई प्रोत्साहन गर्ने सकारात्मक सोचाइको कारण उक्त प्रावधान लागु गराउन दवाव तथा समर्थन र स्वागतको लागि हस्ताक्षर अभियान संकलन गरेर प्रधानमन्त्रीको कार्यालयमा समेत बुझाइसकेको अवस्थामा सो श्रमिक हकहितका लागि भएका सामुहिक कार्यलाई नितान्त व्यक्तिगत र राजनैतिक लेपन लगाएर विषयको गम्भीरतालाई मोड्ने प्रयास गरिरहेका छन् । कम्पनीका मालिक म्यानपावर व्यवसायी तथा त्यससँग सम्बन्धित व्यक्तिहरुको वोलावाला भएको एनआरएनए कतारलाई यस विषयमा टाउको दुख्नु कुनै नौलो कुरा भएन तर सामाजिक अझ धेरै संस्थाहरुको संयुक्त मोर्चा भनेर चिनिने संस्थाका प्रमुख व्यक्तिले नै हस्ताक्षर गर्ने संस्थाहरुलाई फोन गर्दै धम्काउने तथा थर्काउने गर्नाले उनीहरुले सुगा रटाइ गर्ने गरेको समाजसेवाको औचत्य पुष्टी भएको छ ।
जहाँसम्म श्रमिकहरुको हकहितमा भएको अभियानलाई राजनैतिक प्रकृतिको भनेर अपभ्रंस र अपव्याख्या गर्ने काम भएको छ त्यसले सम्पुर्ण संस्थाहरुमाथि दादागिरी देखाउने र मजदुरहरुलाई दिगभ्रमित पार्ने बाहेक कुनै नयाँ काम गर्न सक्दैन । यहाँको सापेक्षतामा समाजसेवी र समावेशी संस्था एक मात्र हुनसक्छ त्यो हो जिल्लागत संरचना तर त्यसलाई पनि केही दलाल प्रकृतिका व्यक्तिहरुले राजनैतिक दलदलमा डुवाउने असफल प्रयत्न गरिहेका छन् । तिनीहरु भनेका दिउँसो देखिदा विभिन्न दलहरुका प्रतिविम्ब जस्ता देखिने र बेलुका एउटै किचन क्याविनेटमा जाँड पार्टी गर्दै मजदुरहरु शोषण गर्ने ग्राण्ड डिजाइन गर्ने मुठ्ठीभर महाशयहरु नै हुन् भन्नेमा कोही पनि अनभिज्ञ छैनन् । यहाँ राजनीति भएको छ त केबल रोजीरोटी बचाउने र रोजीरोटी लुट्ने वीच नै भएको छ अरु कुनै बुलेट वा व्यालेटको राजनीति भएको छैन । राजनीति भएको छ भने तिनै महाशयहरुबाट भएको छ जो नेपथ्यमा श्रमिक हित विपरितको योजना बनाइ विभिन्न श्रमिक ठग्ने काममा विभिन्न शक्ति केन्द्रहरु तथा राजनैतिक दलहरुको ढोका ढकढक्याउन जान्छन् र बाहिर मजदुरहरुको सेवामा समर्पित भएको वहानामा गोहीको आँसु झार्ने गर्छन् ।
विश्व सम्पुर्ण रुपले धेरै अगाडी बढिसकेको छ । कतारको हकमा पनि नेपाली संघसंस्थाहरु संख्यात्मक हिसाबले पनि सय नाघिसकेका छन् । हिजोको जस्तो एकाध व्यक्तिहरुले केही संस्थाहरु निर्माण गर्दै आफै संरक्षक वा प्रमुख भनेर जता बाहुन बाजै उतै स्वाहा गर्ने परम्परा तोडिएको छ भने समाजसेवाको नाम बेचेर ठगी खानेहरुको भुमिका खुम्चिएको छ । न्युटनको चालको नियमको परिणाम मजदुरका पीडा र आर्तन्ादमा हाँस्ने शोषकहरु आज मजदुरहरुले केही राहतको श्वास फेर्न खोज्दा छट्पटाहट गर्दै छन् सायद दनदनी बलेको आफ्नो लुटको स्वर्गको कल्पना गर्न पुगे होलान् । गुम्दै गएको वर्चस्वलाई झलझली सम्झे होलान् । आफु विना संसार नै घुम्न छोड्छ भन्ने भ्रममा रहेकाहरु आफै एक्लो प्रतिपक्षँ बनेको देखेर मुटुमा ढ्याङग्रो बजाउदै अरुलाई तसा्रउने दुस्प्रयास गरिरहेका छन् । कानुनको हवाला दिदै नाङ्गलो ठटाएर हात्ती तसा्रउने दुस्प्रयत्न गरिरहेका छन् तर उनीहरुले के बुझ्न जरुरी छ भने कुनै पनि देशको कानुनले मजदुर वर्गलाई आफ्नो विजयमा खुसीयाली मनाउन बन्देज गरेको छैन । यदि कानुनलाई आधार मानेर मुल्यांकन गर्ने हो भने सम्पुर्ण नेपाली नागरिकहरुलाई थाहा छ को न्यायको कठघरामा उभिनुपर्छ र कसको सम्मान गर्नुपर्छ त्यसैले अब पनि नेपाली श्रमिक र सामाजिक संस्थाहरुहरुलाई कसैको दानापनी र निर्देशनमा चल्ने निरीह व्वाँसा ठानेर न्याक्ने दुस्साहस नगर्दा हुन्छ स्वावलम्वी र शक्तिशाली शेर बनिसकेका छन् । सवैलाई चेतना भया ।