;



  गाविस सचिवहरु सहित ६ जना कर्मचारी रङ्गेहात पक्राउ   अनमिनलाई पठाए शान्तिप्रकि्रया विथोलिन सक्छः बौद्धिक माच   पौरखी नेपालको नेपाली दुताबास साउदी अरेवियालाई अनुरोध   बागवजारमा भएको आगलागी नियन्त्रणमा एपीएफ टोली परिचालन   विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको प्रथम साईबर बैठक सम्पन्न ।   मास्कोमा समावेसी नेपाली नारी पर्वतारोही टोलीको भव्य स्वागत   Tihar Celebration 2010 Montgomery County, Maryland   दरवारमा बिज्ञापन दलालको चलखेल जारी   Skill, Knowledge and Innovation (SKI) Interaction Workshop in Australia   नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई


जलस्रोतको धनी देशका हामी जनता अँध्यारोमा बस्नुपर्ने बाध्यता किन?
-शंकर भट्टराई


उहिले-उहिले नेपाललाई ुहरियो वन नेपालको धनु भन्ने गरिन्थ्यो । यसो भन्नुमा नेपालको कुल भू-भागको ३९ प्रतिशत भू-भाग वनजंगलले ढाकेकोले हो । अहिले त्यो वन दिनानुदिन मासिदै गएर हरियो वन नेपालको धन भन्ने भनाइ मरुभूमिकरण भएर रातो र खुरिल्लो डाँडोमा परिणत भइरहेको छ । त्यस्तै आजकाल नेपाललाई जलस्रोतको दोस्रो धनी देश भनिन्छ । किनभने नेपाल विश्वमा ब्राजिलपछि प्राकृतिक सम्पदा जलस्रोतको दोस्रो धनी देश भएकोले हो । नेपालमा ६ हजारभन्दा बढी नदीनाला रहेका छन् । त्यसबाट ८३ हजार मेघावाट जलविद्युत उत्पादन गर्न सकिन्छ । यति ठूलो जलविद्युत उत्पादनको क्षमता भएको हाम्रो देश सधंै रोग भोक र शोकको प्रर्यावाची बनेको छ । आधाभन्दा बढी समय अँध्यारोमा बाँच्नु परिरहेको छ हामी नेपालीलाई अर्थात् यति ठूलो जलविद्युत उत्पादन क्षमताको सम्भावना हँुदाहँुदै पनि नेपाल र नेपालीले आधाभन्दा बढी समय अँध्यारोसँग भिडेर बिताउनु परिरहेको छ । आधाभन्दा बढी समय नेपाली जनताको दैनिकी अँध्यारोमा बितिरहेको छ । लोडसेडिङले उद्योगधन्दा कलकारखाना र कामकाज प्रभावित भएका छन् । सबै नेपाली जनताको साझा समस्या बनेको छ लोडसेडिङ । यो समस्याबाट सबै नेपाली जनताले चाँडोभन्दा चाँडो छुटकारा चाहन्छन् । यसबाट छुटकारा दिलाउनु राज्यको पहिलो दायित्व बन्न आएको छ ।
विद्यार्थीले पढ्दै गर्दा होस् या परिवार बसेर रेडियो सुन्दै गर्दा वा टेलिभिजन हेर्दै गर्दा या खाना खाँदै गर्दा क्षण-क्षणमा जाने बिजुलीका कारण गाँसमा ढंुगा टोकिदाको नमिठो अनुभूति भएजस्तै गरेर अँध्यारो कुनामा बसी बत्ती कुर्नुको विकल्प छैन नेपाली जनताको माझमा अहिले । प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन जैविक तथा भौगोलिक विविधता र अपार जलस्रोत भएको हाम्रो देश विश्व जगतभन्दा हजारौं माइल पछाडि छ भने विश्वजगत हामीभन्दा पचासौं वर्ष अगाडि छ । देशको आर्थिक उन्नति र प्रगतिको लागि चाहिने स्रोतसाधन प्रशस्त मात्रामा हँुदाहँुदै पनि हामी विश्वसामू गरीब भोका नाङ्गा र पछौटे भनि चिनिन्छौं । दुनियाँका विशेष गरि खाडीमुलुक जहाँ जे पनि किनेर खानुपर्छ । त्यहाँ एउटा विरुवा उमार्न बर्षौं मेहनत गर्नुपर्छ । त्यस्ता देशले समेत आर्थिक विकासको शिखर चढिरहेका छन् तर हामी भने १९औं शताब्दीको विकासको मध्यकालमा हराइरहेका छौं । विश्वजगत खरायोको रपुतारमा आर्थिक विकासको गति पक्डेर अगाडि बढिरहेको छ भने हामी कछुवाको गतिमा घसि्ररहेका छौं । हामी केही नभएर यस्तो भएको पक्कै होइन । हामीसँग देश विकासको लागि चाहिने सबै थोक हुँदाहँुदै पनि यो दुर्दशा बेहोर्नुको प्रमुख कारण हाम्रो देशका शासकहरु राजनीतिक पार्टी नेताहरुको दीर्घकालीन योजना र दुरदर्शीताको अभावमा यस्तो भइरहेको हो भन्ने कुरा बुभुन गाह्रो छैन । त्यसैले यो देशको आर्थिक विकास र उन्नति प्रगतिको निम्ति सबै राजनीतिक पार्टी नेता र सरकार व्यक्तिगत स्वार्थको घेराभन्दा माथि उठ्न सक्नुपर्छ । पार्टीगत तथा व्यक्तिगत स्वार्थबाट बाहिर निस्किएर राष्ट्रिय हितमा लागेमा मात्र हामीले भन्दै आएको नयाँ नेपाल निर्माणको सपना पूरा हुन सक्दछ । विदेशीहरु नेपालको प्राकृतिक सम्पदा जैविक तथा भौगोलिक विविधता र अपार प्राकृतिक सम्पदा देखेर चित खान्छन् र लोभिन्छन् । उनीहरु ६ हजार नदीनालाको उपयोग गरि पानीमा डलरको खेती गर्न सकिने सम्झन्छन् तर नेपाली शासकहरु त्यसलाई विकासको बाधक सम्झिन्छन् । कुनै पनि देश या समाजको आर्थिक विकास र समृद्धिको लागि खोलानाला डाँडाकाडाको ठूलो महत्व हुन्छ तर हाम्रा देशका शासकहरु त्यसलाई अभिसाप ठान्दछन् ।
६ हजारभन्दा बढी नदीनाला जसबाट ८३ हजार मेघावाट जलविद्युत उत्पादन गरि नेपालका गाउँबस्ती घरआँगन र उद्योगधन्दामा मात्र होइन नेपालका वन जंगलका प्रत्येक बोटविरुवामा समेत एक-एक वटा बल्ब बाल्न सकिने भारतसँग भइरहेको आर्थिक व्यापार घाटा पूर्ति गर्न सकिने देशको आर्थिक विकास र समृद्धिको फुल फुलाउन सकिने र विश्वजगतभन्दा धेरै अग्लो विकासको शिखर चढ्न सकिने सम्भावना हँुदाहँुदै पनि ती विकासका कुरा त परै जाओस् आधाभन्दा बढी समय अँध्यारोमा बाँच्नुपर्ने विडम्बना रहेको छ नेपालीलाई । ुखाए खा नखाए घिचु भनेजस्तै नेपालीलाई आधा अँध्यारोमा बाँच्नैपर्ने अनिवार्य भएको छ । अब नेपाललाई जलस्रोतको दोस्रो धनी देश होइन अँध्यारोको देश भन्दा कसलाई चित्त नबुभुला र
एकसय लामो जलविद्युत उत्पादनको इतिहास बोकेको हाम्रो देशमा वि।सं। १९६८ सालमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरि चन्द्रशम्शेरको घरमा बालिएको विजुली बत्ती नै नेपालको इतिहासमा पहिले विजुली बत्ती थियो । जलविद्युत उत्पादनको एकसय वर्ष लामो इतिहास भएपनि नेपालले अहिलेसम्म ५ सय ५६ मेघावाट मात्रै विद्युत उत्पादन गरेको छ । जो कुल उत्पादन क्षमताको ०।६७ प्रतिशत मात्रै हो । अहिले बढ्दो जनसंख्या र शहरीकरणका ९ सय मेघावाटभन्दा बढी माग भइरहेको छ । तर उत्पादन भने मागअनुसार ४ सय मेघावाट कम छ । जसको कारण आधाभन्दा बढी समय अँध्यारोसँग सामना गर्नुपर्ने विवशता नेपालीको हुन आएको छ । यो अँध्यारोको अर्थात् लोडसेडिङका समस्या हुन नदिन नेपालले प्रत्येक बर्ष मागअनुसार १२ देखि १५ मेघावाट विद्युत उत्पादन गर्दै आउनु पर्दथ्यो अथवा प्रत्येक बर्ष १२ देखि १५ मेघावाट विद्युत् उत्पादन हुनु पर्दथ्यो त्यस्तो भएन जसले गर्दा अहिले लोडसेडिङको यो विकराल अबस्था आइपरेको छ ।
अहिले यो वर्ष १२ घण्टा आगामी बर्ष १४ घण्टा र तेस्रो बर्ष १६ घण्टा लोडसेडिङ हुने विद्युत प्राधिकरणले बताउँदै आएको छ । त्यो सोह्रघण्टे अँध्यारो दिनको सामना गर्दाको क्षण कस्तो हुने हो अनुभूति गर्न बाँकी नै छ । यही अवस्था आगामी पाँच वर्षसम्म रहने विद्युत प्राधिकरणको भनाई छ । यो विकराल लोडसेडिङले गर्दा उद्योगधन्दा कलकारखाना र व्यापार व्यवसाय तहसनहस हँुदैछन् । यस समस्याबाट जनतालाई राहत दिन भन्दै एकीकृत नेकपा माओवादीको सरकारले थर्मल प्लान्टबाट विद्युत उत्पादन गर्ने योजना ल्याएको थियो तर त्यो योजना अहिले एमाले नेतृत्वको कठपुतली सरकारले बेपत्ता बनाएको छ ।
अहिले ८२ हजार मेघावाट विद्युत उत्पादनको लागि सम्भाव्यता अध्ययनका निवेदन परेको उर्जा मन्त्रालयको भनाई छ । ती मध्ये १० हजार मेघावाटको लागि अनुमतिपत्र लिइसकेका छन् । अनुमतिपत्र अर्थात् लाइसेन्स लिए पनि ती सबै लाइसेन्स झोलामा थन्किएर रहेका छन् । अनुमतिपत्र लिने अधिकांश भारतीय कम्पनी रहेका छन् । ती सबैले खोला मात्रै ओगटेर लाइसेन्स झोलामा थन्काएका छन् । भारतीय शासकहरु कहिल्यै पनि नेपालको हित र आर्थिक विकास उन्नति र प्रगति चाँहदैनन् । अहिले भारतको विद्युत माग २ लाख रहेको छ तर उत्पादन १ लाख २९ हजार मात्रै रहेको छ । उसले मागअनुसार आफूर्ति गर्न सकिरहेको छैन । उसले जलविद्युत उत्पादनको सम्भाव्यता भएका आपुना देशका सबै ठाउँ र नदीनालाको उपयोग गरिसकेको छ । त्यो अपुग माग आपूर्ति गर्ने आधार भनेको भारतले नेपालका नदीनालालाई देखेको छ । जसका कारण उसले नेपालका नदीनालामाथि गिद्धेनजर लगाउँदै आएको छ । स्वार्थका कारण भारतले नेपालको आर्थिक विकास र समृद्धि कहिल्यै चाहँदैन । त्यसैले भारतले नेपालका नदीनालाबाट जलविद्युत उत्पादन हँुदै नहोस् भएपनि आपुनै नियन्त्रण र कब्जामा होस् भन्ने चाहन्छ । यसकारण नेपालका जलविद्युत उत्पादनको आयोजना वषौर्ंसम्म झोलामा थन्किरहनु कतै भारतीय शासकहरुको षड्यन्त्र त होइन यो कुरालाई नेपालका शासकहरुले बुभुन जरुरी छ ।
८३ हजार मेघावाट जलविद्युत उत्पादन क्षमतामध्ये ४३ हजार मेघावाट आर्थिक हिसाबले सजिलो र सम्भव भएको विज्ञहरुको भनाई छ । यति ठूलो जलविद्युत उत्पादनको क्षमता हँुदाहँुदै पनि हामी नेपाली जनता सधै अँध्यारोमा किन सधै रोग भोक र गरीबीको शिकार किन कहिले हुन्छ हाम्रो देशको आर्थिक विकास र समृद्धि यो आम नेपाली जनताको प्रश्न हो । नेपालका नदीनालासँग सत्ता र कुसर्ीको सम्झौता गर्ने हाम्रो देशका शासकहरुको भारतीय स्वार्थ अनुकूल चल्ने गैर जिम्मेवार नालायक जनविरोधी र राष्ट्रघाती कि्रयाकलापका कारण नेपाल र नेपाली यो अवस्थामा पुगेको कुरा घाम जस्तै छर्लङ्ग छ । भारतीय दलाली र चाकडीमा रमाउने राष्ट्रघाती नेपालका राजनीतिक पार्टी तीनका नेता र शासकहरुलाई चिन्न र भारतसँग रोटी र बेटीको सम्बन्ध छ भन्दै भारतीय शासकहरुलाई नेपालका नदीनाला दाइजो दिएर राष्ट्रघात गर्ने नेपालका राष्ट्रघाती दलालहरुलाई राजनीतिक मैदानबाट किनारा नलगाउँदासम्म नेपाल र नेपालीको उन्नति र प्रगति असम्भव छ । यी राष्ट्रघाती भारतीय कठपुतली दलालहरुलाई नेपाली धर्तीबाट सदाको निम्ति बढार्नसके मात्र नेपालको आर्थिक राजनीतिक र सामाजिक सबै क्षेत्रमा उज्यालोको झलमल्ल हुनसक्छ नत्र यस्तै राष्ट्रघातीको हालीमुहाली देशमा भइरहने हो भने हामी लोडसेडिङको अँध्यारोमा मात्र होइन आर्थिक सामाजिक र राजनीतिक सबै क्षेत्रबाट बषौर्ंसम्म अँध्यारो खाडलमा भास्सिरहने छौं । यो कुरा सबै नेपाली जनताले बुभुन जरुरी छ ।




यो पृष्ठ छाप्नुस्

प्रतिक्रिया दिनुस्

 

गृह पृष्

 

शुभ-कामनाहरु

 

पाठक प्रतिक्रिया

 

सम्पादकीय मण्डल

 

हाम्रा प्रकाशन

 

अन्तरवार्ता

 

सहयोगीहातहरु

 

पि एन एन रेडियो

 

आशा

 

PNN with U

 

Everest Cyber

 

 

स्वतन्त्र नेपाल

 

मेरो नेपाल

 

वीवीसी नेपाली

 

नमस्ते रेडियो

 

नेपाली साहित्य घर

 

Inseconline

 

नेपाल दुबई

 

Free SMS

 

Pragatisil Aawaj

 

GNLF KSA

 

NRNA NCC KSA


सर्वाधिकार प्रवासीनेपाली डट कममा सुरक्षित छ।
हाम्रा सामाग्री पुन: प्रकाशन प्रषारण गर्दा स्रोत खुलाईदिन अनुरोध गर्दछौं ।
Design by: Prabesh Subedi