जगातीमा ३० बर्ष छोयला घर चलाएर पुर्ण मानन्धर अरबपति भएका छन् । मानन्धरले त्यतिबेला अरुको घर बहालमा लिएर छोयलाको ब्यापार गरेका थिए । अहिले उनी त्यही ब्यापारबाट अरबपति मात्र भएका छैनन् भक्तपुर कै सबैभन्दा राम्रो र भब्य घरका मालिक पनि भएका छन् ।
उनले छोयलाको ब्यापार थाल्दा घर घडेरी नै किनेर ब्यबसाय गर्नु परेन । त्यतिबेला जग्गा दलालहरु पनि थिएनन् ।
जग्गा दलालहरुको आँखा छोयला घरमा पर्न थालेपछि हाल त्यहाँबाट छोयलाको कारोबार हुन छोडेको पनि पाँच बर्ष भइसकेको छ । छोयलाघर चलाउन मानन्धरले एक किसानको घर बहालमा लिएका थिए । २०६१ सालमा सो घर आफ्नो भनी अर्को ब्यक्तिले अदालतमा मुद्दा हाले पछि त्यहाँबाट छोयलाको कारोबार बन्द भएको थियो ।
नेपालको कानुनले बाबुबाजेको सम्पत्ति बर्षौं पछि पनि सन्तानहरुलाई समान रुपमा अंशबण्डा गरेर दिनु पर्ने नियम बनाइदिएको छ । यही नियमको फाइदा उठाउदै छोयाला घरको हकदाबी गर्ने ब्यक्तिले आफ्नो बाबुबाजेको सम्पति मुद्दा लडेर २०६६ सालको सुरुवाततिर पाएको छ ।
तर छोयलाघरको भोग चलन गर्दै आएको किसानले भने आफ्नो सारा सम्पत्तिको आधा अंश हकदाबी गर्ने ब्यत्तिलाई दिन बाध्य भएको छ ।
बाबुबाजेको सेवा नगरेकाहरुलाई पनि सम्पतिको हक लाग्ने नेपालको कानुन संसोधन नहुदा कानुन नजान्नेहरु सधैं शोषित भइरहेकाछन् । घर जग्गाको बढ्दो कारोबारको कारण पुख्र्यौली घरघडेरी खोजनिती गर्ने क्रम बढेको छ । तर यसले जग्गाको भोग चलन गर्नै आएकाहरुको रोजीरोटी मात्र खोसिएको छ्रैन् उनीहरु सुकुम्बासी बन्नु पर्ने अबस्थाहरु पनि आइरहेका छन् ।
छोयला घरको जस्तो नेपालका धेरै मानिसहरुको कथा र ब्यथाहरु छन् । भुमिसुधारको वकालत गर्ने नेताहरुको ध्यान भने ग्रामिण क्षेत्रमा बस्ने मानिसहरुलाई सहरमा ल्याएर सुकुम्बासी बनाउने मै केन्द्रित छ । उनीहरुले सहरका सम्भाबित सुकुम्बासीको समस्या नसुल्झाउने हो भने यहाँ द्धन्द हुने देखिन्छ ।
छोयला घर अहिले दुई टुक्रा भएको छ । एउटा टुक्रा जीर्ण छ । अर्को भने ढलान गरेर तला थपिएको छ । पछाडि बाँकी भएको जग्गामा पनि घर बनेको छ । छोयला घरका बास्तबिक धनी भने हेर्दा हेर्दै आफ्नो सम्पत्ति परायालाई सुम्पन्न बाध्य भएको छ ।
पोखरीहरुमा होलीको रौनक
रविन राचलिका हरीत समूह भक्तपुर
लोला र रंग हान्न भन्दा पनि पोखरीहरुमा डुबुल्की मार्ने र साथीहरुलाई डुबाएर भक्तपुरमा होली मनाउनेहरुको संख्या बढेको छ । यसरी पोखरीलाई होली मनाउने क्षेत्र बनाएकाहरुले लोला हान्दा दुर्घटना र झगडा हुने र रंगमा मिसाइएका रसायनले स्वास्थ्यमा नराम्रो असर हुनबाट बच्न हेमन्त ऋतुको चिसोलाई बिदा गर्न यस्तो उपाय निकालेको बताए ।
नागपोखरीमा पहिलो पटक होली मनाउन डुबुल्की मारेका राजन दुवालले होलीमा थप बिकृति बढ्न नदिन यस पर्बलाई रंगिन पानीमा नुवाउने अबसरको रुपमा परिमार्जन गर्नु पर्ने बताए । नागपोखरीको सतहको पानी हरियो छ । नियमित सरसफाई नभएको कारणले भने धेरैले डुबुल्की मार्दा पीधमा जमेको फोहर सतहमा देखियो ।
ब्यासीको पोखरीमा हरियोपन भएको हुदा त्यहाँका युवाहरुले पानीमा रंग मिसाउनै परेन । होलीको दिनमा मात्रै त्यस पोखरीबाट दुई इाच पानी निकालियो ।
सानो आकारको तेखापोखरीमा होली खेल्नेहरुको ठुलो भीड देखियो । कम गहिरो भएकोले त्यहाँ साना केटाकेटीहरुले पौडिएर होली मनाए ।
रातो रंगको पानी भएको कमलपोखरी र निलो रंगको पानीले भरिभराउ सिद्धपोखरीमा होली खेल्नेहरु भने देखिएनन् । निकै गहिरो भएकोले यी पोखरीहरु भक्तपुर नगपालिकाले संरक्षण गरिरहेको छ । त्यहाँ दुर्घटना हुन नदिन यस्तो ब्यबस्था मिलाइएको हो ।
फोहर फाल्ने गरिएका केही पोखरीहरुमा भने होली खेल्नेहरुलाई समस्या पर् यो । आगामी बर्षमा होली अघि नै पोखरीहरुलाई स्वच्छ पार्न सरकारी निकायलाई उनीहरुको अनुरोध गरेका छन् ।
महाकालीको ख्यापुखुचामा भेला भएका प्रभात स्कुल र बासु उमाबिका छात्रहरुले होलीलाई पौडिन सुरु गर्ने शुभ दिनको रुपमा माए । उनीहरुले ख्योपुखुचामा स्नान गरेर होली मनाए ।
बाताबरणबिदहरुले भने होलीलाई पानीको सदुपयोग गर्ने दिबसको रुपमा मनाउन सुझाब दिएका छन् । पानीको मुहान सफा राखेमा पानीको अभाब कहिल्यै नहुने उनीहरुको भनाई छ ।