|
गजबको जोक भयो त? -कुमार जोशी
सरोज पसल कुरिसहेको थियो । उसकी श्रीमति भने पसल सजावटमै व्यस्त थिई । आधा दिन विति सक्दा पनि विहान देखि एकजना पनि ग्राहक पसलभित्र छिरेको छैन । उसलाई बस्दा बस्दा पट्यार लागिसकेको थियो । यत्तिकैमा एकजना सुटेड;ेबुटेड टाई लाएको व्यक्ति पूर्व परिचित ढंगले भित्र पस्दै भन्यो म त सी डि ओ साहेवको मा आएको थिएँ । तीन दिन विति सक्यो । हिजो अस्पताल सुपसभिजन गर्न गएको थिएँ । अहो १ कस्ता हुँदा रहेछन् यहाँका डाक्टरहरु त १ कसैको केही मतलव छैन । सी डि ओ कार्यालय मार्फत आएको हुँ भने पछि मात्र बल्ल जिल्ल परे । नत्र त के को हो आम्मै ……॥ केही सोधफछ नै छैन । भोली फेरि सडक विभाग जानुछ । के गनु जागिर नै यस्तै छ । अहिले केन्द्रबाट खटिएर आएको हँु ।
देख्दा भलादमी कुराकानी व्यवहारिक । मान्छे त निकै नै असल होला । सरोजले मनमनै विचार गर्यो । अनि त्यो मान्छेले आफ्नो कोटको गोजीभित्र हात पसाल्दै भन्यो ; यति बेर सम्म पनि नुहाउन र दाँत माझ्न पाएको छैन । कस्तो खस्खस् भईरहेछ । लौन त्यो सावुन र माजन दिनोस त १ सरोजले चुपचाप सामान निकालेर दियो । सामान पाए पछि त्यो मानिसले आफ्नो गोजी टक्टकाउँदै भन्न लाग्यो पैसा रहेनछ । पछि दिउँला है । अहिलेलाई उधारो है त १
एउटा अपरिचित व्यक्तिको आग्रहले सरोलाई आश्चर्य लाग्यो र उसले तुरुन्तै जवाफ दियो प्लिज त्यसो नगनुस् । आज मेरो पसलको उद्घाटनको दिन हो । मेरो वौनी विगि्रन्छ । केही बेर अकमकाएर टाउको कनाउँदै त्यो मान्छेले भन्या यो त बडा गजवको जोक भयो त १
|